विद्वत्तमाझ सधैं प्रश्न गर्ने गरिन्छ— इतिहास तथ्यमा हुन्छ कि मिथकमा ?
अनि जवाफ आउँछ– इतिहास भनेको तथ्यमा आधारित हुन्छ ।
इतिहासको अर्थ अतीत काल वा विगत समयका घटनाहरूको वर्णन, विश्लेषण र मूल्यांकन गर्ने ज्ञानको एक शाखा; अतीतको अनुसन्धान र छानविनमा आधारित अध्ययन; कुनै मुलुक, जाति, संस्था विषय आदिका अतीतका घटनाहरूको क्रमवद्ध वर्णन वा वृत्तान्त भन्ने रहेको छ (नेपाली बृहत् शब्दकोश, २०७५)।
आज माघ १ गतेको प्रसंग यहीबाट सुरु हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश–१ अनि देश–विदेशमा यतिखेर किरात येले संवत्े नयाँ वर्ष धुमधामका साथ मनाइरहेका छन्, किरात समुदायले । किरात येले संवत्लाई विभिन्न किराती भाषाहरूमा येले तङ्बे, येले दोङ, येले दुङ, येले थोचे भन्दछन् । किरात येले संवत् ५०८५ भनेर मनाइरहेका छन् । नयाँ वर्षको उल्लास उमंग ज्यादै सराहनी छ । यसैगरी मनाउँदै आइएको छ । त्यसैले मनाइरहनु पर्छ । यो संवत् प्रदेश–१ मा बसोबास गर्ने जातजातिको साझा संवत् हो । यो नया वर्ष माघेसंक्रान्ति अर्थात् माघीकै दिन सुरु हुन्छ ।
किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको किरात येÞलेÞ संवत्को अविछिन्न प्रयोग किरात जातिको जीवनपद्धति नै भएको छ । यसैमा किराती जाति गर्व गर्दछ । तर किरात येÞलेÞ संवत्को व्यवहारिक प्रयोगका क्रममा केही आधारभूत समस्याहरू देखिएका छन् । लामो समयसम्म यसको कालगणनालाई प्रामाणिक बनाउने प्रयास नै भएन (तुम्याहाङ र खम्बू) । प्रश्न तिथिमितिको हो । यो तिथिमिति प्रामाणिक तुल्याउनु पर्छ भन्ने आवाज सन् २००९ देखि उठेको हो ।
किरात येले संवत अध्ययन समन्वय समितिले प्रसिद्ध मुन्धुमविद् बैरागी काइ“लाको संयोजनमा वि.सं. २०६६ कात्तिक (सन् २००९)मा काठमाडौंमा ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ सम्पन्न गरेको थियो । सो गोष्ठीमा इतिहासविद्हरूले यो किरात येले संवत्लाई पहिलो किरात राजा यलम्बरको ‘स्मारक संवत्’ का रूपमा प्रचलन गर्न सकिने निष्कर्ष दिएका थिए । ‘नेपालको प्राचीन कालमा ३२ पुस्ता किरात राजाहरूको १९०३ वर्ष ८ महिना शासनकाल रहेको तथ्य गोपालराज वंशावलीबाट थाहा पाइएको छ,’ किरात शासनको कालनिर्णयबारे इतिहासविद् जगदीशचन्द्र रेग्मीले लेखेका छन्, ‘त्यसलाई इतिहासको कालगणनामा जोड्नु पर्दा राजा जयवर्माको मालिगाउँ पाइएको सालिकको संवत् १०७ अथवा ई. १८५ लाई मिलन विन्दु मान्नुपर्ने हुन्छ । ई. १८५ लाई किरात राजाहरूको शासनको अन्त्यको विन्दु मानेर त्यसमा किरात राजाहरूको ज्ञात शासन वर्ष १९०३ वर्ष ८ महिना जोड्दा १७१८ वर्ष ८ महिना ई.पू.को मितिमा पुगिन्छ (१९०३।८–१८५=१७१८।८) । यस हिसाबले ईस्वी पूर्व १७१८।८ मा पहिला नेपाली किरात राजा एलम्को शासन सुरु भएको मान्नुपर्छ । त्यही मितिलाई नेपाली किरात राजवंशका पहिला राजा एलम्को शासन आरम्भ भएको मान्नुपरेको छ । यो गणनाअनुसार हाल सन् २००९ मा नेपालमा किरात शासन भएको ३७२७ वर्ष ८ महिना भएको बुझ्नुपर्ने भएको छ । गोपालराजवंशावलीको यही गणनामा आधारित भएर किरात येÞलेÞ संवत्को मिलान गर्नुपर्ने हुन्छ ।’
किरात येले संवत अध्ययन समन्वय समितिले प्रसिद्ध मुन्धुमविद् बैरागी काइ“लाको संयोजनमा वि.सं. २०६६ कात्तिक (सन् २००९)मा काठमाडौंमा ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ सम्पन्न गरेको थियो । सो गोष्ठीमा इतिहासविद्हरूले यो किरात येले संवत्लाई पहिलो किरात राजा यलम्बरको ‘स्मारक संवत्’ का रूपमा प्रचलन गर्न सकिने निष्कर्ष दिएका थिए ।
