पहिचानसहित संघीय राज्यहरू बनाउनुको विकल्प छैन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ भदौ २०७२, मङ्गलवार

टिकापुरको घटना अत्यन्त विभत्स र दुखद रह्यो । जसले जे जे अनुमान र तर्क गरे पनि मूलतः यो उत्तेजित जनमानसबाट व्यक्त आक्रोसको परिणाम नै हो ।

यो शुरुवात हो । हजारौं वर्ष देखि घृणा र उत्पीडनको शिकार बन्दैआएका मनहरू जव अधिकारको चेतबाट जाग्रित बन्छन्, जव उत्पीडक पक्ष र शासकहरू उन (जागृत उत्पीडित समुदाय) ले अनुभूत गरिसकेको अधिकारको आवाजलाई बलात दवाउने प्रयास गर्छन तव उत्पीडित मनका उत्तेजित आक्रोसले मानवीय विवेकका सीमाहरूलाई स्वत : उलंघन गर्न पुग्छन्, जसका कारण परिस्थिति विकराल बन्न पुग्छ । संसारमा विकास हुदैआएको मानव सभ्यताको इतिहासले यहि नै प्रमाणित गरेको छ । (एउटा उदाहरणको लागि हेर्नुहोस माओत्सेतुङबाट प्रस्तुत हुनान किसान आन्दोलनको रिपोर्ट)

नेपालमा शासित र उत्पीडितको अवस्थाबाट गुज्रदैआएका लगभग ७० प्रतिशत समुदायहरू रहेका छन् । शासित, उत्पीडित र अपहेलित हुनुलाई आफ्नो स्वभाविक नियति ठान्दैआएका यी समुदायहरू २०६३/०६४ यता आफ्ना पितापुर्खादेखि आफूहरूसम्मले भोग्दैआएका यस्ता नियतिहरूलाई स्वभाविक होइन नियोजित ठान्न थाले । हो, यसैकारण त्यसयता यी समुदायहरूले पहिचान, अधिकार र आत्मसम्मानको प्राप्तिलाई आफ्नो प्रमुख लक्ष बनाउन थालेका हुन् । उनीहरूलाई यो प्रेरणा जो कसैबाट मिलेको भए पनि अव यो उनीहरूको अन्तस्करणको आवाज बनिसकेको छ । त्यसैले अव उनीहरू यसलाई छाडिदिने वा बिर्सिदिने मनोदशामा देखिदैनन् । यतिबेला शासक बनेका केही व्यक्तिहरूबाट आफ्ना निहित स्वार्थ अनुरूप पहिले ६ र पछि ७ प्रान्तको डिजाइन अधिसारे पछि व्यक्त हुनथालेका प्रतिकृयाहरूले उनका यी अठोटहरूलाई पुस्टी गर्न थालेका छन् ।

अव लगभग ७० प्रतिशत समुदायका भावनाको प्रतिनिधित्व गर्ने मुलतः पहिचानको आवाजलाई दवाउने तर्फ लाग्नुहदैन । यतिबेला गरिएको ७ राज्यवाला सिमांकनलाई खारेज गरिनुपर्छ । पहिलो संविधानसभाद्वारा निर्धारित वा त्यो भन्दा केही परिमार्जित हिसावले पहिचान र सामथ्र्य झल्कने गरी संघीय राज्यहरूको सिमांकान गरिनु पर्छ । यसबाट देश विभाजित बन्ने हो कि भन्ने कपोकल्पना गर्नु पर्दैन । वहुसंख्यक देशवासिको चित्त बुझ्यो भने देश अविभाज्य र अखण्ड रहन्छ । बरु बलात पेल्ने कोशिष ग¥यो भने टुक्रिन पनि बेर लाग्दैन । त्यसैले पहिचानको मुद्दालाई संबोधन गरियोस र अल्पसंख्यकले वहुसंख्यकमाथि रजाई गर्ने परपराको अन्त्य गरियोस । तवमात्रै यो देशमा अग्रगामी रूपान्तरणले गति लिन सक्ने छ । अन्यथा टिकापुरबाट सल्किएको यस आगोबाट देश भरी ने डढेलो लाग्न सक्ने दुखद संभावनालाई नकार्न सकिदैन ।

ज्योतिलाल बन, उहाँको फेसबुक वालबाट

प्रतिक्रिया