कैलालीका थारुहरुले प्रशासनलाई नागरिकता बुझाउँदै

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ भदौ २०७२, शनिवार
कैलालीका थारुहरुले प्रशासनलाई नागरिकता बुझाउँदै


लखन चौधरी
 

राज्यले आफूहरुलाई सदियौंदेखि दोस्रो दर्ताको नागरिकको रुपमा व्यवहार गर्दै आएको भन्दै कैलालीका थारुहरुले स्थानीय प्रशासनमार्फत् राज्यलाई नेपाली नागरिकताको प्रमाणपत्र बुझाउने भएका छन् ।

साउन २२ गतेदेखि जारी थरुहट थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको साटो दमन गर्दै आएको आरोप लगाउँदै उनीहरुले दबाबस्वरुप नागरिकताको प्रमाण पत्र बुझाउन लागेका हुन् । पहिलो चरणमा क्षेत्रगत रुपमा बुझाउने कार्यक्रम तय गरेका उनीहरु पछि जिल्लाव्यापी रुपमै बुझाउने बताए । थरुहट थारुवान संयुक्त संघर्ष समिति क्षेत्र न ४ कैलालीको आयोजनामा जिल्लाको मसुरियामा भदौ २१ गते हुने विरोधसभाबारे जानकारी गराउन हालै आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

एमाओवादी कैलाली सचिव तथा पूर्वसभासद कृष्णकुमार चौधरी ‘कुन्दन’ले भने– थरुहट थारुवान आन्दोलनको हालसम्म कुनै सुनुवाई भएन । त्यसैले, राज्यलाई दबाब दिने उद्देश्यले नागरिकताको प्रमाणपत्र बुझाउने र विरोधसभा आयोजना गर्न लागेका हौं । 

एमाओवादी कैलाली सचिव तथा पूर्वसभासद कृष्णकुमार चौधरी ‘कुन्दन’ले भने– थरुहट थारुवान आन्दोलनको हालसम्म कुनै सुनुवाई भएन । त्यसैले, राज्यलाई दबाब दिने उद्देश्यले नागरिकताको प्रमाणपत्र बुझाउने र विरोधसभा आयोजना गर्न लागेका हौं । उनले भदौ २० गते कैलाली क्षेत्र न ४ बाट करीब पाँच हजार नागरिकताको प्रमाण पत्र बुझाउने बताए । संघर्ष समितिले कैलाली कञ्चनपुरसहित थारू बाहुल्य जिल्लाको एक प्रदेश हुनुपर्ने भन्दै साउन २३ गतेबाटै आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया