आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा पासाङ शेर्पालगायत तीनको नाम सिफरिस 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ भदौ २०८१, बुधवार
 आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा पासाङ शेर्पालगायत तीनको नाम सिफरिस 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा ३ जनाको नाम सिफारिस भएको छ । संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको संयोजकत्वमा गठित उपाध्यक्ष सिफारिस समितिको भदौ १७ गते बसेको बैठकले प्रतिष्ठानका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो सिफारिस गरेको हो । 

सिफरिसमा पर्नुहुनेमा लोकतान्त्रीक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, तमु ह्युल छोजं धिका निर्वतमान अध्यक्ष रेशम गुरुङ र संविधान सभा सदस्य टाशी स्याङ्मो गुरुङसेनी हुनुहुन्छ । ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिका वडा न. ५ निवासी शेर्पा नेपाल आदिवासी जनजाति महासंघका पनि पूर्व अध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी गण्डकी ६ गोरखाका रेशम गुरुङ लामो समय देखि आदिवासी आन्दोलनमा सक्रिय हुनुहुन्छ । मुस्ताङ बाह्रगुङ गाउँपालिकाकी गुरुङसेनी लोपोन्मूख आदिवासी बाह्रगाउँ समाज सेवा समितिकी अध्यक्ष हुनुहुन्छ । 

सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनको दफा ७ को उपदफा १ बमोजिम प्रतिष्ठानको उपाध्यक्षको नाम सिफरिस गर्न मन्त्री गुप्ताको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा र आदिवासी जनाजाति परिषद् सदस्य सत्यनारायण डंगोल हुनुहुन्छ । 

समितिले सिफरिस गरेको तीन जना मध्ये प्रतिष्ठानको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले एक जनालाई नियुक्ती गर्ने प्रावधान रहेको छ । पासाङ शेर्पा एमाले निकट हुनुभएका कारण उहाँको संभावना रहेको छ भने राजनीतिक नियुक्तीको भागबन्डामा पर्न सकेमा रेशम गुरुङ पनि पर्न सक्ने अनुमान गरिएको छ । 

सिफारिस समितिमा रहेका एक जना सदस्यका अनुसार प्रतिष्ठानको इतिहासमा महिला उपाध्यक्ष हुन नसकेको पृष्ठभूमिमा टाशी स्याङ्मो गुरुङसेनीलाई नियुक्त गर्नुपर्ने दवाव परेको छ । संविधान सभा सदस्य गुरुङसेनी माओवादी छाडेर एमाले प्रबेश गर्नु भएको हुँदा उहाँलाइृ नियुक्त गर्दा पनि हुने आदिवासी महिलाहरुले जोड दिइरहेका छन् । 

तथापि शेर्पाको सम्भावना अधिक रहेको छ । संघीय मामला तथा सामन्य प्रशासन मन्त्रालयमा शेर्पाका नाममा टिप्पणी उठाइ सकिएको समाचार स्रोतको दावी छ । 

प्रधानमन्त्रीको अधिकारको विषय भएकाले यो सवालमा मन्त्री परिषद्मा प्रस्ताव लैजान नपर्ने कानुन विदहरुको भनाइ छ । 

सत्ता सझेदार नेपाली काँग्रेस र नेकपा एमाले बीच पद भागबन्डा गर्न सदस्यसचिब काँग्रेसलाई दिएर उपाध्यक्ष एमालेले राख्दा शेर्पा नै उपाध्यक्ष हुने अनुमान गरिएको छ । 

आदिवासी जनजातिको शसक्तिकरण गर्ने महत्वपूर्ण निकाय प्रतिष्ठानको उपाध्यक्ष त्यस संस्थाको कार्यकारी प्रमूख मानिन्छ । 
 

प्रतिक्रिया