जारी संविधानः आदिवासी जनजातिको नोट अफ डिसेन्ट

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ३ असोज २०७२, आइतवार
जारी संविधानः आदिवासी जनजातिको नोट अफ डिसेन्ट


काठमाडौ

संविधान सभाले तयार गरेको नेपालको संविधान, २०७२ जारी गरिरहँदा नेपालका मूलबासी आदिवासी जनजाति, मधेशी र मुस्लिमहरु त्यती खुशी भएको देखिएन । बरु उल्टै उनीहरु आन्दोलन र बिरोधका कार्यक्रममा सहभागी भएका छन् (हेर्नुहोस्ः तस्विर) । बीरगजमा संविधान जारी हुने दिन एकको मृत्यु भएको छ ।

तराई मधेशका थारुहरु त यस अघि नै आन्दोलनमा थिए, संविधान जारी भए पछि पूर्बका लिम्बू, राई, मध्यका तामाङ र मगर, गुरुङ र हिमालका शेर्पाहरु आन्दोलनमा उत्रिएको समाचार प्राप्त भईरहेका छन् । यसले के प्रमाणित गर्दछ भने नेपालको संविधान २०७२ ले पनि नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सकेन । नेपालका सबै जात जातिको अपनत्व र स्वामित्व कायम गर्न सकेन । सामाजिक सदभावलाई कायम गर्ने दस्तावेजका रुपमा यो संविधान आउन सकेन ।

संविधान २०७२ को कमजोरी

बरु यो संविधानले २४० बर्षकै निरन्तरता पाईरहेको खस आर्यको एकाधिार र हाली मुहालीलाई संवैधानिक मान्यता दिएर सामाजिक विभेद, साँस्कृतिक विभेदलाई स्थायी मान्यता दिएको छ । यो नै नेपालको संविधान २०७२ को कमजोरी हो ।

यो संविधानले २४० बर्षकै निरन्तरता पाईरहेको खस आर्यको एकाधिार र हाली मुहालीलाई संवैधानिक मान्यता दिएर सामाजिक विभेद, साँस्कृतिक विभेदलाई स्थायी मान्यता दिएको छ । यो नै नेपालको संविधान २०७२ को कमजोरी हो ।

हुन त योे संविधान नेपाली जनता आफैले तयार गरेको पहिलो जनसहभागितामूलक संविधान हो । यसले संविधान निर्माण गर्ने बिगतका परम्परा र मान्यता तोडेर नेपाली जनताको प्रतिनिधिहरुले नै जारी गरेका हुन् । यस अर्थमा यो संविधान परम्परा बिरोधी पनि छ । तापनि यो संविधानप्रति आदिवासी जनजाति, मधेशी, मुश्लिम तथा सीमान्तीकृत बर्ग खुशी छैनन् । यसमा बिभिन्न पक्षहरु जिम्मेवार रहँदा रहँदै निम्न कारणले खासगरेर आदिवासी जनजातिहरुको आत्मसाथ गर्न नसकेको भन्न सकिन्छ ।

पहिलो  पात्र फेरियो, प्रबृत्ति फेरिएन ः

नेपालको संविधान, २०७२ तयार गर्न आवरणमा संविधान सभा भए पनि यसको पृष्ठभूमिमा तिनै बाहुनबादी खस आर्यको एकल सिण्डिकेट कायम थियो ।
संविधान सभामा नेपाली जनताले बढी नै आशाबादी भएर बिभिन्न सुझाव दिए पनि यो सिण्डिकेटले आदिवासी, जनजाति, मधेशी र मुस्लिमका मुद्धाहरु संविधान प्रबेशमा रोक लगाएको थियो । यस अघिका संविधानहरु राजाबाट जारी गरिएको भनिए पनि तीनै खस आर्यहरुले तयार गर्दथे । २०४७ को संविधान राजाले जारी गरेको भए पनि यसको तयारी बिश्वनाथ उपाध्यायले गरेका हुन् ।