प्रसिद्ध कलाकार तथा अनुसन्धाता लैनसिंह बाङ्देलका अनुसार काठमाडौं माली गाउ“मा भेटिएको जयवर्माको मूर्तिमा रहेको संवतको अध्ययन र व्याख्या साथै चौधौं शताब्दीका राजा जयस्थिति मल्ल (ई.सं. १३८२—१३९५)ले लेखाएको गोपालराजावंशावलीलाई प्रमुख आधार मानिएको छ । उक्त मतप्रति इतिहासविद् रेग्मी, इतिहास तथा संस्कृतिविद्द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको मतैक्य जनाएका छन् । त्यही मतका आधारमा किरात येले संवत् अध्ययन समन्वय समिति तथा किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले संयुक्त हस्ताक्षर गरी घोषणापत्र जारी गरेको पाइन्छ ।
वास्तवमा, किरात येले संवत्बारे इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बू र भुपेन्द्रनाथ शर्मा ढुंगेलको इतिहास खनीखोस्री गरेका थिए । थाम्सुहाङ पुष्प सुब्बा ‘असित’ र जसहाङ मादेन ’येइङ्सा’ले संवत् विजारोपण गरेको पाइन्छ । २०३० सालमा पुष्प थाम्सुहाङबाट प्रकाशित ‘स्रीजङ्गा’ पत्रिकामा किरात संवत्को प्रयोग भएको पाइन्छ, त्यो नै पहिलो थियो ।
त्यसरी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी इतिहासविद्ले किरातहरूको प्रथम हाङ (राजा) यलम्बरको स्मारक संवतको रूपमा ‘किरात येले संवत’लाई मान्न सकिने प्रमाण पेश गरे । त्यसपछि किरातजन्य संस्थाका प्रतिनिधिले यो संवत्लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न राज्यको विभिन्न निकायमा ध्यानाकर्षपत्र बुझाउ“दै आएका छन् । यलम्बर फाउण्डेसन (किरातोलोजी रिसर्च सेन्टर) संस्थाले विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र हाप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात येले संवत्को प्रामाणिक काल गणनालाई व्यापक प्रचलनमा ल्याउन किरातजन्य संघ संस्थाहरूसँग अनुरोध गर्दै आएको छ ।
सन् २००९)मा सम्पन्न किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीपछि किरात येले संवत्को तिथिमितिलाई फेरि पनि व्यापक बहस र तथ्यसम्म पुग्ने काम भएको छ । मात्रै समाजलाई दुई भागमा विभाजित हुनपुगेको छ । विसं.२०८१ माघ १ गते, सन् २०२५ जनवरी १४ तारिखदेखि किरात येले संवत्को नयाँ वर्ष सुरु भएको छ । किरात समुदायको अधिकांशले किरात येले संवत् ५०८५ भनेर उल्लेख गर्दै आएका छन् । थोरैले मात्र किरात येले संवत् ३८०४ सुरु भएको उल्लेख गर्दै आएको पाइन्छ । आखिर तथ्यचाहिं कुन हो ? भनेर समुदायको अर्को हिस्सा अन्योलमा गुज्रिरहेका छन् । इतिहास कसको ? भन्यो भने किरात जातिको हो भनिन्छ । यसरी किरात जातिभित्र ‘यही हो, त्यो होइन’, ‘तथ्यचाहिं यो हुनसक्छ’ र ‘कुनचाहिं तथ्य हो त ?’ भनेर जिज्ञासाको पोको फोइरहेका छन् ।
सन् २००९ पछि यलम्बर फाउण्डेसन (किरातोलोजी रिसर्च सेन्टर) संस्था स्थापना भएको छ । प्रसिद्ध कवि तथा भाषाविद् विक्रम सुब्बाको अगुवाइमा यो संस्था गठन भएको हो । यस संस्थाले केही ‘किरात येले संवत्को पङ्चाङ्ग पात्रो’ प्रकाशनमा ल्याएको पाइन्छ ।
सन् २००९ पछि यलम्बर फाउण्डेसन (किरातोलोजी रिसर्च सेन्टर) संस्था स्थापना भएको छ । प्रसिद्ध कवि तथा भाषाविद् विक्रम सुब्बाको अगुवाइमा यो संस्था गठन भएको हो । यस संस्थाले केही ‘किरात येले संवत्को पङ्चाङ्ग पात्रो’ प्रकाशनमा ल्याएको पाइन्छ । उक्त पात्रो निर्माणबारे केही समस्याहरू औंल्याइएको छ । किरात येÞलेÞ संवत् चन्द्रमा पात्रोमा आधारित संवत् हो भन्ने कुरामा जनविश्वास भए पनि यसबारेमा आधिकारिक निर्णय भएको छैन । करिब दुई दशकदेखि किरात येÞलेÞ संवत्को नयाँ वर्ष माघ महिनाबाट आरम्भ हुन्छ भनी मान्न थालिएको छ । यो पद्धति चन्द्रमा पात्रोको विपरीत सौर्य पात्रोको प्रचलन हो । तर वर्तमानमा प्रचलित सौर्य पात्रो पद्धतिसमेतलाई ध्यानमा राखी किरात येÞलेÞ संवत्को छलफलका लागि प्रस्तावित पात्रो चान्द्र–सौर्य पद्धतिअनुसार निर्माण गरिएको पाइन्छ । यद्यपि यसको मूल आधार चान्द्रपद्धति नै हो ।
