नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व परिवर्तन भएको छ । चैत ५ देखि ८ गते सम्म काठमाडौमा भएको ११ औँ महाधिबेशनले निमा लामा ह्योल्मोको अध्यक्षतामा नयाँ संघिय परिषद गठन गरे पछि निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पा सहितको टिम बाहिरिनु भएको हो ।
शेर्पा २०७८ साल चैत ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न १० औँ महाधिबेशनबाट महासंघको नेतृत्वमा आउनु भएको हो । महासंघको आफ्नै भवन निर्माण गर्ने प्रमूख एजेन्डा सहित निर्वाचित हुनु भएको हो ।
निवर्तमान अध्यक्ष शेर्पाले आफनो कार्यकाल सफल भएको दावी गर्नू भएको छ । उहाँको पहलमा ललितपुर महानगरपालिका वडा नम्बर १४मा १४ आना जग्गा खरिद गरिएको छ । उहाँले ५ आना थप गरी भवन बनाउने एजेन्डा अगाडि सार्नू भएका कारण उहाँकै संयोजकत्वमा भवन निर्माण समिति पनि बनेको छ ।
आदिवासी जनजाति महासंघ घरभाडा तिर्न नसक्ने अवस्थामा रहेको बेला उहाँको चार बर्षै कार्यकालमा २७ करोड भन्दा बढी नेपाली रुपैया अनुदान आएको छ ।
महाधिबेशनमा तत्कालीन कोषाध्यक्ष बिमल सारुमगरले पेश गर्नु भएको आर्थिक प्रतिबेदन अनुसार पवन्का फन्डबाट आर्थिक बर्ष २०७९-८०मा नै ६५ लाख ५५ हजार ८४३ रुपैया आएको छ । महासंघलाई नेपाल विद्युत प्राधिकरणले मात्र ३९ लाख ५० हजार ५८२ रुपैया ६६ पैसा अनुदानका रुपमा दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघलाई अन्तराष्ट्रिय गैह्रसरकारी संस्था अन्तराष्ट्रिय मामिलाका लागि आदिवासीको कार्य समूह (इगिया) बाट पटक–पटक गरी ७३ लाख २३ हजार २७० रुपैया ७३ पैसा दिएको छ ।
यसरी नै टेवटेवा फाउन्डेशनबाट ७७ लाख ९३ हजार ४६७ रुपैयाँ ४४ पैसा आएको छ । दुधकोशी परियोजनाका लागि एशियाली विकास बैंक (एडिवि) ले तीन पटक रकम पठाएको विवरणमा उल्लेख छ । पहिलो बर्ष ४६ लाख ३७ हजार ९८९ रुपैया, तेस्रो बर्ष १ करोड २२ लाख ९९ हजार ३१५ रुपैयाँ र चालु आर्थिक बर्षमा २५ लाख ४८ हजार २४० महासंघले पाएको छ ।
विवास्पद डिजिएम परियोजनाबाट पनि महासंघले रकम लिएको छ । आरआरआई नामक गैह्र सरकारी संस्थाले महासंघलाई एक पटक ९२ लाख तीन हजार ३१८ रुपैयाँ ५९ पैसा र चालु आर्थिक बर्षमा १२ लाख २७ हजार ८०० रुपैयाँ पठाएको देखिन्छ ।
यसरी नै बिश्व खाद्य कार्यक्रमको एक परियोजनाबाट २२ लाख २५ हजार ८१४ रुपैयाँ स्वीकारेको छ । यसरी नै रिकोफ्ट नामक अगैससबाट दुइ पटक गरी ५६ लाख १७ हजार ४१० रुपैयाँ महासंघमा आएको छ ।
महासंघलाई युएनडिपीले २२ लाख ७६ हजार ९६२ रुपैयाँ दिएको छ । अन्तराष्ट्रिय प्रकृति संरक्षण युनियन (आइयुसिएन) महासंघको महत्वपूर्ण साझेदार संस्था भएको छ । यो संस्थाले महासंघलाई पहिलो पटक एक करोड ८९ लाख सात हजार ८१८ रुपैयाँ ५५ पैसा, ३ करोड ५८ लाख ९३ हजार ५६१ र चालु आर्थिक बर्षमा २ करोड ४३ लाख ९१ हजार ८४८ र २१ प्राप्त भएको छ । त्यसरी नै आइयुसिएनले चालु आर्थिक बर्षमा २ करोड ४३ लाख ९१ हजार ८४८ रुपैयाँ र ८८ पैसा पनि महासंघले ल्याएको छ ।
२०७८ साल यताको चार बर्षका अवधिमा गेल्जे शेर्पा नेतृत्वको महासंघले पहिलो बर्ष ३ करोड ७२ लाख ६२ हजार ५२५ रुपैयाँ ६० पैसा, दोस्रो बर्ष ४ करोड ३३ लाख २६ हजार ४८३ रुपैया ५० पैसा, तेस्रो बर्ष ७ करोड ५० लाख १८ हजार ५३ रुपैयाँ र चालु आर्थिक बर्ष ०८२-८३मा १२ करोड नौ हजार २४ हजार ७३६ रुपैयाँ ८८ पैसा महासंघमा आएको छ । महासंघले जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत यो रकम लिएको हो ।








