ढुकढुकी म्युजिक भिडियो युट्युबमा सार्वजनिक

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ वैशाख २०८३, आइतवार
ढुकढुकी म्युजिक भिडियो युट्युबमा सार्वजनिक

गायिका पाल्मु शेर्पा र  गायक सुरेश लामाको स्वरमा रहेको नयाँ गीत ढुकढुकीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। अभि सुनार अफिसियलको प्रस्तुति रहेको उक्त गीत नयाँ वर्ष २०८३ को अवसर पारेर सार्वजनिक गरिएको हो।

राहुल बराइलीको निर्देशनमा तयार गरिएको भिडियोमा अभि सुनार र प्रिङ गोल गुरुङ टिका को अभिनय देख्न सकिन्छ। गीतका शब्द तथा संगीत अभि सुनारकै रहेको छ भने एरेन्ज बिशाल निरौलाले गरेका हुन्। मिक्समास्टर रञ्जन राईले गरेका छन्।

उत्सव दाहाल र टिमले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर विनोद बामले गरेका छन्। पोस्ट प्रोडक्सन शाङ्ग्रिला क्रियशन, काठमाडौंमा सम्पन्न गरिएको हो।

लोक–आधुनिक शैलीमा तयार गरिएको ढुकढुकी गीतले प्रेम र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरेको छ। सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ भिडियोले सकारात्मक प्रतिक्रिया पाउन थालेको निर्माण टिमले जनाएको छ।

उक्त म्युजिक भिडियो युट्युबमार्फत हेर्न सकिन्छ।

 

प्रतिक्रिया