एआइपीपीको अध्यक्षमा फिलिपीनी आदिवासी अधिकारकर्मी बेभरली लोंगिद निर्वाचित, कार्यकारी सदस्यमा नेपालका बराम दोहोरिए 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस४ असार २०८२, बुधवार
एआइपीपीको अध्यक्षमा फिलिपीनी आदिवासी अधिकारकर्मी बेभरली लोंगिद निर्वाचित, कार्यकारी सदस्यमा नेपालका बराम दोहोरिए 

एशियाका आदिवासी जनजातिहरुको साझा संस्था एशिया इन्डिजिनियस  पिपल्स प्याक्ट (एआइपीपी) को अध्यक्षमा फिलिपिन्सकी आदिवासी अधिकारकर्मी बेभरली लोंगिद  निर्वाचित  हुनु भएको छ । जुनको ३ देखि ५ तारेखसम्म थाइल्याण्डको चियाङमाइमा सम्पन्न  एआइपीपीको नवौ महासभाले लोगिद निर्वाचित हुनु भएको हो । १४ वटा एशियाली मुलुकका प्रतिनिधिहरुले उहाँलाई सर्वसम्मतीले निर्वाचित गरेको हो । 

कार्यकारी सदस्यमा भने विभिन्न मुलुकका प्रतिनिधि निर्वाचित हुनु भएको छ ।  नेपालबाट नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष जगत बहादुर बराम कार्यकारी सदस्यमा दोहोरिनु भएको छ । उहाँ यस अघिको कार्यकालमा पनि  हुनु हुन्थ्यो । 

भारतबाट मीना कुमारी एक्का, बंगलादेशबाट पल्लब चक्मा कार्यकारी सदस्यमा निर्वाचित हुनु भएको छ । यसरी नै एआइपीपीको बोर्ड सदस्यमा युवा प्रतिनिधिका रुपमा इन्डोनेशियाका भेनीदियो नालार्दिसा,  पूवी एशिया जापान, ताइवान र चीनका प्रतिनिधिका रुपमा ताइवानकी सु हसिन  थाइलैण्ड, लाओस, कम्वोडिया, भियतनाम, म्यानमार (बर्मा)को प्रतिनिधिका रुपमा कम्वोडियाका हेयन बुनाइङ र थाइलैण्डकी निताया इर्कान्ना निर्वाचित हुनु भएको छ । दक्षिण पूर्वी एशिया मलेसिया, इन्डोनेसिया, फिलिपिन्स र टिमोरको प्रतिनिधित्व गर्दे इन्डोनेसियाका अवडोन नवाबान र  मलेसियाकी हेलन इम्पाइङ कार्यकारी सदस्यमा निर्वाचित हुनु भएको एआपीपीले जनाएको छ । 

एशियाका आदिवासीहरुको साझा संस्था एआइपीपीको ३० बर्षको इतिहासमा अध्यक्षमा निर्वाचित हुने फिलिपिनको इगोरेट समुदायकी पहिलो महिला हुनु हुन्छ ।  निर्वाचित अध्यक्ष  लोगिद्  फिलिपिन्सको माउन्टेन प्रान्तको सगाडा र अलाबस्थित बोंतो–कन्कानेय आदिवासी समुदायकी सदस्य हुनुहुन्छ । उहाँ कोर्डिलेरा ह्युमन राइट्स एलायन्सकी संस्थापक सदस्य, कोर्डिलेरा पीपुल्स एलायन्सकी पूर्व अध्यक्ष र अन्तर्राष्ट्रिय आदिवासी आत्मनिर्णय तथा मुक्तिको लागि आन्दोलनकी विश्व समन्वयकर्ता पनि हुनु हुन्छ । 

अध्यक्ष लोंगिदले सन् २०२८ मा हुने एआपीपीको महासभा फिलिपिन्समै आयोजना गर्ने प्रस्ताव राख्नु भएको छ । लामो समयदेखि सरकारी उत्पीडन र ‘रेड ट्यागिङ’ (कम्युनिस्टको आरोप) को सिकार बन्नु भएकी लोगिद्  मानव अधिकारका लागि लामो समयदेखि संघर्षरत हुनुहुन्छ ।

एआइपीपीमा  नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी अपाङ संघ, आदिवासी जनजाति गैह्सरकारी संस्था महासंघ (एनजिओ फोनिन्) र नेपाल आदिवासी जनजाति युवा महासंघ सदस्य संस्था महासभाका सदस्य छन् । 

एआईपिपी संयुक्त राष्ट्र संघको सामाजिक तथा आर्थिक परिषदमा जुलाई २०१२ देखि बिशेष परामर्शदात्री गैरसरकारी संस्थाकोरुपमा अनुमोदित भएको संस्था हो । यसरी नै जलवायु सम्बन्धि संयुक्त राष्ट्र संघिय कार्यढाचा महासन्धि मा सन्२०११ र संयुक्त राष्ट्र संघिय विश्व बौद्धिक सम्पति संगठनमा सन्२०१२ जुलाईमा अनुमोदन भएको संस्था हो ।

एआइपीपी आदिवासीहरुको अधिकार सम्बन्धमा संयुक्त राष्ट्र संघिय घोषणा पत्र र अन्य अन्तर्राष्ट्रिय मानव अधिकारका साधन अनुरुप उनीहरुको पहिचान, सामुहिक अधिकार र बैधानिक मान्यता दावीका साथ एशियाका आदिवासीहरुको आधारभुत स्वतन्त्रता र मानव अधिकारको रक्षा र प्रबद्र्धन गर्न उनीहरुलाई शशक्तिकरण गर्ने कार्य गर्ने उघेश्यले खोलिएको हो । 

प्रतिक्रिया