तामाङ मिडिया अवार्ड प्रदान

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ भदौ २०७२, बुधवार
तामाङ मिडिया अवार्ड प्रदान


सञ्चु ब्लोन

काठमाण्डौं

तामाङ मिडिया अवार्ड २०७२ बाटसञ्चारकर्मी भक्तबहादुर स्याङ्तन तथा बुद्धप्रसाद तामाङ दुईजना सम्मानित भएका छन् । भदौं १ गते २१ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ सञ्चार समूह केन्द्रिय समितिले ती दुईलाई सम्मान गरेको हो । स्याङ्तन नमोबुद्ध एफएम काभ्रेका स्टेशन म्यानेजर तथा तामाङ भोजपुरको औजार दैनिक, सगरमाथा टेलिभिजनको सम्वाददाता छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पुरस्कृतद्वयलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा अध्यक्ष विष्टले संचार क्षेत्रमा समावेशीता आजको अपरिहार्यता रहेको बताए । उनले विविधता भएको देशमा अहिले उठेका आवाजहरु सम्बोधन नगरी नेपाली समाज अगाढि बढ्नै नसक्ने भएकाले सबैको साझा र अपनत्व हुने सुन्दर नेपाल निर्माणमा सबैले जोड दिनपर्ने धारणा राखे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष डण्ड गुरुङले समावेशी संचार नीतिका लागि फोनिजले पहल गरिरहेको भन्दै मातृभाषामा सूचना पाउने अधिकार संविधानमै ग्यारेन्टी गरिपर्ने बिचार राखे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहनसिंह लामाले आम संचार नीतिमा मातृभाषाका लागि लडिरहनु परेको स्थिती रहेको भन्दै सरकारीदेखि निजी सञ्चारमाध्यमहरु समावेसी हुन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मोहनसिंह लामाले आम संचार नीतिमा मातृभाषाका लागि लडिरहनु परेको स्थिती रहेको भन्दै सरकारीदेखि निजी सञ्चारमाध्यमहरु समावेसी हुन आवश्यक रहेकोमा जोड दिए । पुरस्कार वितरण समारोहमा तामाङ संचार समूहका सल्लाहकार अमृत योञ्जनले तामाङ संचारको परिचय, ईतिहास, चुनौती लगायतका विषयमा प्रस्तुती दिए । कार्यक्रममा ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जयप्रसाद गोलेले ताम्सालिङ सहितको राजनैतिक अधिकार नभएसम्म भाषिकलगायत अन्य अधिकार आउन नसक्ने बताए । उनले अब तामाङहरुले लेख्दै गरेको नयाँ संविधानमा आफ्ना अधिकारका लागि चरणबद्ध संघर्षका कार्यक्रमको तयारी गरेको जानकारी दिए ।

नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले रेडियो नेपालले २१ वर्ष अघि रेडियो तामाङ भाषामा समाचार दिने काम गरेपनि तामाङ समुदायले चाहे र माग गरे जस्तो केन्द्रिय प्रसारणमा नलानु र रेडियो नेपालमा कार्यरत तामाङ सन्चारकर्मीहरुलाई वषौंसम्म करारमा राख्नु दुःखद भएको बताए ।

त्यस्तै नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले रेडियो नेपालले २१ वर्ष अघि रेडियो तामाङ भाषामा समाचार दिने काम गरेपनि तामाङ समुदायले चाहे र माग गरे जस्तो केन्द्रिय प्रसारणमा नलानु र रेडियो नेपालमा कार्यरत तामाङ सन्चारकर्मीहरुलाई वषौंसम्म करारमा राख्नु दुःखद भएको बताए । सञ्चार समुहका अध्यक्ष जगत दोङले राज्यले सबै समुदायलाई हेर्ने आँखामा परिवर्तन आउनु पर्नेमा जोड दिए । उनले सञ्चार क्षेत्रमा तामाङ समुदायको सहभागिता अत्यन्तै न्यून रहेको भन्दै तामाङ जनताको पनि करले चलेको सरकारी सञ्चारमाध्यम कम्तिमा समावेसी भइदिए चित्त बुझाउने ठाउँ हुने बताए । तामाङ भाषामा पहिलोपटक रेडियो नेपालमा समाचार प्रसारण भएको दिनलाई तामाङहरुले तामाङ प्रसारण दिवसका रुपमा मनाउँदै आएका छन् । २०५१ साल भदौं १ गते तामाङ भाषाले पहिलोपटक रेडियोमा प्रवेश पाएको थियो ।

प्रतिक्रिया