मिडिया विधेयकलाई आदिवासीमैत्री बनाउने सांसदहरुको प्रतिवद्धता 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ पुष २०८१, आइतवार
मिडिया विधेयकलाई आदिवासीमैत्री बनाउने सांसदहरुको प्रतिवद्धता 

इन्डिजिनियस टेलिभिजनको प्रसारक संस्था इन्डिजिनियस मिडिया फाउन्डेशन समेतका आयोजनामा सञ्चारमा आदिवसी जनजाति र प्रस्तावित मिडिया विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्यलगायत सरोकारवाला व्यक्तिहरुबिच प्यानल छलफल गरि सञ्चार विधेकका सम्बन्धमा वहस भएको थियो । 

इन्डिजिनियस टेलिभिजनका अध्यक्ष जगतमान लामा दोङले सहजिकरण गर्नुभएको प्यानल छलफलमा राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगर, प्रतिनिधिसभाका सदस्य सुशिला थिङ, संविधानसभा सदस्य गोबिन्द चेपाङ रहनुभएको थियो । 

कार्यक्रममा उपस्थित संचारकर्मीहरुले प्रस्तावित सञ्चार विधेक आदिवासी मैत्री बनाउन आदिवासी सांसदहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो । रेडियो फ्रिक्वेन्सी वितरण गर्दा आदिवासी समुदायसंग पुर्वसुसूचित जानकारी सहितको मन्जुरी लिएर गर्नुपर्ने, आदिवासी मिडियाको छुट्टै मान्याता दिनुपर्ने लगायतका विषयहरु उठान गरिएको थियो । 

सोहीअवसरमा बोल्नहुँदै पत्रकार गणेश वाम्बुले राईले आदिवासी जनजाति सांसदहरु आदिवासीको नामबाट सांसद बनेर आदिवासीको हकहितको लागि काम गर्नभने पछिपरेको बताउनुभयो । उहाँले आदिवासी जनजातिको प्रतिनिधिको रुपमा संसदमा पुगेका सांसदहरु कुर्सीमै घुमेर आदिवासी जनजातिलाई विसे्रको भनाई राख्नुभयो । 

पत्रकार राईको कुरालाई जबाफ दिनुहुँदै माओवादी केन्द्य्रका नेता समेत रहनु भएका राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगरले आदिवासी मुद्धाका सवालमा राष्ट्रिय सभामा आफुले बारम्बार कुरा उठाउँदै आएको बताउनुभयो । आफु आदिवासी जनजाति आन्दोलनको बाटोबाटै राष्ट्रिसभाको सदस्यमा पुगेको बताउनुहुंदै आदिवासीको अधिकारका सवालमा विषयउठान भईरहेको बताउनुभयो । 

यसै गरी प्रतिनिधि सभामा नेपाली काँग्रेसको सचेतक समेत रहनु भएका सुशिला थिङले आदिवासी जनजाति महिला भएर सांसद भएर काम गर्न निकै चुनौती भएको बताउनुभयो । उहाँले आदिवासी जनजाति महिलालाई सांसद हुन गाह्रो सांसद भईहालेपनि आफुलाई टिकाउन निकै गाह्रो भएको बताउनुभयो । प्रतिनिधि सभा सदस्य थिङले आदिवासी जनजातिहरुको मुद्धा, विषयबस्तुका विषयमा आफुहरुलाई बेलाबेलामा जानकारी गराएर समन्य भुमिका खेल्नको लागि आग्रह गर्नुभयो । उहाँले मिडिया विधेकका सम्बन्धमा समावेशी बनाउन आफुहरुले पहल गर्ने समेत प्रतिबद्धता गर्नुभयो । 

यसैगरी संविधान सभा सदस्य गोविन्दराम चेपाङले पनि नेपालका मिडियाहरु सीमान्तकृत नागरिक प्रति संवेदनशील नरहेको बताउनु भयो । 
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी महिलालाई राज्यले अवसरको सवालमा अगाडि बड्न नदिएको बताउनुहुँदै महिला आयोगमा पनि समावेशी बनाउन पहल गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य द्धय सुशिला थिङ र सुरेश आलेमगरलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया