भूमि जोगाउन माँग गर्दे धान दिवशमा खोकनामा विरोध प्रदर्शन

Admin
Admin१६ असार २०८३, मङ्गलवार
भूमि जोगाउन माँग गर्दे धान दिवशमा खोकनामा विरोध प्रदर्शन

“खोकना बुङ्गमतीको अस्तित्व जोगाउँ”भन्ने नारा सहित खोकनाको जनसरोकार समितिले असार पन्ध्र गतेको राष्ट्रिय धान दिवसमा  विरोध प्रदर्शन गरेकाछन् ।
प्रदर्शनको क्रममा अब हामीआफनो भूमि जोतभोग गछौ त्याहाबाट नेपाली सेनाको ब्यारेक फिर्ता लैजान माँग  गरेको छ । 
खोकनाका स्थानीय बासिन्दाहरूले काठमाडौ तराई द्रुतमार्ग आयोजनाले  उनीहरूको ऐतिहासिक संस्कृति, धार्मिकक्षेत्रको प्रथाजन्य भूमि नष्ट हुने भन्दै विरोध गरेका हुन् । 


द्रुतमार्ग प्रभावित  नरेश महर्जनको अनुसार,विभिन्नप्रकारका जग्गा  गुठीको लालपुर्जा नभएका तर भोगाधिकार गरिरहेका परम्परागत रुपमा जोतभोग गर्दै आएका आफ्नो  ऐतिहासिक गुठी र रैकर भूमिमा अन्तराष्ट्रिय सन्धि संझौताले पारित गरेका ेऐनको पालना नगरी, स्थानीय तह र स्थानीय समुदायको  पूर्व मञ्जुरी विना बारम्वार ताकेतागर्दा पनि आफ्नो भूमिमाथी नेपाली सेनाले जबलजीस्त हस्तक्षेप गरेको आरोप लगाउनु भयो । 


त्यसैगरी जेष्ठ नागरिक क्योकाजी महर्जनले, आफूहरुले परापूर्वकालदेखी भोगचलन गर्दै आएको जग्गा आफनो परिवार पाल्ने आधार भएको र ज्यान गएपनि आफनो भूमि नछाड्ने अडान राख्नुभएको छ। 


नेपाल सरकारले ल्याएको फास्ट ट्रयाक तराई मधेस द्रुत मार्ग आयोजना हाल सबैभन्दा विवादित र जटिल हिस्सा बनेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो ७७७ किलोमिटर लामो राष्ट्रिय गौरवको आयोजनाको सुरुवाती विन्दु  खोकानामा राख्ने तय गरिएको थियो । तर, स्थानीय बासिन्दाको चर्को विरोध र जग्गा मुआब्जा विवादका कारण खोकानामा काम अगाडि बढ्न सकेको छैन ।

खोकाना एक ऐतिहासिक नेवार बस्ती हो । स्थानीय बासिन्दाहरूले फास्ट ट्र्याक, बाहिरी चक्रपथ र स्मार्ट सिटीजस्ता धेरै ठूला आयोजनाहरू एउटै क्षेत्रमा केन्द्रितगर्दा उनीहरूको ऐतिहासिक संस्कृति, धार्मिक रुट, गुठी जग्गा र पुरातात्त्विक सम्पति नष्ट हुने भन्दै विरोध गरिरहेका छन्।् । 
 विभिन्न प्रकारका जग्गा जस्तै गुठी जग्गावाला लालपुर्जा नभएका तर भोगाधिकार रहेका जग्गाका कारण कागजात मिलाउन र उचित मुआब्जा वितरण गर्न समस्या भइरहेको छ । स्थानीयले मुआब्जा बुझ्न अस्वीकार गर्दै आएका छन् । तर,खोकाना खण्डकै विवादका कारण आयोजनाको परिमार्जित समयसीमा २०८४ वैशाख र अप्रिल २०२७ भित्रकाम सकिने सम्भावना न्यूनबन्दै गएको छ । विकल्पको रूपमा फर्सिडोल खोकानाको विवाद सल्टिन नसकेपछि सरकार र नेपाली सेनाले यसको सुरुवाती विन्दु परिवर्तन गर्ने विकल्प अघि सारेको छ । खोकानाबाट करिब ३.३ किलोमिटर टाढा रहेको ललितपुरकै फर्सिडोललाई वैकल्पिक सुरुवाती विन्दु बनाउने र टोल प्लाजा पनि त्यहीँ राख्ने गरी विस्तृत परियोजना प्रतिवेदन परिमार्जनको तयारी भइरहेको छ । पछिल्लो आन्दोलनले विवाद अझै जारी रहेको प्रमाणका रूपमा, भरर्खरै मात्र राष्ट्रिय धान दिवसका दिन खोकानाका किसानहरूले खेतमै प्लेकार्ड बोकेर आफनो भूमि फिर्ता गर्न पुनःविरोध प्रदर्शन गरेका छन् ।
गुठी जग्गाको कानुनीविवादले खोकाना र बुङ्मती क्षेत्रमा ठूलो हिस्सा जग्गागुठी भूमिअन्तर्गत पर्दछ ।  कानुनी रूपमा गुठी जग्गाको मुआब्जा वितरण गर्दा मोही कमाउने किसान र गुठी संस्थान बीच कस्ले कति रकम पाउने भन्ने स्पष्ट कानुनी निरूपण हुन सकेको छैन।

किसानहरूले आफ्नो हक सुरक्षित नभएसम्म मुआब्जा बुझ्न मानेका छैनन्। लालपुर्जा र भोगाधिकारको समस्याले परापूर्वकालदेखि खेतीगर्दै आएपनि धेरै स्थानीय किसानहरूसँग जग्गाको आधिकारिक लालपुर्जा छैन। जग्गा प्राप्ति ऐन,२०३४ अनुसार मुआब्जा दाबी गर्न वैधानिक प्रमाण (लालपुर्जा) आवश्यक पर्छ, जसका कारण कानुनी रूपमा मुआब्जा दिन र लिन प्राविधिक समस्या खडा भएको छ ।

अन्तर्राष्ट्रिय सन्धि र आदिवासी अधिकारले स्थानीय नेवार समुदाय र मानव अधिकार वादी संगठनहरूले आदिवासी तथा जनजाति सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि लाई कानुनी आधार बनाएका छन् । यस महासन्धि अनुसार आदिवासीको मन्जुरी बिना उनीहरूको ऐतिहासिक भूमि र सम्पदा क्षेत्रमा परियोजना सञ्चालन गर्न पाइँदैन । यही आधारमा सर्वोच्च अदालतमा मुद्दाहरू समेत दायर भएका छन् । जसको अन्तिम फैसला आउन बाँकी छ । राजनीतिक र प्रशासनिक तहमा नेपाली सेनाका अधिकारीहरूले खोकाना र बुङ्मतीको विवाद विशुद्ध प्राविधिक नभएर राजनीतिक र कानुनी भएको स्पष्ट पारेका छन्। सेनाले यो समस्या आफैं सुल्झाउन नसक्ने भन्दै सरकार, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजनाआयोगलाई चाँडो कानुनी निकास दिन वा राजनीतिक निर्णय लिन लगातार आग्रहगर्दै आएको छ । 

प्रतिक्रिया