छैठौं आदिवासी चलचित्र महोत्सव आगामी जेठ १७, १८, र १९ गते काडमाडौंमा हुँदै

Admin
Admin१५ जेठ २०८३, शुक्रवार
छैठौं आदिवासी चलचित्र महोत्सव आगामी जेठ १७, १८, र १९ गते काडमाडौंमा हुँदै


आदिवासी जनजाति चलचित्र महासंघले छैठौ आदिवासी चलचित्र महोत्सव आगामी जेठ १७, १८, र १९ गते काठमाडौंस्थित चलचित्र विकास वोर्डमा आयोजना गर्ने भएको छ ।
महोत्सवबारे जानकारी दिन महासंघले बिहिबार काठमाण्डांैमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो ।
कार्यबहाक अध्यक्ष भुइसल लामाकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा महोत्सव निर्देशक सागर केरुङले महोत्सवको बारेमा प्रेसनोट वाचनगर्नू भएकोथियो ।  
पत्रकार सम्मेलनमा महासंघका पदाधिकारीहरुले आदिवासी जनजाति  समुदायको भाषा, कला, संस्कार  र मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएका छन् । महोत्सवमा विश्वभरका आदिवासी जनजातिका भाषामा निर्माण भएका चलचित्र प्रदर्शन गरिनुका साथै उत्कृष्ट फिल्म तथा निर्देशक कलाकारहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम समेत रहने बताइएको छ । 


आदिवासी चलचित्रमा भूगोल, पात्र, कथा, संगीत, भाषा र क्यामराको अवाचिक संकेतन केवल प्राविधिक संयोजन होइन ती समुदायको विश्वदृष्टि, ज्ञान–परम्परा, सांस्कृतिक आत्म–चेतना र सामूहिक अस्तित्वलाई पुनरुत्पादन गर्ने जीवित सांस्कृतिक माध्यम हुन् ।


महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन् । 
कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित “रीत”, अमृतमान महर्जन निर्देशित “स्वयनगु”, जनक गुरुङ निर्देशित “ङोल्स्यो रामरानी”, निमा लामा तामाङ निर्देशित “ह्याङ तामाङ”, तथा अशोक आले मगर निर्देशित “दिलसरा” प्रदर्शन गरिनेछ । 
लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “तङसिङ”, हुतबहादुर तामाङ निर्देशित “दुखला ग्यम”, परशुराम चौधरी निर्देशित  “बेटी गैइले ससुराल”, बिपना तामाङ भुजेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरेनी” समावेश छन् । 
त्यसैगरी वृत्तचित्रतर्फ अनिल मगर निर्देशित “आग्रे”, होम कुमारी माझी निर्देशित “लदि पुजा” तथा अरविन्द विश्वास निर्देशित एआइ जेनेरेटेड वृत्तचित्र “बिराटनगरके प्राचिन राजवंशी” प्रदर्शन गरिनेछ । 
महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिनेछ ।
आज विश्वभर आदिवासी चलचित्रलाई केवल कला वा मनोरञ्जनका रूपमा होइन, सभ्यता, स्मृति, प्रतिरोध, अस्तित्व र सांस्कृतिक सार्वभौमिकताको राजनीतिक दस्तावेजका रूपमा हेरिन थालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 
यस महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदयमान केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्र्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास लिएको प्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा फोनिज उपाध्यक्ष विश्वराज तामाङ, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, कलाकार संघका उपाध्यक्ष उत्तम के .सी.,लगाएतका वक्ताहरुले मनतव्य ब्यक्त गरेका थिय । मन्तव्यको क्रममा समिर बलामीले नेपाली चलचित्रका सफल्ताहरुको आधार भनेको आदिवासी चलचित्र नै हुन् त्यसैले आदिवासीका कथाहरु चलचित्रका मूलधारमा ल्याउन जरुरी रहेको बताउनु भयो । 
महोत्सवमा आदिवासी जनजाति चलचित्रकर्मी, कलाकार तथा सांस्कृतिक अभियान्ताहरुको सहभागिता रहने छ । साथै चलचित्रमार्फत आदिवासी जनजातिको पहिचान, भाषा, र संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको महासंघले जनाएको छ 

प्रतिक्रिया