गिति एल्बम निभाउन नआउनु आगोको विमोचन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१२ भदौ २०७२, शनिवार
गिति एल्बम निभाउन नआउनु आगोको विमोचन

गितकार  हेमकुमार लवातीको एकल रचनामा विभिन्न प्रतिभाशाली संङ्गीत, गायक÷गायिकाको सुमधुर स्वर समेटिएको गिति एल्बम निभाउन नआउनु आगो आज काठमाडौंमा भब्य कार्यक्रमकोसाथ विमोचन भयो ।

यस गिति एल्बममा निभाउन नआउनु आगोको सहित आकाश उहि धर्ती उहि, मेरो खबर तिमिलाई, भूलहरुको गित, यति धेरै माया पाईरहेछु, कहिले राती बोलका जम्मा ६ वटा गितहरु समावेश गरिएका छन् ।

भाईब्स् क्रियसनले बजारको व्यवस्थापनको जिम्मा लिएको यो एल्बममा कुवेर राई, विमला प्रधान, स्वरुपराज आचार्य, प्रमोद खरेल, अन्जु पन्त, बानिका प्रधान लगायतले स्वर दिनुभएको छ भने, निरोज लामा, दिनेश सुब्बा, राजशुक्र लिम्बु, अनुप सुब्बाहरुले संगित कम्पोज गर्नुभएको छ ।

ताप्लेजुङमा जन्मभई झापा स्थायी बसोवास भएका गितकार हेमकुमार लावली दुईदशक देखि हङकङमा रहदै आउनुभएको छ । विमेचन समारोहमा बोल्दै गितकार लावतीले आफु विदेशमा रहेपनि स्वादेशको माया र जिवनको यात्राको क्रमा आफुले भोगेका, मनमा लागेका वेदना, भावनालाई कागजमा उतारेर शव्द र संगितमार्फत अरुमा बाँड्न चाहेको परिणामत यो एल्बम आएको बताउनुभयो । विमेचन समारोहका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्व उपकुलपति वैरागी काईला तथा लिम्वु संस्किृतिविद् योहाङ लिम्वुले नेपालीभाषाको साथै सम्भव भएसम्म आफ्नो मातृभाषा लिम्वुमा पनि एल्वम निकाल्नको लागि कदम चाल्न गितकार लावतीलाई सुझावदिनुभएको थियो । 


 

प्रतिक्रिया