सरला चौधरी
आदिवासी थारुहरुले मनाउँदै आएको माघी पर्ब यस बर्ष भव्य रुपमा मनाइएको छ । थारु बहुल क्षेत्रहरुमा र राजधानी काठमाडौमा माघी पर्बलाई नयाँ बर्षका रुपमा मनाइएको हो ।
माघी पर्वमा वर्षभरीको कामको समीक्षा तथा आगामी वर्षको योजना निर्माण गर्ने कार्य प्रमूख काम हो ।
यही दिन प्रथाजनित संस्था वरघर, महताँवा, भलमन्साको नेतृत्व परिवर्तन गर्ने प्रथाजन्य मान्यता छ । यो संगै देश बन्ध्या, गुरुवा, चौकीदार आदिको चयन र हेरफेर गरिन्छ ।
नयाँ नेतृत्वको छनौट संगै सामुहिक कार्य योजना र घरायसी योजना पनि बनाउने चलन छ ।
साहु महाजनको हिसाब किताव फछर्यौट गर्ने, अधिया बटिया गर्ने वा नगर्ने आदि कार्यको पनि निर्णय यसै दिन गरिन्छ ।
यस पर्बका अवसरमा उत्सव मनाए झै जिता शिकारलाई विशेष मानिन्छ । यसका लागि पहिला देखि नै सामुहिक रुपमा जोहो गरिएको हुन्छ ।
माघीको सुरुमा माछा मार्ने काम हुन्छ । दोस्रो दिन जीताको शिकार गरिन्छ । जीता भनेको सुंगुर बधलाई भनिन्छ ।
गाउँभरीका सबै गरढुरिया एकै स्थानमा भेला भई जीता शिकार गरे पछि त्यसलाई सबै घरधुरीलाई भागबन्डा गर्नू यस पर्बको प्रमूख विशेषता हो । यस्तो कार्य मुलतः बरघर, महताँवा, भलमन्साको नेतृत्वमा गरिन्छ । यसका लागि पहिला देखि नै जोहो गरिएको हुन्छ ।
माघ १ गतेलाई थारुहरुले लाहानको दिन भन्ने गर्दछन् । लाहानको रातभरी ढुम्रु गीत गाएर जाग्राम बस्ने परम्परा छ । लाहानको विहानै जलासयमा गएर स्नान गर्ने र जलासयमा सिक्का चढाउने चलन छ ।
जस्ले रोगव्याधि हट्ने, र परिवारमा सुख, शान्ति, समृद्धि आउने विश्वास गरिन्छ । यसै दिन वरघर, भलमन्सा, मटवाको हातबाट सेतो टीका ग्रहण गर्ने र घर घरमा गएर मीठा मीठा परिकारहरु खाने चलन छ ।
थारु परिकारहरु जस्तै ढिक्री, रोटी, घोँगी, माछामासु, तरुल तथा सखरखण्ड लगायतका परिकार खानु माघीको साँस्कृतिक जीवशैली हो । यस्तो कार्यमा मादलको तालमा झुम्रा नाच नाच्ने परम्परा छ । यस्तो रमाइलो दश दिनसम्म चल्ने गर्दछ ।
माघ १ गतेलाई थारुहरुले लाहानको दिन भन्ने गर्दछन् । लाहानको रातभरी ढुम्रु गीत गाएर जाग्राम बस्ने परम्परा छ । लाहानको विहानै जलासयमा गएर स्नान गर्ने र जलासयमा सिक्का चढाउने चलन छ ।
जस्ले रोगव्याधि हट्ने, र परिवारमा सुख, शान्ति, समृद्धि आउने विश्वास गरिन्छ ।
यसै दिन वरघर, भलमन्सा, मटवाको हातबाट सेतो टीका ग्रहण गर्ने र घर घरमा गएर मीठा मीठा परिकारहरु खाने चलन छ ।
थारु परिकारहरु जस्तै ढिक्री, रोटी, घोँगी, माछामासु, तरुल तथा सखरखण्ड लगायतका परिकार खानु माघीको साँस्कृतिक जीवशैली हो । यस्तो कार्यमा मादलको तालमा झुम्रा नाच नाच्ने परम्परा छ । यस्तो रमाइलो दश दिनसम्म चल्ने गर्दछ ।
पछिल्लो समयमा भने माघी पर्व फरक तरिकाले मनाँउन थलिएको छ । काठमाडौको टुडिखेलमा राजधानीमा भएका थारुहरु भेला भएर थारु राष्टिय माघी महोत्सव, २०८२ मा मनाएका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीको प्रमूख अतिथि रहनु भएको सो कार्यक्रममा थारुजन्य संघ संस्था तथा आदिवासीहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा प्रधानमन्त्री कार्कीले बहुलता नै नपालको पहिचान भएको बताउनु हुँदै माघी पर्व आफनो लागि पनि विशेष भएको बताउनु भयो ।
प्रधानमन्त्री कार्कीले माघी पर्वको अवसरमा सद्भाव, सहकार्यको माध्यमबाट नेपालमा आसा, उर्जा र एकताको सन्देश फैलने विश्वास व्यक्त गर्नू भयो ।
सो अवसरमा उहाँले थारु समुदायको अधिकारका लागि सरकारले विचार, विमर्स गरेर अघि बढ्ने भनाइ राख्नु भयो ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री कुलमान घिसिङले बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय मुलुकको बहुस्कृतिलाई संरक्षण गर्नू पर्ने भनाई राख्नु भयो ।
कार्यक्रमममा सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल, पूर्वमन्त्री तेजुलाल चौधरी, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, तथा डा. गोपाल दहित लगायतले सम्बोधन गर्नू भएको थियो ।
थारु कल्याणकारी सभाका अध्यक्ष प्रेमीलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्रकारका झाँकीहरु प्रदर्शन गरिएको थियो । थारुहरुको मुख्य पर्व माघी हो । यो पर्ब समुदायको पहिचान तथा जीवनशैलीसंग जोडिएको हुन्छ ।
तर पछिल्लो समयमा पार्टी प्यालेस र सार्वजनिक कार्यक्रम गरेर मनाउने चलन छ । यसले थारु परम्परा लोप हुन सक्ने भन्दै चिन्ता बढेको छ ।








