सुर्खेतमा पहिलोपटक गुरही पर्व मनाइयो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ भदौ २०७२, बिहिवार
सुर्खेतमा पहिलोपटक गुरही पर्व मनाइयो

 
सुर्खेत
पश्चिमा थारूहरूले नाग पञ्चमीका दिन गुरही पर्व भव्यकताका साथ मनाएका छन् । वीरेन्द्रनगर नगरपालिका–१४ नयाँगाउँ, सुर्खेतमा भने पहिलोपटक थारूहरूले गुरही पर्व मनाएको समाचार छ । सुर्खेतमा यो पर्व मनाउने प्रचलन लोप भइसकेकोले भेवा युवा क्लवको संयोजनमा संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले सुर्खेतमा पहिलोपटक यो पर्व मनाएको क्लवका सचिव जेवि चौधरीले बताए ।

केटाहरूले स्वाठाले झ्याङ्गलाई हिर्काउँछन् । अन्तमा केटीहरूले बनाएका गेडागुडी बाँडेर खान्छन् । बाँकी रहेको गेडागुडीलाई घरको छानामाथि फाल्छन् । यसले घरपरिवारलाई अनिष्ट हुनबाट जोगाउँछ ।

विहानै नाग शेष (लागु बासु ) को पूजा गरी मनाइन्छ । खास गरेर लागुवासु शेष नागको प्रतीकको पूजा गरी दूधको धार दिइन्छ । गुरहीको रौनक बेलुकी देखिन्छ । केटाहरू दिउँसो रंगीचंगी लठ्ठी बनाउँछन्,जसलाई स्वाठा भनिन्छ । केटीहरू कपडाको गुडिया (गुरही) बनाउँछन् । त्यसपछि बेलुकी केटाहरू गाउँदेखि अलि टाढा झ्याङमा गई लठ्ठी गाड्छन् । केटीहरू सोही झ्याङ्गमा गुडिया (गुरही ) फाल्दै रोग व्याधी लैजा भन्छन् । त्यहीबेला केटाहरूले स्वाठाले झ्याङ्गलाई हिर्काउँछन् । अन्तमा केटीहरूले बनाएका गेडागुडी बाँडेर खान्छन् । बाँकी रहेको गेडागुडीलाई घरको छानामाथि फाल्छन् । यसले घरपरिवारलाई अनिष्ट हुनबाट जोगाउँछ । यसरी गुरही पर्व सम्पन्न हुन्छ ।

गुरही पर्वको अवसरमा  अन्तक्रिय कार्यक्रम पनि गरियो । सो पर्वको महत्व र विधि प्रक्रिया बारे थारू कल्याणकारिणी सभाका केन्द्रिय पार्षद मान बहादुर चौधरी पन्नाले स्पष्ट पारेका थिए । सभाका सुर्खेत जिल्ला उपसभापति बेचुलाल चौधरीले सुर्खेतमा लोप भइसकेको गुरही पर्व  पुनर्जागरित भएकोमा  खुसी व्यक्त गर्नु भयो । कार्यक्रम भेवा युवा क्लवका अध्यक्ष राजकुमारी चौधरीको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया