वरिष्ठ गायिका इन्दिरा गोले अब सम्झनामा मात्र

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ भदौ २०८२, बुधवार
वरिष्ठ गायिका इन्दिरा गोले अब सम्झनामा मात्र

वरिष्ठ गायिका इन्दिरा गोलेको निधन भएको छ । भदौ १७ गते मंगलबार राति १२ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उहाँको निधन भएको नेपाल तामाङ घेदुङका महासचिव जगतमान लामा दोङले जानकारी दिनुभयो । 

उहाँको पार्थिव शरीरलाई बुधबार साझ ४ बजे स्वयम्भमन बौद्ध संस्कार अनुसार अन्तिम संस्कार गरिने महासचिव दोङले बताउनुभयो ।

गायिका गोले २ वर्षदेखि क्यान्सरबाट पीडित हुनु हुन्थ्यो । हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उहाँ दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहनु भएको थियो । 
तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत रहेकी गोलेले तामाङ गीत–संगीतलाई विश्वभर फैलाउन भूमिका खेल्नुभएको छ । 

रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उहाँले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाउनु चएको छ । 

नेपाली लोक, आधुनिक र तामाङ गीतमा आफ्नो विशिष्ट पहिचान बनाउनुभएकी गोलेकोे जन्म २०३३  साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५ भारदेउमा भएको थियो । उहाँले तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्नभएको छ ।

२०४५ सालमा रेडियो नेपालमा स्वर परिक्षणमा पास भएपश्चात उहाँले गाउँनुभएको गीतहरू चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत सदाबहार छन् । 

उहाँले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिईसक्नुभएको छ ।
उहाँँको दुई छोरी रहेका छन्  । 

प्रतिक्रिया