बाढीबाट सम्पर्कबिहिन भएका आफन्तको खोजीमा अस्पतालमा घुईचो , अझै चारहजार बढी बेपत्ता

सरला चौधरी
सरला चौधरी२१ भदौ २०८३, आइतवार
बाढीबाट सम्पर्कबिहिन भएका आफन्तको खोजीमा अस्पतालमा घुईचो , अझै चारहजार बढी बेपत्ता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कबिहिन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका छन्।् । बेपत्ताको अवस्था पत्ता लाग्ने आशामा उनीहरू शिक्षण अस्पतालसम्म आई पुगेका हुन्। । महाराजगञ्ज स्थित  त्रिवि शिक्षण अस्पतालको भित्ता र पोलहरु अहिले बेपत्ता भएका ब्यक्तिहरुको तस्विरले भरिएको छ । 
रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीले घर बस्ती, पुल, र सडक बगाएको छ । त्यही भेलले बगाएका कैयौं मानिस अझै बेपत्ता छन् । तिनै वेपत्ता ब्यक्तिहरुको तस्विरले अहिले अस्पतालको भित्ता र पोलहरु भरिएको छ ।  
वेपत्ता व्यक्तिका आफन्तहरु हरेकदिन अस्पताल आएर भित्तामा टाँसिएको तस्विरहरु हेर्छन् । कोही एकतमासले भित्तामा टाँसिएका अनुहारहरु नियाल्छन् त कोही त्यहीभिडमा आफन्त हराएका मान्छेको नाम खोज्छन् । ११ दिन वितिसक्दा पनि आफन्तहरुले वेपत्ता छोराछोरी र श्रीमान श्रीमती जीवित भेटिने झिनो आसमा परिवारका सदस्यहरू दिनभर पर्खिरहेका छन् । बाढीपछि आफन्त बेपत्ता भएपछि उनीहरूको खोजीमा परिवारका सदस्यहरू विभिन्न जिल््लाबाट काठमाडौंसम्म आइपुगेका छन् ।  
यसै क्रममा कैलाली जानकी गाउँपालीकाकी कमला चौधरी आप्mनो श्रीमान राजकपुर चौधरीलाई खोज्दै काठमाडौं आइपुगेकीछन् । वेपत्ता राजकपुर दुई दिन अघिमात्र श्रमिक काम गर्न रसुवा पुगेका थिए । उनी आफ्नो मृगौलाको बीरामी आमाको उपचारको लागि रसुवामा सुरुङ्ग भित्र काम गर्दै थिए १० गते आएको भिषण बाढीमा परि उनी बेपत्ता छन् । 
उनको पैसा कमाएर आमाको मृगौलाको उपचार गर्ने सपना तुहिएको छ । घरमा उनको सानी छोरी सहित तीन जनाको परिवार थियो । छोरी बाबाले स्कुलजाने झोला लिएर घर फर्किने आसमा बसेकी छन् । तर उनको आजसम्म कुनै अत्तापत्तो छैन् । 

वेपत्ता व्यक्तिका आफन्तहरु हरेकदिन अस्पताल आएर भित्तामा टाँसिएको तस्विरहरु हेर्छन् । कोही एकतमासले भित्तामा टाँसिएका अनुहारहरु नियाल्छन् त कोही त्यहीभिडमा आफन्त हराएका मान्छेको नाम खोज्छन् । ११ दिन वितिसक्दा पनि आफन्तहरुले वेपत्ता छोराछोरी र श्रीमान श्रीमती जीवित भेटिने झिनो आसमा परिवारका सदस्यहरू दिनभर पर्खिरहेका छन् । बाढीपछि आफन्त बेपत्ता भएपछि उनीहरूको खोजीमा परिवारका सदस्यहरू विभिन्न जिल््लाबाट काठमाडौंसम्म आइपुगेका छन्।् । 

भजनी गाउँपालिकाकै चारजना बेपत्ता छन् । उनीहरुको आफन्तले कोही श्रीमान खोज्दै त कोही हराएको छोरा खोज्दै काठमाण्डौं पुगेका छन् । 
त्यसैगरी  मैलुङ्ख रसुवाकी सृष्टि तामाङ्ख आफनो हजुरवुवा खोज्दै काठमाण्डौं पुगेकी छन् । उनी आफूभने सानो बच्चा सहित भागेर बाच्न सफल भएकी बताउँछिन् । 
दाङ्ग राप्ति गाउँपालिकाका चन्दर चौधरी पनि त्यही बाढिमा परि बेपत्ता छन् । उनी गाडी चालक थिए गडिचलाउने सिलसिलामा रसुवा पुगेका थिए उनी । उनका अभिभाबक पनि छोरा भेटीने झिनो आसलिएर अस्पतालको प्राङ्गनमा आँखाभरी आँसु लिएर भित्तामा टाँसिएको तस्विर नियाल्दै थिए । 

हामी उहाँहरु संग कुरा गर्यौ साहुको गाडी लिएर एक दिन अघि मात्रै रसुवा पुगेको छोरा सम्पर्क विहिन छ । लास कि सास भेटिने आसमा हामी चितवन पनि धायौ तर केही पत्ता नलागे पछि आफूहरु  काठमाण्डौं आएको उहाँहरु बताउनु भयो । 
कसैको श्रीमान् हराएका छन् त कसैका दाजुभाइ तथा परिवारका सदस्य सम्पर्कविहीन छन् । बाढी गएको दिनदेखि सम्पर्कविहीन आफन्तको अवस्था थाहा नपाउँदा परिवारमा बेचैनी छ ।
दूरदराजका जिल्लाबाट लामो यात्रा गरेर काठमाडौं आएका उनीहरूको एउटै आशा छ—आफ्नो आफन्तको अवस्थाबारे कुनै खबर पाउनु । 
प्राकृतिक विपत्तिले घरपरिवार मात्र होइन, आफन्तको सम्बन्ध र भावनालाई समेत गहिरो चोट दिएको छ । अस्पतालमा आफन्तको खोजीमा पुगेका परिवारका सदस्यहरू एकातिर सम्भावित दुःखद खबरको डरमा छन् भने अर्कोतिर आफन्त जीवितै भेटिने आशा पनि छाडेका छैनन् । 
बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन परिवारका सदस्यहरू सम्बन्धित निकायसँग खोजी तथा पहिचानको प्रक्रिया छिटो अघि बढाउन आग्रह गरिरहेका छन्।् । 
उनीहरूको माग एउटै छ—बेपत्ता आफन्तको वास्तविक अवस्था यथाशीघ्र सार्वजनिक गरियोस् र परिवारलाई सत्य जानकारी दिइयोस ।
भोटेकोशीको बाढीले निम्त्याएको विपत्तिको पीडा अझै धेरै परिवारले भोगिरहेका छन्।् । आफन्त फर्किने आशामा अस्पतालको ढोकामा कुरिरहेका यी परिवारका लागि अब हरेक सूचना महत्वपूर्ण छ । 
आफन्त भेटिने आशा र सत्य थाहा पाउने प्रतीक्षाबीच उनीहरूको दिन बितिरहेको छ ।
आइतवार सम्म ३ हजार ९ सय १६ जना सम्पर्कविहिन विवरण राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणले जनाएको छ । प्रधिकरणको अनुसार १ हजार ५० जनाको मृत्यु भएको सव प्राप्त भएको छ । 
सरकारी तथ्याङ्क अनुसार २९२ जना घाईतेहरु विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । उपचारपछि डिस्चार्ज भएकाहरुको संख्या १८२ जना रहेकाछन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार भएको छ । 

प्रतिक्रिया