बरामको चण्डिपुर्णिमा शोक र पिडामा परिणत

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३ साउन २०७२, आइतवार
बरामको चण्डिपुर्णिमा शोक र पिडामा परिणत

किरण बराम

गोरखा

बराम आदिवासीहरुको महान् पर्व चण्डिपुर्णिमा शोक र पिडामा परिणत भएको छ । महाभुकम्पको केन्द्र बारपाकको दक्षिण गाविसहरुमा घनारुपमा बसोबास गर्ने बराम गाउ क्षत विक्षत भएको छ ।

नेपाल सरकारले सुचिकृत गरेको ५९ आदिवासी मध्य अतिसीमान्तकृत समुहमा सुचिकृत बराम आदिवासीहरुको मुल थलो गोरखा जिल्ला हो । महाभुकम्प कारण बराम वस्तीहरु खण्डहरमा परिर्णत भएकाले बरामहरुको महान् पर्व शोक र पिडामा परिर्णत भएको हो ।

बरामहरुको छाता संस्था नेपाल बराम संघले उपाध्यक्ष किरण बरामको संयोजकत्वमा चण्डिपुर्णिमा महोत्सव समिति गठन २ महिना अगाडि गठन गरेको थियो । तर महाभुकम्प बराम बस्तीहरुमा नराम्ररी असर पारेपछि उक्त समितिले चण्डिपुर्णिमा औपचारिक रुपमा नमनाउने निर्णय गरेको हो । बरामहरुले प्रत्यक वर्ष काठमाण्डौंमा चण्डिपुर्णिमा महोत्सवको रुपमा मनाउदै आएका थिए ।

बराम बस्ती रहेको गोरखाको थुमि गाविसमा महाभुकम्पले ११ जना बरामहरुको मृत्यु भएको छ । स्वाँरा गाविसमा एक जना बरामको निधन भएको छ । सयौं बराम घाइते छन् भने प्राय जसो बरामहरुको सबै घर ध्वस्त भएको नेपाल बराम संघले जनाएको छ । गोरखाको थुमी, आरुआर्बङ, आरुपोखरी, आरुचनौटे, स्वाँरा, पाँचखुवा देउराली, पन्द्रुङ, मसेल, ताकुकोट, ताकुमाझ लाकुरीवोट, बगुवा, श्रीनाथकोट, छोप्राक, थालाजुङ, फुजेल, नाम्जुङ, धुवाँकोट, च्याँङ्ली गाविसहरुमा बरामहरुको घना बस्ती छ । महाभुकम्पले गोरखा बाहेक धादिङ, नुवाकोट र ललितपुरको बराम वस्तीमा पनि नराम्ररी असर गरेको छ ।

बरामहरुमो ठुलो पर्व चण्डिपुर्णिमा बराम गाँउहरुमा यो वर्ष धेरै ठाउँ नगरिने तथा गरिएका ठाउँमा औपचारिकका लागि गरिने बराम अगुवाहरुले बताएको छन् । चण्डिपुर्णिमा कुल देवतालाई भाले र कन्या पोथी कुखुराको बली दिइन्छ । दिवगंत आत्माको लागि वायु पुजा गर्ने गरिन्छ । पुरुष मृत आत्माको लागि भाले र महिला मृत आत्माका लागि पोथी कुखुराको बली खलकको जेष्ठ पुरुष सदस्यबाट दिइन्छ । उसलाई डाँग्रे भनिने गरिन्छ । डाँग्रे बरामको साँस्कृतिक नेता हो । यसले चण्डिपुर्णिमाको साँझ वायु बोल्ने गर्दछन् । बरामहरु किरात धर्मालम्बी हुन् ।

नेपाल सरकारको तथ्यांकमा देश भर ८,१४० बराम रहेको जनाएको छ । उक्त तथ्यांक अनुसार ८५ प्रतिशत भन्दा बढी बरामहरु गोरखा क्षेत्र नं ३ का गाविसमा बसोबास गर्दछन् । तथ्यांकलाई बरामहरुले स्वीकारेका छैनन्, बराम घना वस्ती भएका गाविसमा बरामको संख्या तथ्यांकमा नदेखाइएकाले अस्वीकार गरेको नेपाल बराम संघको दावी छ । 

प्रतिक्रिया