अहिले उठिरहेका मुद्धा, दमन, उत्पीडन, त्यसको विरुद्धमा उठिरहेको आक्रोश, हत्याको बारेमा त म निरन्तर बोलिरहेको छुँ, लेखिरहेको छुँ । सत्ता कब्जा गरिरहेका र बर्चस्वशालीहरुले जब विवेक गुमाउँछन्, शब्द निशब्द हुँदो रहेछ । शब्द निशब्द भएपछि के हुन्छ ? टीकापुरको घटना घट्छ । नागरिकहरुको न्यायको आवाजलाई राज्यले जब सुन्दैन, अनि टीकापुरको घटना हुन्छ । टीकापुरको घटना कसले घटाएको हो ? यो राज्यले घटाएको हो । थारु समुदायमाथि ऐतिहासिक कालदेखि उपेक्षा, अन्याय, अपमान उत्पीडनको एकमुस्ट अभिब्यक्ति बनेको हो टीकापुर घटना । दूर्भाग्यवश कर्तव्य पालन गरिरहेका प्रहरीहरु थारुहरुको आक्रोशको तारो बन्न पुगे । प्रहरी नै तारो किन बन्यो भने उ भनेको राज्यको स्थानीय तहको सत्ताको प्रतीक हो । सिंहदरबारमा त यहाँ सर्वसाधारण थारु आउन सक्ने थिएन । आफ्नो नजिकमा सत्ताको जे प्रतीक थियो, त्यसैमा आक्रमण गरे ।
थारु समुदायमाथि ऐतिहासिक कालदेखि उपेक्षा, अन्याय, अपमान उत्पीडनको एकमुस्ट अभिब्यक्ति बनेको हो टीकापुर घटना । दूर्भाग्यवश कर्तव्य पालन गरिरहेका प्रहरीहरु थारुहरुको आक्रोशको तारो बन्न पुगे । प्रहरी नै तारो किन बन्यो भने उ भनेको राज्यको स्थानीय तहको सत्ताको प्रतीक हो ।
यदि राज्यले थारु समुदायका आकांक्षालाई संविधानमा संशोधन गरेन भने अरु टीकापुर घटना दोहोरिन्छ कैलाली मात्र होइन, समग्र तराइ मधेसमा त्यस्ता घटना घटनेछन् । तराइ मधेसमा थारुहरु बसेका छन् । नेपालको आदिवासी को को हुन्, मलाई थाहा छैन । तर मैले सजिलोसँग आदिवासी भन्न सक्ने भनेको थारु समुदाय नै हो ।
थारुले वन फँडानी ग¥यो । औंलो पचायो । पहाडबाट आएका टाठाबाठाले उसको सर्वस्व लुटे । राज्यले दमन ग¥यो । पहाडीले दमन ग¥यो । तै पनि उ सहिरहेको छ, बाँचिरहेको छ । थारु जाति अलि ज्याद्रो हुन्छ, सारा जहर पचाएर थारु बाँचिरहेका छन् । यो धेरै ठूलो कुरा हो । यसको सहनशक्ति, यसको सौर्य, यसको संवेग हेर्दा योसंग धेरै चीज छ ।
थारु लगायत सडकमा रहेकाहरुको समाधान खोज्ने हो भने पहिले कुरा यो संविधान रोक्नुपर्छ, संविधान बनाउन अग्रसर भएका मालिकहरु ९० प्रतिशतको गणित गनेर बसिरहेका छन् । तिनलाई दुई तिहाईको अहंकार छ । सभासद्हरु जुनसुकै पार्टीको भए पनि त्यो थारु समुदायको सदस्य हो । त्यसको इतिहास, त्यसको समवेदना, त्यसको भविष्य, त्यसको अस्तित्व, त्यो समुदायसँग जोडिएको हुन्छ । त्यसैले थारुको लागि पार्टी भनेको गौण कुरा हो । कांग्रेस, एमाले, माओवादी, राप्रपा, खाओवादी जे छ, त्यो तपाईको निम्ति दुइ नम्बरको कुरा हो । प्राथमिक कुरा भनेको आफू हो, आफ्नो समुदाय, त्यसको आकंक्षा, त्यसको मुक्ति हो । त्यसैले संविधानसभामा जति पनि थारु सभासद्हरु छन्, सबै एक हुनुपर्छ ।
