टुँडिखेलको कार्यक्रममा मुक्कुम्लुङमा र बोझेनी घटनाको बिशेष चर्चा, एमाले नेतृबाट सरकारको बचाउ

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ माघ २०८१, शुक्रवार
टुँडिखेलको कार्यक्रममा मुक्कुम्लुङमा र बोझेनी घटनाको बिशेष चर्चा, एमाले नेतृबाट सरकारको बचाउ

तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा ताप्लेजुङको मुकुम्लुङ्मा र काठमाडौको बोझेनीमा सरकारबाट भएको दमनको बिशेष चर्चा गरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का अध्यक्ष गेल्जे लामा शेर्पाले मुकुमलुङमा  र बोझेनीमा आदिवासी जनजातिको मानव अधिकार हनन् भइरेको प्रसंग उठाउनु भएको थियो । 

सम्बोधन कै क्रममा २८६१ सोनाम ल्होछार मूल आयोजक समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष माहेन गोले तामाङले  आदिवासी बिरुद्ध बोझेनीमा बन्दुक र बल प्रयोग भइरहेको बताउनु भयो । 

तर कार्यक्रममा बक्ता रहनु भएकी एमाले नेतृ संविधान सभा सदस्य शान्ति पाख्रीनले सरकारको बचाउ गर्दै उग्र जातिबादीकुरा नगर्न आग्रह गर्नू भएको थियो । 
तर कार्यक्रमका प्रमूख अतिथि रहनु भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भने दुबै आन्दोलनका बारे कुनै चर्चा गर्नू भएन । 

महासंघका अध्यक्ष शेर्पाले एकजना व्यापारीको फाइदाका लागि राज्यले स्थानीयमाथि दमन गरिरहेको बताउनु हुँदै  स्थानीयको अनुमति बिना सन्चालित मुुकुमलुङ्मामा आदिवासीको धर्म, संस्कृति र थातथलोमाथि अतिक्रमण गरिरहेको आरोप लगाउनु भयो । 

उहाँले काठमाडौको लप्सीफेँदीमा पनि स्थानीय आदिवासीको  मानवअधिकार हनन भएको भन्दै तामाङहरुको जमिन खोस्ने हरकत प्रति आपत्ति प्रकट गर्नू भयो । अध्यक्ष शेर्पा पछि बक्ता रहनु भएकी एमाले नेतृ तथा संविधान सभा सदस्य शान्ति पाख्रीनले उग्र जातिवादी कुरा नगर्न आग्रह गर्नू भयो । हुने कुरा मात्र गर्न र नहुने कुरा गरेर जनता नभड्काउन पनि उहाँको अपील थियो । 

कार्यक्रमका अध्यक्ष मोहन गोलेले पनि बोझेनी घटनामा मानवअधिकार हनन् भइरहेको बताउँदै सो कार्य बन्द गर्न आग्रह गर्नू भयो । उहाँले सामाजिक अभियन्ता आशिका तामाङ विरुद्ध सरकारले लगाएको मुद्धा पनि पूर्वाग्रही भएको बताउनु भयो । 
 

प्रतिक्रिया