महाकुलुङ गाउँपालिकामा बजेटको तयारी 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस६ असार २०८२, शुक्रवार
महाकुलुङ गाउँपालिकामा बजेटको तयारी 

सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि प्रत्येक वडालाई रु एक करोड बजेट विनियोजन गर्ने प्रस्ताब गरेको छ । गाउँपालिको आगामी गाउँसभामा प्रस्तुत गर्नका लागि स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समितिले यो प्रस्ताब गरेको हो ।  

पालिकाका अध्यक्ष सूर्य बहादुर राईको अध्यक्षता बसेको समितिको बैठकले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६६ अनुसारको यो सीमा निर्धारण गरेको छ । गाउँसभाले सो प्रस्ताव पारित गरेमा महाकुलुङका हरेक वडाले एक करोड रुपैँयाको सीमा भित्र पुँजीगत खर्च हुने योजना छनोट गर्नुपर्ने छ । महाकुलुङ गाउँपालिकामा ५ वटा वडा रहेका छन । 

पालिकाले सडक, भवन तथा यातायात पूर्वाधार निर्माण, खानेपानी, सिंचाई, शिक्षा तथा खेलकुद, स्वास्थ्य सेवा सुविधा, कृषि, पशुसेवा, आय–आर्जन, पर्यटकीय पूर्वाधार विकास, र रोजगार प्रवद्र्धनको क्षेत्रमा प्राथमिकता दिएको छ । 

पालिकाको कुल बजेट उनन्चालिस करोड बयालिस लाख पचास हजार निर्धारण गरेको छ । 

प्रतिक्रिया