थरुहट कार्यकर्तालाई हिरासतमा निर्मम ढंगले कुटपिट

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ असोज २०७२, शनिवार
थरुहट कार्यकर्तालाई हिरासतमा निर्मम ढंगले कुटपिट


काठमाडौ

थरुहट थारुवान संयुक्त संघर्ष समितिले पक्राउ गरिएका कार्यकर्तालाई रिहा गर्न पहिलो शर्त राख्दै आएकोमा टीकापुर घटनामा संग्लग्न भएको आशंकामा पक्राउ गरिएका थरुहट कार्यकर्तालाई हिरासतमा निर्मम ढंगले कुटपिट गरिएको समाचार छ ।

कुटाइको शिकार सबैभन्दा बढी फोरम लोकतान्त्रिक क्षेत्र न ३ कैलालीका अध्यक्ष रामप्रसाद चौधरी भएका छन् । निजलाई भदौ ८ गते पक्राउ गरिएकोमा भदौ २५ गतेसम्म लगातार कुटपिट गरिएको छ । असोज ९ गते अधिवक्ता नाथुराम महतो सहित ४ जनाको टोली जिप्रका कैलालीको हिरासतमा रहेका थरुहट कार्यकर्ताको अवस्था बुझ्न गएको थियो । टोलीमा रहेका थारु एराउण्ड वल्र्डका अध्यक्ष महावीर चौधरीले इण्डिजिनियस भ्वाइससंग भने– कुटाइले रामप्रसाद चौधरीको दायाँ भाग विल्कुल चल्दैन । उहाँले हामीसंग हात समेत मिलाउन सक्नु भएन ।

फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारुलाई भदौ २३ गते भैरहवाबाट पक्राउ  गरी हतकडी लगाएर जिप्रका कैलाली पु¥याइएको थियो ।  लगत्तै अखण्ड पक्षधरका कार्यकर्तालाई हिरासतमा छिराइ मन लागुन्जेल कुट्न पठाइयो । ड्युटीमा रहेका प्रहरीले निर्देशन दिदै थिए– केटा हो, अनुहारमा चाहि नकुट ल ।

फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारुलाई भदौ २३ गते भैरहवाबाट पक्राउ  गरी हतकडी लगाएर जिप्रका कैलाली पु¥याइएको थियो । उनका बारेमा महावीर चौधरीले भने– लक्ष्मण थारुलाई  हतकडी समेत नखोली हिरासतमा राखियो । लगत्तै अखण्ड पक्षधरका कार्यकर्तालाई हिरासतमा छिराइ मन लागुन्जेल कुट्न पठाइयो । ड्युटीमा रहेका प्रहरीले निर्देशन दिदै थिए– केटा हो, अनुहारमा चाहि नकुट ल ।

प्रहरीले ५८ जना विरुद्ध ज्यान मुद्धा दर्ता गरेकोमा २२ जना हिरासतमा रहेका छन् । ती सबैलाई हिरासतमा निर्मम ढंगले कुटपिट गरिएको छ ।

प्रतिक्रिया