२०१९ को संविधान ऋषिकेश शाहले बनाएका हुन् । २०१५ सालको संविधान भगवतीप्रसाद सिंहले बनाएका हुन् । उनीहरुले संविधान बनाउँदा पनि जनताको राय सुझाव लिन्थे, अन्तरक्रिया गर्ने गर्दथे । अहिले संविधान जारी गर्दा पनि सोही प्रक्रिया बमोजिम जनताको राय सल्लाह त लिईयो । तर कोइराला, दाहाल र ओलीको तीन टाउके सिण्डिकेटले जनताको अपनत्व हुनबाट रोकेको हो । यसैले पात्र फेरिए पनि प्रबृत्ति पुरानै कायम रहेका कारण यो संविधानको बिरोध भएको हो ।

दोस्रो  अधुरो संघीयता

नेपालका आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा सीमान्त जनताले नेपालको राज्य संरचना संविधान सभाबाट बन्ने नयाँ संविधानले परिबर्तन गर्ने अपेक्षा गरेका थिए । राज्य संरचनाको परिबर्तन भनेको एकात्मक राज्यबाट संघीय राज्यमा रुपान्तरण गर्नु हो । सोझो अर्थमा सिंहदरबारको हक अधिकार स्थानीय तहमा पु¥याउनु हो ।
तर नयाँ संविधानले महत्वपूर्ण अधिकार संघीय सरकारमा नै राखेको छ । नयाँ संविधानमा सात प्रदेशको संख्या किटान गरे पनि यसको नामाङ्कन नगरेर आफनो असक्षमतालाई छोपेको छ ।

कोइराला, दाहाल र ओलीको तीन टाउके सिण्डिकेटले जनताको अपनत्व हुनबाट रोकेको हो । यसैले पात्र फेरिए पनि प्रबृत्ति पुरानै कायम रहेका कारण यो संविधानको बिरोध भएको हो ।

जातीय र भाषिक क्षेत्रहरुलाई दुई वा तीन प्रदेशमा छिन्न भिन्न बनाईएको छ । मधेश, थारु र मगरका बस्तीहरु तहस नहस बनाईएको छ । यसकारण पनि आदिवासी जनजातिलगायतले यो संविधानको बिरोध गरेका हुन् ।

तेस्रो  आदिवासीलाई छिन्नभिन्न पार्ने प्रयास

यो संविधानले आदिवासी जनजातिलाई छिन्न भिन्न र तोडमरोड गरेको छ । नयाँ संविधानले आदिवासी जनजातिको पहिचानलाई मार्ने प्रयास गरेको छ ।
संविधानको बिभिन्न धारामा आदिवासी, आदिवासी जनजाति, थारु, भनेर बेग्ला बेग्लै परिभाषा गरिएको छ । अहिले परिभाषित आदिवासी जनजातिलाई यी संबैधानिक व्यबस्थाले छिन्नभिन्न पार्ने र एकतालाई भाँड्ने प्रयास गरेको देखिन्छ । नेपालका थारुहरु आदिवासी जनजाति भित्रको प्रमूख समुदाय हुँदा हुँदै यो संविधानले आदिवासी बाहिरको शक्तिका रुपमा व्याख्या गरेको छ ।

आदिवासी र आदिवासी जनजातिको फरकबारे यो संविधान मौन छ । बरु संविधानले खस आर्यको परिभाषा दिएर त्यसलाई संरक्षण गर्नुपर्ने समुदायका रुपमा परिभाषित गरेको छ । यो कारणले पनि यो संविधानको बिरोध भएको हो ।

