ह्योल्मो समुदायद्वारा सञ्चारकर्मी यात्रुसमेतलाई सम्मान र अभिनन्दन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ पुष २०८२, बिहिवार
ह्योल्मो समुदायद्वारा सञ्चारकर्मी यात्रुसमेतलाई सम्मान र अभिनन्दन

वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु, तामाङसमेत पाँच आदिवासी अधिकारकर्मीलाई ह्योल्मो समुदायबाट  अभिनन्दन र सम्मान गरिएको छ । 

नेपाल ह्योल्मो महिला संघ, ह्योल्मो सञ्चार समूहसमेतको आयोजनामा भएको कार्यक्रममा इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता समेत रहनु भएका वरिष्ट सञ्चारकर्मी यात्रु सम्मनित हुनु भएको हो । 

सञ्चारकर्म मार्फत आदिवासी ज्ञान, आदिवासीको प्रथाजनित संस्था र भूमि, भूभाग र भूक्षेत्रको अधिकार पुनस्थापनामा विशेष योगदान दिएको भन्दै सो सम्मान गरिएको हो । 

सञ्चारकर्मी यात्रुलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले अभिनन्दन सहितको सम्मानपत्र प्रदान गर्नू भयो । नेपाल ह्योल्मो महिला संघकी अध्यक्ष किन्जो ओमु ह्योल्मो र सञ्चार समूहका अध्यक्ष टाँसी ह्योल्मोले अभिनन्दनमा हस्ताक्षर गर्नू भएको छ । 

सञ्चारकर्मी यात्रुले ह्योल्मो प्रथाजनित संस्था ह्युलठिमको अनुसन्धान र ह्युठिमको संरचना तथा साँस्कृतिक कार्यक्रम मार्फत पर्यटन प्रवद्र्धन सम्बन्धी वृत्तचित्र निर्माण गर्नू भएको छ । 

सोही कार्यक्रममा वरिष्ठ आदिवासी मानवअधिकारकर्मी शंकर लिम्बुलाई पनि अभिनन्दन सहितको  सम्मान गरिएको छ । नेपालका अदिवासीको मानव अधिकार सम्बन्धी वकिल समूह लाहुर्निपका उपाध्यक्ष समेत रहनुभएका लिम्बु  संयुक्त राष्टसंघ मानव अधिकार आयोगबाट समेत पुरस्कृत हुनु भएको छ । उहाँ आदिवासीको मानवअधिकार उलंघन विरुद्ध निशुल्क कानुनी सहायता प्रदान गर्दै आउनु भएको छ । 

यसै गरी कार्यक्रममा हेलम्बु गाउपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र ल्हासाका लागि पूर्व महावाणिज्यदूत  विनोद ह्योल्मो समेतलाई सम्मान र अभिनन्दन गरिएको छ । 
नेपाल ह्योल्मो समाज सेवा संघकी अध्यक्ष रेन्जेन डोल्मा ह्योल्मोको समेत उपस्थितिमा भएको कार्यक्रममा ह्योल्मोजन्य प्रथाजनित संस्थाका प्रतिनिधिका रुपमा लामा, गोवा, च्यिवालगायतको उपस्थिति थियो । 

 

प्रतिक्रिया