कवितामा थरुहट पहिचानको सवाल

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३२ साउन २०७२, सोमवार
कवितामा थरुहट पहिचानको सवाल

काठमाडौ

ठुम्रार साहित्यिक बखेरीले हरेक महिनाको अन्तिम शनिबार त्रिवि कीर्तिपुरमा आयोजना गर्ने गरेको थारू कविता श्रृंखलाको ३१ औ भाग साउन ३० गते सम्पन्न भएको छ । प्रायः थरुहट आन्दोलनको भाव बोकेको रचना डेढ दर्जन थारु कविहरुले आ–आफ्नो बाचन गरे ।

प्रमुख अतिथिका रुपमा निम्त्याइएका बर्दियाका अधिवक्ता छविलाल चौधरीले कविता पनि आन्दोलनको ठूलो शक्ति भएकोले राजधानी जस्तो स्थानमा थरुहट पहिचानको कविताको अझ महत्व रहेको बताए । उहाँ यहाँ बाचित रचना सामाजिक सञ्जालमा अपलोड गरेर आन्दोलनलाई अझ उचाइमा पु¥याउनमा जोड दिए । अन्य बक्ताहरु प्रेमसिंह थारू, अम्रिका थारू, सीएन थारू, पारस चौधरीले पनि ठुम्रार साहित्यिक बखेरीले सयौ अंक पार गरोस् भन्ने शुभकामना दिए ।

कार्यक्रममा सुशील चौधरी, दीपक चौधरी, एन्जल कुश्मी, रामचन्द्र कुश्मी, श्याम गोइजिहार, नन्दुराज चौधरी, प्रकृतिपूजा चौधरी, दोषहरण चौधरी, खुशी चौधरी, मनोज हर्दिउला, राधेश्याम चौधरी, रामनाथ चौधरी, सेवेन्द्र कुशुम्या, सुनिल चौधरी, सुरज दहित, महेश कुचिला, प्रसादु थारूलगायत कविले रचना सुनाए । कविता श्रृंखलाका सुत्राधार कृष्णराज सर्वहारीको सभापतित्वमा भएको कार्यक्रममा साँगा, काभ्रेबाट भाग लिन आएका टीकापुर, कैलाली निवासी शिक्षक श्याम गोइजिहारले भने– आजको कविता सुनेर धेरै उर्जा प्राप्त भयो । टीकापुरकै आन्दोलनमा सहभागी भएझैं लाग्यो । आव नियमित रुपमा कार्यक्रममा उपस्थित हुन कोशिश गर्नेछुँ  ।

प्रतिक्रिया