चितवन राष्ट्रिय निकुञ्जद्वारा संरक्षित हात्तीको आक्रमणबाट मृत्यु भएका भरतपुर महानगरपालिका १३ बेलहट्टाका बोटे समुदायका परिवारले क्षतिपुर्ती बापतको आर्थिक सहयोग पाएका छन् ।
२२ गते चितवनमा हात्तीको आक्रमणबाट एकै परिवारको दुइ जनाको मृत्यु भयको थियो । शनिवार राति भरतपुर २३ जगतपुर पूर्वकी २४ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षको छोरा भरतलाई हात्ती घरमै आक्रमण गरी मारेको थियो । २४ गते बुधवार वन्य जन्तु ऐन अनुसार सरकारले उपलब्ध गराउने जनधन क्षेतिबाफत सरकारले उपलब्ध गराउने राहात जनहि रु १० लाखको दरले रु २० लाख मृतक आशिका बोटेको श्रीमान पुन्नु बाटेलाई चितवन राष्ट्रिय निकुञ्जले प्रदान गरेको छ । सँगै प्रकृति संरक्षण कोषले काजक्रिया खर्चको लागि रु १ लाख प्रदान गरेको नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष राजकुमार बोटेले जानकारी दिनु भयो ।
त्यसैगरी पीडित परिवारलाई विभिन्न संघसस्था ,सरकारी निकाय र व्यक्तीगत रुपमा सहयोग प्रदान गरेका छन् । भरतपुर महानगरपालिकाले रु ४ लाख, र खाद्यान्न कपडा वितरण गरेको छ, जिल्ला प्रशासन कार्यालय चितवनले १५ हजार, नेपाल बोटे समाज केन्द्र ६० हजार बरावरको घर निमार्णको लागि जस्ता सहयोग गरेको छ, । नेपाली कांग्रेस चितवनले रु ३० हजार, पूर्व मन्त्री विक्रम पाण्डे खाद्यान्नकपडा, मध्यवर्ती उपभोक्ता समिति रु ५० हजार,जिल्ला समन्वय समिति चितवनले रु २३ हजार सहयो प्रदान गरेको छ ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा जगतपुर कम्मल र भाडा, श्री बेलहट्टा हरियाली युवा क्लव अस्थाई आवास स्थल, भरतपुर १७ निवासी बेलबहादुर गुरुङ्ग ५ हजार,सोही गाउँका तुलाराम गुरुङ्ग एक हजार, विष्णुमाया परियार संविधानसभा सदस्य रु १ हजार, शालीकराम पौडेल उपसभापति नेकपा रु १ हजार, द्रोर्ण प्रसादपौडेल भाँडा र कपडा, र मकवानपुरका शिव खड्का पंखा सहयोग प्रदान गनु भएको नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष राजकुमार बोटेले जानकारी दिनु भयो ।
चितवनमा २२ गते राति ११ बजे चितवन राष्ट्रिय निकुञ्जको धुर्वे हात्तिलको आक्रमणमा परी एकै परिवारको दुइ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २३ जगतपुर पूर्वकी २४ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षको छोरा भरत रहेका छन् । शनिवार राति घर भत्काएर पसेको हात्तिले आक्रमण गर्दा उहाँहरुको घटना स्थलमै ज्यान गएको थियोे । हात्ति धपाउन परालमा आगो लगाउँदा घर समेत जलेर नष्ट भएको थियो। यो हात्तिले उहाँहरुकै घरमा मात्रै दुईपटक आक्रमण गरीसकेको राजकुमार बोटेले जानकारी दिनुभयो । उहाँले दिगो सामाधानको लागि बाहीरी देशको सफल संरक्षण नीति अबलम्बन गर्न समेत आग्रह गर्नु भयो ।
ध्रुर्बे हात्तीको आक्रमणमा परी बोटे आमा छोराको ज्यान गएपछि नेपाल बोटे समाज केद्रिय समितिको अध्यक्ष राजकुमार बोटे गहिरो दःुख ब्यक्त गर्दै दीर्घकालीन सुरक्षा ब्यबस्था गर्न माग गर्नु भयको छ । उहाँले बाहीरी देशको सफल स्ांरक्षण नीति अबलम्बन गरी न्ययपूर्ण संरक्षण नीति निर्माढण्नोटे समाजले जारी गरेको प्रेस विज्ञप्तिमा, बस्तीमा पटक पटक प्रवेश गर्ने हात्ति नियन्त्रणमा प्रशासनले देखाएको उदासीनताप्रति असन्तुष्टि जनाउँदै उचित सुरक्षानीतिको ब्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण समेत गराएको छ । साथै विज्ञप्तिमा मानव र वन्यजन्तु द्धन्द्ध न्यूनीकरणका लागि दीर्घकालीन योजना लागू गर्न तथा उच्च जोखिम क्षेत्रमा वसोवास गर्ने समुदायको सुरक्षाको लागि आवश्यक पूर्वाधार र सुरक्षा ब्यवस्था सुनिश्चत गर्न माग समेत गरीएको छ ।
यसैवीच चितवन राष्ट्रिय निकुञ्जद्धारा संरक्षित हात्तीको आक्रमणले एकै परवारको दुई जनाको ज्यान जाने गरी भएको अत्यन्तै दुखद घट्ना प्रति आदिवासी जनजाति आयोगको गम्भीर ध्यानार्षण भएको जनाएको छ । आदिवासी जनजाति समुदायको परम्परागत वासस्थान रहेको क्षेत्रमा राज्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरु स्थापना गर्ने र त्याहाँका आदिवासी जनजाति समुदायलाई वन्य जन्तुले ज्यान लिने गरेको घट्ना यो पहिलो नभई बारम्वार दोहरीरहेको घट्ना भएको र आदिवासी समुदाय उत्पीडनमा परेको भन्दै आगामी दिनमा यस्तो घट्ना दोहरीनु उचित नहुने उल्लेख गरेको छ । चितवनमा घटेको उक्त घटनाप्रति चितवन राष्ट्रिय निकुञ्ज तथा सम्बन्धित सरकारी निकाय गम्भीर हुन र आग्रह गरीएको छ ।
निकुञ्ज संरक्षणको लागि अरबौं बजेट विनियोजन गरिरहँदा निकुञ्ज आसपास बसोवास गर्ने आदिवासी समुदायको सुरक्षा तर्फ भने सरकारको ध्यान जान सकेन । मानव र जंगली जनावर वीचको द्धन्द्ध न्युनिकरण गर्न दीर्घकालीन सुरक्षा ब्यबस्थाको लागि सरकारले कुनै ठोस योजना नबनाउँदा सबै भन्दा बढि जंगल नजिक बस्ने आदिवासीहरु मारमा परेका हुन् ।
निकु ञ्जद्धारा संरक्षित वन्यजन्तुले आदिवासी जनजाति समुदायको परिवारको बारम्वारज्यान लिएको, कृषिवाली नष्ट गरेको,घरपालुवा, जनावरलाई खाईदिएको र सम्बन्धित निकायबाट उचित क्षेतिपूर्ति नपाएको आदिवासी जनजाति आयोगको संवेक्षणले देखायको छ ।
सरकारले जंगल नजिक बसोबास गर्ने समुदायका लागि ठोस सुरक्षानीति नबनाउँदा लेपालका संरक्षित क्षेत्र आसपास बसोवासगर्दै आयका आदिवासी समुदायले जंगली जनावरसँग दिनहँु सामना गर्दै आयका छन् ।