चौथो अपूर्ण धर्म निरपेक्षता

नेपालमा धार्मिक विभेदको अन्त्यका लागि लामो समयदेखि संघर्ष भए पनि नयाँ संविधानले पूर्ण धर्म निरपेक्षतालाई सुनिश्चित गर्न सकेन । धर्म निरपेक्षताको अर्थ राज्य र धर्मको सम्बन्धलाई अलग गराउनु हो । तर हिन्दू राष्ट्रझै यो संविधानले पनि सनातन धर्मको संरक्षण गर्ने घोषणा गरेको छ । राज्यले नै धर्मको संरक्षण गर्न लागेपछि संरक्षणमा कुन धर्म पर्छ भन्ने कुरा यहाँ स्मरण गरि रहन परोइन ।

आदिवासी र आदिवासी जनजातिको फरकबारे यो संविधान मौन छ । बरु संविधानले खस आर्यको परिभाषा दिएर त्यसलाई संरक्षण गर्नुपर्ने समुदायका रुपमा परिभाषित गरेको छ । यो कारणले पनि यो संविधानको बिरोध भएको हो ।

पाँचौ भाषाको बिभेद

यो संविधानले नेपालको बहुभाषिक अवस्थालाई स्वीकार गरे पनि मातृभाषामा सरकारी कामकाज गर्ने चाहनालाई अस्वीकार गरेको छ । प्रदेश सभामा यो अवस्था रहने भनिएको छ, तर त्यो कुनै अनिबार्यता छैन । मातृभाषामा अदालतको न्यायिक निरुपणका सूचना पाउने र मातृभाषामा आफना कुरा राख्न पाउने अधिकारलाई यो संविधानले निषेध गरेको छ ।
फेरि बहुसंख्यक आदिवासीले बोल्ने मातृभाषा, लिपि र संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको नहुने रे ! कस्तो विभेद ?

छैठौ  सामुदायिक मानबअधिकारको अस्वीकृति

यो संविधानले साुदायिक मानवअधिकारको अवधारणालाई अस्वीकार गरेको छ । आदिवासी जनजातिको संस्था, संस्कृतिको संरक्षण, विकास र निरन्तरताका लागि आफनो धार्मिक आस्था, परम्परागत न्यायिक संस्था, गुठी र प्रथाजनित मान्यताहरुलाई संविधानले सम्बोधन गर्न सकेको छैन ।
यो संविधानमा अन्तराष्ट्रिय कानुनहरुमा उल्लेख भएझै उनीहरुको स्वतन्त्र, पूर्व सूचित र स्वीकृतिलाई अस्वीकार गरिएको छ । त्यसैले पनि नयाँ संविधानको बिरोध आदिवासी जनजातिहरुले गरेका हुन् ।

सातौ नाम मात्रको समानुपातिक समाबेशी

यो संविधानमा समानुपातिक र समाबेशी सिद्धान्तलाई स्वीकार गरिए पनि राज्यका सबै अंगमा जातीय जनसंख्याका आधारमा समानुपातिक र समाबेशी प्रतिनिधित्वको सिद्धान्तलाई मानिएको छैन । समानुपातिक कोटालाई जातीय जनसंख्याका आधारमा मान्यता दिईएको छैन ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहको व्यबस्थापिकामा आदिवासीको प्रतिनिधित्वलाई जनसंख्याको अनुपातमा सुनिश्चित गर्ने बिगतको सम्झौतालाई यो संविधानले संवोधन गर्न सकेको छैन । 

प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहको व्यबस्थापिकामा आदिवासीको प्रतिनिधित्वलाई जनसंख्याको अनुपातमा सुनिश्चित गर्ने बिगतको सम्झौतालाई यो संविधानले संवोधन गर्न सकेको छैन । मन्त्रीपरिषदमा समानुपातिक प्रतिनिधित्वको कुनै व्यबस्था छैन । यसैगरी संवैधानिक आयोगहरु भद्धा बनाईएको छ ।

आठौ अलमलिएको निर्बाचन प्रणाली

यो संविधानमा निर्वाचन प्रणालीलाई पनि सरल र सहज बनाईएको छैन । प्रत्यक्ष निर्बाचन प्रणालीमार्फत् आदिवासी जनजातिका छुटेका प्रतिनिधिलाई क्षतिपूर्तिको सिद्धान्तलाई यो निर्बाचन प्रणालीले मान्यता दिएको छैन ।

