संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने जलविद्युत आयोजनाबाट त्यहाँका आदिवासी जनजातिलाई पर्न सक्ने प्रभाव अनुगमन गर्न भोटखोला पुगेका संवैधानिक निकाय आदिवासी जनजाति आयोगका पदाधिकारीहरुलाई त्यहाँ अनुगमन गर्न केही स्थानीय व्यक्तिहरुले अवरोध गर्ने प्रयास गरेका छन् ।
धार्मिक र साँस्कृतिक महत्व बोकेको बरुण नदीमा १३२ मेघावाटको तल्लो बरुण जलविद्युत आयोजना निर्माणको प्रक्रिया सुरु भए पछि आयोगका अध्यक्ष रामबहादुर थापामगरको टोली त्यहाँ पुगेको थियो ।
आफुहरु प्रमूख सरोकावाला भन्दै स्थानीय रिदर भोटेको नेतृत्वमा आएका एक समूहले आयोगसंग दाहोरो सम्वाद नगर्ने भन्दै बरुणखोला जलविद्युत परियोजनाको अनुगमन र कार्यक्रम नगर्न अशिष्ट व्यबहार गरेका थिए ।
आफुहरु प्रमूख सरोकारवाला दावी गर्ने सो समूहले भोटखोला गाउँपालिकाका पदाधिकारी जलविद्यूत निर्माता कम्पनीसंग मिलेको आरोप लगाउँदै आयोगका अध्यक्ष राम बहादुर थापामगरलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।
‘आयोगले प्रभावितहरुको गुनासो सुन्यौ, तर हाम्रो कुरा सुन्न उहाँहरु मान्नु भएन’ आयोगका अध्यक्ष थापा मगरले बताउनु भयो ।
आयोगले भोटखोला वडानम्बर–४ गोलामा एक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम चलिरहेको बेला १५–२० जनाको समूहले आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम बीचैमा छाडेर बाहिरिएका थिए ।
‘आयोगले प्रभावितहरुको गुनासो सुन्यौ, तर हाम्रो कुरा सुन्न उहाँहरु मान्नु भएन’ आयोगका अध्यक्ष थापा मगरले बताउनु भयो – ‘बरुण जलविद्युत आयोजना प्रभावित र भोटखोला गाउँपालिकाका अध्यक्षसंग उहाँहरुको विवाद रहेछ, त्यो विवादलाई लिएर आयोगलाई मुछ्न खोजिएको हो ।’
आयोगका अध्यक्ष थापामगरले सो कुराको पुष्टी गर्दै बरुण जलविद्युत आयोजना प्रभावित दावी गर्नेहरुको गुनासो आफुले सुनेको बताउनु भयो ।
केही स्थानीयहरुले तल्लो बरुण जलविद्युत आयोजना निर्माणकर्ता एम्पीक ईनर्जी कम्पनीले अनुगमन भाड्न सो समूहलाई पठाएको दावी गरेका छन् ।
आयोगको निमन्त्रणामा भोटखोला पुगेका सञ्चारकर्मीलाई पनि समाचार संकलन गर्न सो समूहले रोकेको थियो । कार्यक्रममा रहनु भएका इन्डिजिनियस टेलिभिजनका क्यमरापर्सन दशीराम थारुका अनुसार सो समूहले फोटो, भिडियो नलिन चेतावनी दिदै मिडियाकर्मीहरुलाई हातपात गर्ने प्रयास गरेका थिए ।
अनावश्यक द्वण्द्व नहोस भनेर आफुहरु संयम बनेको सञ्चारकर्मी थारुले बताउनु भयो । केही स्थानीयहरुले तल्लो बरुण जलविद्युत आयोजना निर्माणकर्ता एम्पीक ईनर्जी कम्पनीले अनुगमन भाड्न सो समूहलाई पठाएको दावी गरेका छन् । तर यस सम्बन्धी स्वतन्त्र पुष्टी भने हुन सकेको छैन ।
अनुगमन कार्यक्रमको सुरक्षा दिन त्यहाँ पुगेका स्थानीय सुरक्षाकर्मीहरुले बताए अनुसार यही समूहले केही दिन अगाडि त्यहाँ पानी नाप्न पगेका टोली माथि ढुंगामुडा गरी अभद्र व्यबहार गरेको आरोपमा मुद्धा चलीरहेको छ ।
बरुण नदीमा १३२ मेघावाटको तल्लो बरुण जलविद्युत आयोजना एम्पिक इनर्जी कम्पनीले निर्माण प्रक्रिया अगाडि बढाएको छ । भोटे आदिवासी बहुल क्षेत्र रहेको सो परियोजनामा स्वतन्त्र, पूर्व, सुसूचित सहमति भने लागु गरिएको छैन ।
आयोजना सम्पन्न गर्न २० अर्व १२ करोड ८७ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट बार्षिक सरदर ४९४.४८२ गिगावाट घन्टा विद्युत उत्पादन हुने बिभिन्न अध्ययनहरुमा उल्लेख छ ।







