शेर्पा संघ बागमती प्रदेशको दोस्रो अधिवेशनबाट साङ्गे शेर्पा अध्यक्षमा निर्वाचित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३० वैशाख २०८२, मङ्गलवार
शेर्पा संघ बागमती प्रदेशको दोस्रो अधिवेशनबाट साङ्गे शेर्पा अध्यक्षमा निर्वाचित

नेपाल शेर्पा संघ बागमती प्रदेशको दोस्रो अधिवेशनबाट साङ्गे शेर्पा निर्वाचित हुनुभएको छ । संघको प्रथम उपाध्यक्षमा रामेछापका नुरी शेर्पा, उपाध्यक्षमा आङ छिरिङ शेर्पा र फुर्वा ठिले शेर्पा, महिला उपाध्यक्षमा काँडी शेर्पा,  यसैगरि सचिवमा सिन्धुपाल्चोकका रमेश शेर्पा, सहसचिवमा प्रेम दोर्ची शेर्पा, र माया शेर्पा निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा निमलकी शेर्पा, सहकोषाध्क्षमा प्रजुना शेर्पा निर्वाचित हुनुभएको छ । 

अधिवेशनबाट सदस्यहरुमा छिरिङ शेर्पा, विनोद शेर्पा, सार्की शेर्पा, आङ नुर्बु शेर्पा, मिन बहादुर शेर्पा, बुटी शेर्पा, देक्षेन शेर्पा,  ङिटी शेर्पा, पासाङ बुटी शेपा,  छिरिङ शेर्पा,  होम बहादुर शेपा, आङ निमा शेर्पा, तेम्बा शेर्पा, रिन्जी शेर्पा, निमा शेर्पा र आङ काजी शेर्पा निर्वाचित हुनुभएको छ । 

यसअघि शनिबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बागमती प्रदेशको दोस्रो अधिवेशनको अधिवेशनको उद्घाटन नेपाल सरकारका प्रबक्ता तथा सुचना संचार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको थियो । 

उहाँले सो अवसरमा संबोधन गर्नुहुँदै आदिवासी शेर्पाहरु आफ्नो अधिकार प्राप्तीका लागि निरन्तर लागिरहनुपर्ने बताउनुभयो । उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुहुँदै अधिवेशनले नेतृत्व लिनसक्ने क्षमतावान व्यक्ति संघसंस्थामा आवश्यक रहने भनाई राख्नुभयो । 

कार्यक्रममा संबोधन गर्नुहुँदै नेपाल शेर्पा संघ बागमती प्रदेश अध्यक्ष आङछिरि शेर्पाले बागमती प्रदेश अधिवेशन पृथक ढंगले नयाँ आयामका साथ अगि बढेको भनाई राख्नुभयो । उहाँले शेर्पा संघमा समुदायलाई एकरुपता बनाएर नेतृत्व गर्नसक्ने क्षमता भएको व्यक्तिको आवश्यक भएको नेपाल शेर्पा संघको नेतृत्वमा भिजन भएको व्यक्ति आवश्यक रहेको बताउनुभयो । शेर्पाले भन्नुभयो संघले देशैभरका सबैजिल्लामा बसोबास गरिरहेका शेर्पाहरुलाई समेटेर लैजानुपर्ने र शेर्पा समुदायभित्र रहेका थरका समस्यहरु समाधान गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो ।    

कार्यक्रममा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, पूर्व मन्त्री कृपासुर शेर्पा, पूर्व सांसद जिपछिरिङ शेर्पा, संविधान सभा सदस्य आङदावा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा लगायतले बोल्नुभएको थियो । 
यसअगि कार्यक्रममा विभिन्न जिल्लाका कलाकारहरुले स्याब्रु प्रस्तुती राख्नुभएको थियो ।  

प्रतिक्रिया