नवौ अष्पष्ट स्वायत्त क्षेत्र

राज्यको पुनर्सरचना गर्दा पहिचान र प्रतिनिधित्वमा छुटेका अति सीमान्तीकृत र अल्पसंख्यक जातीय, भाषिक समुदायलाई समेट्ने गरी विशेष क्षेत्र र स्वायत्त क्षेत्रको अवधारणा पहिलो संविधान सभाले यो अवधारणा भित्राएको हो । यसबाट मुलुकका साना समुदायहरु समेटिने र स्वायत्त राज्यका अधिकार उपयोग  गर्ने भनिए पनि नयाँ संविधानमा स्थानीय तहभन्दा तल्लो तहमा राखिएको छ । यसकारण पनि नेपालका आदिवासीहरु यो संविधानप्रति असन्तुष्ट छन् ।

 दशौ स्थानीय तहको सीमाकन र नामाङ्कन

संविधानमा स्थानीय तह रहने व्यबस्था गरिएको छ । यसको अधिकार क्षेत्र पनि संविधानको अनुसूचीमा राखिएको छ । तर स्थानीय तहको गाउँपालिका र नगरपालिकाको गठन बिधि सुनिश्चित गरिएको छैन । जिल्ला तहलाई पनि अपरिभाषित छोडिएको छ ।

स्थानीय तहलाई जातीय र भाषिक बहुलताका आधारमा बिशेष मापदण्डका आधारमा पुनर्सरचना गरिने कुरा यो संविधानमा लेखिनु पर्दथ्यो । यो पक्ष संविधानले छोडेको छ ।


बास्तबमा स्थानीय तहलाई जातीय र भाषिक बहुलताका आधारमा बिशेष मापदण्डका आधारमा पुनर्सरचना गरिने कुरा यो संविधानमा लेखिनु पर्दथ्यो । यसको सीमाङ्कन र नामाङ्कन गर्ने आधारले स्थानीय पहिचानका आधारमा स्थानीय बासीको अपनत्व हुने आधार बनाईनु पर्दथ्यो । यो पक्ष संविधानले छोडेको छ ।

एघारौं निर्बाचन क्षेत्रको निर्धारण

संविधान जारी भए पछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनका लागि निर्बाचन क्षेत्र निर्धारण गर्नु पर्ने व्यबस्था छ । यस्तो निर्बाचन क्षेत्र निर्धारण गर्ने सर्बसम्मत आधार तोकिएको छैन । यसले जातीय जनसंख्यालाई मान्यता दिएको छैन र भौगोलिक एकता तथा जिल्ला र गाउपालिका, नगरपालिकालाई फुटाउन पाउने वा नपाउने भन्नेबारे केही बोलेको छैन । 

यसकारण सबै भन्दा पहिला गाउपालिका र नगरपालिकाको सीमाँकन गरेर जिल्ला समन्वय समिति गठन गर्नु पर्दथ्यो । यसबाट एक भौगोलिक क्षेत्रबाट कम्तीमा एकजना प्रतिनिधिको सुनिश्चितता गर्न सकिने व्यबस्था गर्न सकिने थियो । 

 

जनसंंख्याको आधारमा भन्ने हो हुम्ला, जुम्ला लगायतका जिल्लाबाट प्रतिनिधित्व नहुने अवस्था छ भने एकलजातीय खस आर्य बहुल हुने क्षेत्त्रबाट अधिक सदस्यको निर्बाचन क्षेत्र रहने व्यबस्था हुन सक्छ । यसकारण निर्बाचन क्षेत्रको भरपर्दो आधार नभएकाले आगामी संसद समाबेशी हुनेमा शंकै छ । 

 

 

 

 

प्रतिक्रिया