धरान उपमहानगरपालिकाका प्रमूख हर्क साम्पाङराईले आफु प्रधानमन्त्री बनेरै छाड्ने दावी गर्नू भएको छ । स्वतन्त्र रुपमा उपमहानगरपािलकाको प्रमूखमा विजयी बन्नु भएका साम्पाङले प्रधानमन्त्री बन्नकै लागि आफुले श्रम संस्कृति पार्टी गठन गरेको बताउनु भयो । उहाँले यलम्बरको र जनताको आशिर्वाद आफूलाई भएको पनि दावी गर्नू भयो ।
किरात यले सम्बत ५०८६को अवसरमा किरात राई यायोक्खाद्वारा विहिबार राजधानीमा आयोजित हाङयलम्बर स्मृति पुरस्कार वितरण तथा किरात यले सम्बत ५०८६ शुभकामना आदानप्रदान कार्यक्रममा हाङ यलम्बर कोषबाट स्थापित हाङ यलम्ब पुरस्कार ग्रहण गर्दै प्रमुख साम्पाङले यस्तो दावी गर्नू भएको हो ।
योयोक्खाले २ लाख २५ हजार ५५५ रुपैया रासीको सम्मन सहित सो पुरस्कार प्रदान गरिएको हो । प्रमूख राईले किरात राइ कुलमा जन्मेर बंशको प्रतिष्ठा उच्च बनाउन विशेष कार्य गर्नू भएकोले सो पुरस्कार प्रदान गरेको हो ।
यो कोषमा मनिकुमार राई, मे( चाम बहादुर राई र भोलामणि हार्तम्छलीले स्थापना गर्नू भएको हो ।
प्रमूख साम्पाङल आफु सानो मान्छे भएकाले पुरस्कार प्राप्त गर्दा अप्ठ्यारो लागेको सुनाउनु हुँदै भुइ मान्छेलाई सम्मान हैन, श्रमदान देउ भन्ने गरेको पनि सो अवसरमा सुनाउनु भयो ।उहाँले धरानमा सुम्निमा पारुहाङ प्रतिमा स्थापना गर्ने काम भइरहेको जानकारी दिनु हुँदै संस्कृतिलाई इतिहास, पर्यटनसंग जोड्ने खोजेको बताउनु भयो ।
किरात राइ यायोक्खाका अध्यक्ष जीवन हातोचा राईले सो पुरस्कार हस्तान्तरण गर्नू भएको हो ।
सो अवसरमा विभिन्न विधाका पुरस्कारहरु पनि वितरण गरिएको थियो ।









