नेपाल आदिवासी जनजाति युवा महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चोकको अध्यक्षमा मनिष श्रेष्ठ चयन हुनुभएको छ ।
सनिबार भएको दोस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । श्रेष्ठको नेतृत्वमा ११ जना कार्यसमिति चयन भएको छ । उपाध्यक्ष शान्ति शेर्पा, सुरेश मगर, सचिवमा पासाङ लामा, सह–सचिवमा साङ्गे शेर्पा, कोषाध्यक्षमा कविता थामी चयन हुनुभएको छ । भने सदस्यहरुमा, किरण भुजेल, बिकाश लामा, जोगलाल लामा दिनेश योन्जान,चयन भएका छन् ।
सो अधिवेशनको औपचारिक उद्घाटन बागमती प्रदेश सदस्य माइली तामाङले गर्नुभएको थियो । उहाँले सोअवसरमा संबोधन गर्नुहुँदै आदिवासी जनजातिले आफ्नो हक अधिकारका निम्ती एक जुट भएर आवज उठाउनुपर्ने भनाई राख्नुभयो । उहाँले युवाहरुलाई संस्थागतरुपमा बलियो बनाएर आदिवासी जनजातिको मुद्धालाई बलियो बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ वागमती प्रदेशका अध्यक्ष बिलाम मोक्तान, वडा अध्यक्ष रमेश श्रेष्ठ, जलबहादुर लामा, आदिवासी जनजाती महासंघ जिल्ला समन्वयका कार्यवाहक अध्यक्ष फुर्वा ग्याल्बो मोक्तान आदिबासी जनजाति युवा महासंघ बागमती प्रदेश उपअध्यक्ष बिमल भुजेल, कोषाध्यक्ष तुलाराम मगर स्थानीय समाजसेवी लगायतको विभिन्न संघ संस्थाका प्रतिनिधित्वहरुको उपस्थिति रहेको थियो ।