दीर्घकालीन रणनीतिक निर्माण गर्ने अपेक्षा सहित , नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै

Admin
Admin७ जेठ २०८३, बिहिवार
दीर्घकालीन रणनीतिक निर्माण गर्ने अपेक्षा सहित , नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै

 


‘‘ऐतिहासिक मगराँत सभ्याता र प्राचीन संस्कार–संस्कृतिको जगमा मगराँत दर्शन निर्माण गरौं, समृद्ध मगर समाज निर्माणको पक्षमा १३ औं राष्ट्रिय महाधिवशन भव्यताका साथ सफल पारौं’’ भन्ने मूल नाराका साथ नेपाल मगर संघ केन्द्रीय समितिको १३औं राष्ट्रिय महाधिवेशन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिस्ठान काठमान्डौंमा हुने भएको छ । 


 यही जेष्ठ आठ गतेदेखि दश गतेसम्म काठमान्डौंमा हुने अबिधेशनको उद्घाटन समारोह  प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गर्ने कार्यक्रम रहेको  आयोजक समितिले पत्रकार सम्मेलनगरी  जानकारी दिएको  हो  । 


काठमाडौंमा हुन गईरहेको उक्त महाधिवेशनको उद्घाटन सत्र अघि मगर समुदायको मौलिक भेषभुषा, संस्कृति तथा पहिचान झल्काउने झाँकी सहितको सांस्कृतिक ¥याली भृकुटी मण्डपबाट बिहान ११ बजे शुरुभई पुतलीसडक, कमलादी हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा पुगेर औपचारिक सभामा परिणत हुने  छ । 

भावी कार्यदिशा निर्धारण, नयाँ नेतृत्व चयन, संगठनात्मक पुनर्संरचना, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विषयहरुमा नीतिगत छलफल तथा दीर्घकालीन रणनीतिक निर्माण गर्ने अपेक्षा रहेको संघले जनाएको छ । 


१३ औं राष्ट्रिय महाधिवेशनमा देशरभरबाट ६८ जिल्ला, ७ प्रदेश समिति, ९ भातृ संस्था तथा १३ वटा प्रवास शाखाबाट करीब ७०० प्रतिनिधीहरुको सहभागीता रहने  छ । 
बन्द सत्र ९ र १० गते दुईदिन नेपाल पोलिस क्लब भृकुटी मण्डपमा बिहान ७ बजेदेखि १० बजेसम्म हुने राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव तथा नेपाल मगर संघका महासचिव टेकबहादुर नाम्जाली मगरद्वारा पे्रसित विज्ञाप्तिमा जनाएको छ । 


नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पत्रकार सम्मेलनमा नयाँ नेतृत्व चयन सकेसम्म सर्वसम्मत गरिने बताउनु भएको छ । साथै अध्यक्ष मगरले लखन थापा सांस्कृतिक संग्राहलयको स्थापना, समृद्ध मगर समाज निर्माणको पक्षमा दस्तावेजीकरण, त्रिभुवन विश्वविद्यालयमा नेपाल मगर अध्ययन, काठमाडौं विश्वविद्यालमा नेपाल मगर अध्ययन विषयक पठनपाठन समेत समावेश गर्न सफल भएको पनि जनाएको छ । 


मगर भाषामा बनेको बोटविरुवाको नाम र स्थानको अभिलेखन गर्ने तथा संविधान संशोधन गर्न नेपाल मगर प्रज्ञा परिषद्लाई जिम्मेवारी समेत दिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया