थारु भाषा साहित्य केन्द्रको दोश्रो अधिबेशन शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा सम्पन्न भएको छ ।
थारु भाषा साहित्य केन्द्र नेपालका अध्यक्ष भुलाई चौधरीको अध्यक्षतामा तथा यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवशनले ११ सदस्यीय कार्य समिति गठन गरेको छ । जसमा अध्यक्षमा भुलाई चौधरी, उपाध्यक्षमा बुद्धसेन चौधरी, महा सचिवमा सियाराम चौधरी, सचिवमा सहदेव चौधरी, कोषाध्यक्षमा राकेश सिंह चौधरी त्यसैगरी सदस्यहरुमा राम स्वागत चौधरी, कल्पना चौधरी, इन्दु चौधरी, उदय नारायण चौधरी, आशिस चौधरी, सुमन चौधरी रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी मन्त्री चौधरीले विभिन्न विधामा साहित्यकार तथा लेखकहरुलाई सम्मान गर्नू भयो । सम्मानित हुनेहरुमा डा. कृष्णराज सर्वाहारी, समाजसेवी सत्रुघन चौधरी, साहित्यकार सन्तोषी चौधरी लगायत हुनु हुन्थ्यो ।
मन्त्री तेजुलाल चौधरीले कार्यक्रममा आगामी बर्षबाट थारु भाषा साहित्य केन्द्रमार्फत पच्चीस हजारको साहित्यिक पुरस्कार स्थापना गर्ने घोषणा गर्नू भयो ।
कार्यक्रममा थारु कल्याणकारीणि सभाका अध्यक्ष प्रेमीलाल चौधरी, थारुआयोगका सदस्य भोलाराम चौधरी, डा. राम बहादुर चौधरी, डा. कृष्णराज चौधरी, शान्ति चौधरी, विनय बैद्य, विमल चौधरी, विजय चौधरी, शुशिला बेटी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।