थारु लगायत सडकमा रहेकाहरुको समाधान खोज्ने हो भने पहिले कुरा यो संविधान रोक्नुपर्छ, संविधान बनाउन अग्रसर भएका मालिकहरु ९० प्रतिशतको गणित गनेर बसिरहेका छन् । तिनलाई दुई तिहाईको अहंकार छ ।
हाम्रो आन्दोलन टापुहरुजस्तो भएको छ । पूर्वमा लिम्बुवान टापु, मधेसी टापु, थारु टापु, मुस्लिम टापु इत्यादि । टापुमा भइरहेका जति आन्दोलन छन् । ती सब उत्पीडनबाट उठेका आवाज हुन् । तिनका पीडा साझा छन् । तिनका बीचमा नमिल्दा कुरा धेरै होलान, दर्शनका कुरा होलान्, संस्कृतिका कुरा होलान् । तर एउटा कुरा के मिल्छ भने ती ती सबै यो राज्यबाट उत्पीडत छन् । उत्पीडितहरुका टापुका रुपमा जे जति छरिएका आन्दोलन छन्, ती सबैलाई एकीकृत गर्नुपर्छ ।
अहिले सत्ता चलाइरहेका बर्चस्वबादीहरुमा यति ठूलो हठ छ, तपाईको सानोतिनो आवाजले, सानोतिनो दवावले उपेक्षित जनताको माग अनुरुप बनाइहाल्लान् भन्ने मलाई विश्वास छैन । तथापि हामीले प्रयत्न गर्नुपर्छ । सकेसम्म संविधान जारी हुनुअगाडि नै संघीयतामा थारुहरुको आफ्नो भाग्य र भविष्य लेखिनुपर्छ । त्यसको पहिचानको अधिकार र स्वराजको दुइटा अधिकार सुनिश्चित हुनुपर्छ । संविधानमा त्यो लेखिनुपर्छ । हामीले त्यो लेखाउन सकेनौ भने संघर्ष लामो हुन्छ, ऐक्यबद्ध रुपमा लग्नुपर्छ ।
अहिले सत्ता चलाइरहेका बर्चस्वबादीहरुमा यति ठूलो हठ छ, तपाईको सानोतिनो आवाजले, सानोतिनो दवावले उपेक्षित जनताको माग अनुरुप बनाइहाल्लान् भन्ने मलाई विश्वास छैन । तथापि हामीले प्रयत्न गर्नुपर्छ ।
शब्द निशब्द भएको बेलामा कहिलेकाही त मलाई के लाग्छ भने म आफैं तोप भएको भए कहीं पड्किन्थे होला जस्तो लाग्छ । तपाईँले जति बोल्दा पनि जब सुन्नेले सुन्दैनन् भने तपाईँसँग हतियार के हुन्छ ? तपाईँसँग मुक्का हुन्छ, ढुंगा हुन्छ, भाला हुन्छ । अनि टीकापुर घटना घट्छ । टीकापुर घटना फेरि दोहरिन नदिनको निम्ति हामी सबैको ऐक्यबद्ध संयमपूर्ण दूरगामी आन्दोलन हुनुपर्छ । थारुहरु न्यायको आन्दोलनमा छन् । हामी साथ छौं । टीकापुरमा जाने कुनै भ्रमण टोली बन्यो भने म त्यहाँ जान तम्तयार छुँ ।
प्रस्तुतीः सर्वहारी
थारू अराउण्ड वल्र्ड संस्थाको आयोजनामा भदौ २१ गते काठमाडौमा आयोजित संविधान निर्माणको वर्तमान परिप्रेक्षमा थरुहट आन्दोलन र सम्भावित निकास बिषयक् अन्तरक्रिया कार्यक्रममा लेखकको व्यक्त बिचार ।