पौरखी नेपालले आफ्नो नवौं अधिवेशन तथा २४औं वार्षिक साधारणसभाको अवसरमा इन्डिजिनियस टेलिभिजनकर्मी, वरिष्ठ पत्रकार कुमार यात्रु तामाङलाई सम्मान गरेको छ । आप्रवासन तथा सिमान्तकृत समुदायको आवाजलाई सञ्चारमाध्याम माध्यम उजागर गरी समाजलाई शसक्तिकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको भन्दै सोको कदरस्वप सम्मान गरिएको पौरखी नेपालले जनाएको छ । पत्रकार तथा अनुसन्धानकर्ताको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
पौरखी नेपालको रणनीतिक सल्लाहाकार मञ्जु गुरुङले सम्मानित पत्रकार यात्रुको योगदानको चर्चा गर्दै आप्रवासन, आदिवासी जनजाति तथा सुशासनको पक्षमा बिगत तीन दशक देखि छापा, रेडियो र अनलाइन तथा टेलिभिजन पत्रकारितामा सक्रिय यात्रुलाई सम्मान गर्न पाउँदा संस्थालाई गौरव लागेको बताउनु भयो । यात्रुले पत्रकारिता, अनुसन्धान तथा लेखनका माध्यमबाट सामाजिक मुद्दालाई उजागर गर्दै सामाजिक रुपान्तरणको क्षेत्रमा योगदान दिनु भएको चर्चा गर्नू भयो ।
आप्रवासन, आदिवासी जनजाति तथा सुशासनको पक्षमा बिगत तीन दशक देखि छापा, रेडियो र अनलाइन तथा टेलिभिजन पत्रकारितामा सक्रिय यात्रुलाई सम्मान गर्न पाउँदा संस्थालाई गौरव लागेको बताउनु भयो
सोही समारोहमा सम्मनित यात्रुले पौरखी नेपाल एक आन्दोलनका रुपमा रहेको आफुले बुझेको भन्दै सम्मानले थप थप हौसला र जिम्मेवारीबोध भएको बताउनु भयो ।
संस्थाकी अध्यक्ष सत्र कुमारी गुरुङ्गको अध्यक्षतामा भएको नवौं अधिवेशन तथा २४औं वार्षिक साधारणसभामा महासचिव सिन्धु अर्यालले संस्थाको गतिविधि सहितको प्रतिबेदन प्रस्तुत गर्नू भएको थियो ।
सो कार्यक्रममा वैदेशिक रोजगारबाट र्फिएका कामदारको संस्था पौरखी नेपालको सामाजिक परिक्षण पनि भएको थियो ।
सामाजिक परिक्षणका क्रममा सहभागीहरुले महिला श्रमिकको अधिकार, सुरक्षित वैदेशिक रोजगारी, पुनःएकीकरण तथा सामाजिक न्यायका सवालमा राज्य र सरोकारवाला निकायबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिएका थिए ।
कार्यक्रममा अध्यक्षको आसनबाट सत्र गुरुङले पौरखी नेपालले वैदेशिक रोजगारीबाट फर्किएका महिला तथा उनीहरूको अधिकार, सम्मान र सामाजिक पुनःस्थापनाका सवालमा लामो समयदेखि काम गर्दै आएको बताउनु भयो । उहाँले संस्थाले महिला अधिकार, सुरक्षित तथा मर्यादित श्रम र सामाजिक न्यायका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्नुभयो ।
अधिवेशनले सिन्धु अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवक्ता कृष्ण न्र्यापानेको संयोजकत्वमा गठन भएको निर्वाचन आयोगका अनुसार पौरखी नेपालको नयाँ कार्य समितिको सचिवमा निर्जला भट्टराई, कोषाध्यक्षमा राजु गुरुङ र सदस्यहरुमा शुसिला राना, सुनिता लामिछान गुरुङ, दुर्गा पोखरेल र निर्मला गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ ।









