निडसेवा नेपालको आयोजनामा आर्चरी (धनुवाण) खेल खेलाइयो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ फागुन २०८१, मङ्गलवार
निडसेवा नेपालको आयोजनामा आर्चरी (धनुवाण) खेल खेलाइयो

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व–रोजगार महिला संघ नेपालको आयोजनामा आर्चरी (धनुवाण) खेल कार्यक्रमको आयोजना गरेको छ । सोमबार ललितपुरस्थित द बेस्ट आर्चरीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि अपांगता भएका व्यक्तिहरुको खेल क्षेत्रमा सहयोग पुर्उने उदेश्यले आर्चरी खेलको विषयमा जनकारी सहित खेल समेत खेलाएको थियो । 

११५ औँ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आयोजित उक्त खेलमा अपांगता भएका युवावर्गहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन नेपाल पारावलम्पिक कमिटि नेपालकी अध्यक्ष राधा घलेले धनुवाण हानेर गर्नुभएको थियो ।  PH International सहयोगमा नेपालमा पहिलोपटक पारा आर्चरी कार्यक्रमको आयोजना भएको हो ।

सो अवसरमा उहाँले कार्यक्रमलाई संबोधन गर्नुहुँदै महिलाहरुको शसक्तिकरण सोचेजस्तो नभएको बताउनुभयो । २१ औँ सताब्दीमा पुग्दा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुननसकेको भनाई राख्नुभयो । उहाँले खेलको माध्यमबाट पनि आफ्नो भविष्य बनाउन सकिने बताउनुहुँदै अपांगता भएका व्यक्तिहरुलाई खेल क्षेत्रमा सक्रृय भएर लाग्न सके राम्रो भविष्य बनाउन सकिने बताउनुभयो । अध्यक्ष घलेले राष्ट्रि तथा अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सकिने हिसाबबाट तयारी गर्न समेत सुझाव दिनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा निडसेवा नेपालकी अध्यक्ष गंगा छन्त्याल नयाँ स्थापित राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व–रोजगार महिला संघ नेपाल स्व–रोजगार गरेर बसेका अपांगता भएका महिलाहरुको उत्थान साथै खेल माध्यमबाट पनि उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले निडसेवाले संस्था स्थापना पछिको पहिलो कार्यक्रम नै खेलकुदसंग केन्द्रीत गरेर आयोजना गरेकोले आगामी दिनमा अपांगता भएका व्यक्ति र आदिवासी जनजाति अपांगता महिलाहरुको क्षेत्रमा नयाँ कार्यक्रमहरुको आयोजना गर्दै जाने बताउनुभयो ।  

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा तोकान्दो महासंघका अध्यक्ष नन्द बस्याल, नेपाल आदिवासी जनजाति अपांग संघका अध्यक्ष खड्ग सारुमगर, राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालकी अध्यक्ष जमुना तामाङ, बेस्ट आर्चरीका संचालक तथा प्रशिक्षक नबिन श्रेष्ठ, हुव्ईलचेयर किरकेट एसोशियसनका अध्यक्ष टिसुलट्रिम शेर्पा, वुईवुईनकी अध्यक्ष सामान्ता थापा मगरलगायतले अन्तराष्ट्रि श्रमिक महिला दिवसको शुभकामना दिनुहुँदै परम्पारगत धनुषवाण खेलको प्रबद्र्धनल खेल क्षेत्रमा थप नयाँ कदमहरु चल्ने बताउनुभयो । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस