कैलाली–कञ्चनपुरलाई थरुहटमै राख्न थारू सभासद्को दवाव

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ साउन २०७२, शुक्रवार


काठमाण्डौ

विभिन्न दलका थारू सभासदहरू कैलाली र कञ्चनपुर जिल्लालाई थरुहट प्रदेशमै राख्न यथाशक्य पहल गरिरहेका छन् । सानेपास्थित मोमोटारो होटलमा साउन १४ गते बसेका थारू सभासदहरूको भेलाले प्रदेशको सीमांकनसहित संविधान ल्याउन माग राख्दै ती दुई जिल्लालाई ‘थरुहट प्रदेश’ मा राख्न दवाव दिने निर्णय गरेको हो ।

फोरम लोकतान्त्रिकका सभासद् योगेन्द्र चौधरीको संयोजनमा भेला भएका पश्चिमा थारू सभासदहरू  कैलाली–कञ्चनपुर कुनै पनि हालतमा थरुहटमै हुनुपर्ने जोड दिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव तथा सभासद रामजनम चौधरीले यस विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे । उनले भने– थरुहटको माग ब्यापक रुपमा उठे पनि संसदका कर्मचारी ‘अखण्ड सुदूरपश्चिम’को मागको सुझाव मात्रै राखेर प्रतिवेदन बुझाएको ऐन मौकामा थाहा पाएपछि आफूले हकारेर थरुहटको माग थप्न लगाएको बताए । महासचिव चौधरीले अहिले थरुहट प्रदेश नपाए आगामी २ सय बर्ष भन्दा बढी कुर्नुपर्ने बिचार पनि राखे ।

फोरम लोकतान्त्रिकका महासचिव तथा सभासद रामजनम चौधरीले थरुहटको माग ब्यापक रुपमा उठे पनि संसदका कर्मचारी ‘अखण्ड सुदूरपश्चिम’को मागको सुझाव मात्रै राखेर प्रतिवेदन बुझाएको ऐन मौकामा थाहा पाएपछि आफूले हकारेर थरुहटको माग थप्न लगाएको बताए । महासचिव चौधरीले अहिले थरुहट प्रदेश नपाए आगामी २ सय बर्ष भन्दा बढी कुर्नुपर्ने बिचार पनि राखे ।

एमाओवादीका सभासद् सन्तकुमार थारूले भने– जनयुद्धले थारूवान–थरुहट प्रदेशको खाका स्थापना गरेको हो । हामीले पार्टी अध्यक्ष प्रचण्डलाई समेत कैलाली–कन्चनपुरलाई कुनै हालतमा ‘अखण्ड सुदूरपश्चिम’ नगाभ्न खबरदारी गरेका छौ । यसका निम्ति सदनदेखि सडकसम्म उत्रिनलाई म तयार छुँ । नेपाली कांग्रेसका सभासद प्यारेलाल राना थारूले भने– राना थारूहरूलाई ‘अखण्ड सुदूरपश्चिम’को पक्षधर भएको कतिपय थारू सभासदले नै आरोप लगाइरहेका छन् । यो बिल्कुल गलत आरोप हो । यसले डंगौरा तथा राना थारू बीचको दुरी बढाउने काम गरिरहेकोले सबै एकजुट भएर अघि बढ्नुको विकल्प छैन ।

थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितले अधिकारका लागि लड्ने उचित समय यही भएको बताउँदै अहिले नगरे अधिकार कहिले नपाइने बताए । उनले त्यसका लागि चार दलका शीर्ष नेताहरूलाई भेटेरै दबाब दिन सुझाए । यसैबीच साउन १५ गते चार दलका शीर्ष नेताहरूलाई थारू सभासदहरूले भेटेर ज्ञापन पत्र बुझाएको फोरम लोकतान्त्रिकका सभासद् योगेन्द्र चौधरीले जानकारी दिए । साउन १६ गते राजधानीमा पत्रकार सम्मेलन गरेर यसबारेमा थप प्रष्ट पारिने जानकारी पनि उनले दिए ।

थारू सभासदहरू तराईका जिल्लालाई सीमांकन गर्दा उत्तर–दक्षिण नभइ पूर्व–पश्चिम गर्नु पर्नेमा पनि एकमत छन् । बैठकमा एमाओवादीका सभासद् गौरीशंकर चौधरी, नेपाली कांग्रेसका सभासद बुद्धिसागर चौधरी, फोरम लोकतान्त्रिकका सभासद जनकराज चौधरी र थरुहट तराई पार्टीका सभासद गंगा थारू सत्गौंवा, थारू एराउन्ड दी वल्र्ड अमेरीकाका अध्यक्ष महावीर चौधरीलगायत उपस्थित थिए । बैठकमा एमाले सभासद्लाई बोलाइए पनि कोही उपस्थित थिएनन् । यसैबीच थारूहरूको एजेण्डा सेट गर्न नेपाली कांग्रेसका थारू सभासदहरूको छुट्टै भेला साउन १५ गते काठमाडौमा बसेको समाचार छ ।

प्रतिक्रिया