यसैगरी किराती दर्शनमा आधारित ज्योतिषहरूको अभाव छ । किरात ज्योतिष सङ्घको नाममा स्थापित संस्थाका ज्योतिषहरू पनि हिन्दू दर्शनबमा निहित छन् । किरात भाषाको शास्त्रीय बार, दिन, तिथि, मितिको खोजको अभाव छ । यलम्बर फाउन्डेसनल नेपाल पञ्चाङ्ग–पत्र निर्माण, व्यवस्थापन तथा प्रकाशन समिति मार्फत् निम्न आधारमा प्रस्तावित पात्रो निर्माण गरेको पाइन्छ ।
(क) किरात येले संवत्को कालगणना ३८०४ (कलिगत आधारित ५०८५) ।
(ख) चान्द्र–सौर्य पात्रोको आधारमा येÞलेÞ संवत्को पात्रो निर्माण गर्ने ।
(ग) किरात येलेसंवत्को नयाँ वर्ष आरम्भको दिन माघशुक्ल प्रतिपदालाई मान्ने ।
(घ) किरात येलेसंवत्को समयको आधार विन्दु पाटनको पटुकोदोँलाई मान्ने ।
(ङ) सुरुमा संस्कृत वा खस पदावलीहरूलाई उपयोग गरे पनि किरातभाषाहरूको तिथि, महिना, बार आदि अनुसूचीमा राख्ने र क्रमशः सम्बन्धित भाषामा पूर्णता दिँदै जाने सम्भव भएमा साझा पदावली खोज्ने ।
(च) सबै किराती समुदायबाट प्रतिनिधित्व हुने गरी अविछिन्न रूपमा कार्य गर्ने गरी किरात ज्योतिष सङ्घको आरम्भ तत्काललाई यलम्बर फाउन्डेसनको एउटा इकाईबाट गर्ने आदि ।
किरात येले संवत्को प्रस्तावित पङ्चाङ्ग पात्रो राशी पद्धतिमा निर्माण गरिएको छ । तर सोही पात्रोको अनुसूचीमा उल्लिखित विभिन्न किरात जातिहरूको भाषामा रहेको वर्षहरूको नामको अध्ययन गर्दा प्रायः सम्पूर्ण किरात वंश अन्तरगतका जातिहरू ल्हो परम्परा अर्थात् चान्द्र परम्पराको पात्रो चलाउने रहेछन् भन्ने तथ्य स्पष्ट हुन आउँछ । तर लामो समयसम्म हिन्दू राज्यसत्ताको सेपमा बसेका किरातीहरू हिन्दू पात्रो अर्थात् राशीमा आधारित पात्रो पद्धतिमा बानी परेका छन् । मौलिकतालाई अबलम्बन गर्ने हो भने किरात जातिका पङ्चाङ्ग पात्रो ल्हो अर्थात् चान्द्र पद्धतिअनुसार पात्रो निर्माण गरिनुपर्छ । यसको आधारमा माघ १ गते होइन माघ शुक्लप्रतिपदाका दिन किरात येÞलेÞ संवत् फेरिने दिन पर्न आउँछ र यसैलाई नयाँ वर्षको पहिलो दिन मान्नु पर्ने देखिन आउँछ । किरात येले संवत्को व्यहारिक पात्रो निर्माण र प्रयोगका लागि किरातजन्य संस्थाले केही आधारभूत कामहरू सामूहिक र औपचारिक रूपमा गर्नु उपयुक्त हुने उल्लेख छ (तुम्याहाङ र अन्य)।
यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर)का उपाध्यक्ष मोतीकला देवानद्वारा अपिलपत्रमा छ, ‘गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हु“दै नेपाल वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र विकासको आरम्भ मूलतः किरात कालमा शुभारम्भ भएको तथ्यप्रति हाम्रो दृढ विश्वास रहिआएको छ । हामी किरात जाति याक्खा, सुनुवार, लिम्बू, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायू लगायतले किरातकालीन सभ्यताका विभिन्न आयामहरूमध्ये किरात येले संवत् पनि एक हो भनी विश्वास गर्दछौं ।’ यसर्थमा, किरात सभ्यता, संस्कृति तथा समष्टि जातीय स्वाभिमान तथा आत्मगौरवको प्रतिबिम्बका रूपमा किरात येले संवत्लाई मान्दै जानुपर्छ । त्यसनिम्ति इतिहास मिथकमै सीमित नठानेर किरातजन्य संघसंस्थाहरूले यसको प्रामाणिकता टुँगोमा पु¥याउन जरुरी छ ।