खिजीदेम्बाका सगरमाथा आरोहीहरु सम्मानित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ भदौ २०८१, सोमवार
खिजीदेम्बाका सगरमाथा आरोहीहरु सम्मानित

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिकाका आरोहीहरुलाई सम्मान गरेको छ । खिजिदेम्बा गाउँपालिकाले राजधानीमा एक कार्यक्रमको आयोजना गरि आरोहीहरुलाई सम्मान गरेको हो ।

खिजीदेम्बा गाउँपालिकाको पर्यटन विकास, प्रचारप्रसार, सम्बद्र्धन र प्रबद्र्धनका साथै पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सगरमाथाको सफल आरोहण गर्नुभएका ४६ जना आरोहीहरुलाई सम्मान गरिएको थियो । आरोहीहरुलाई पर्यटन मन्त्री  बद्री प्रसाद पाण्डेले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्नुहुने खिजीदेम्बा ९ खुन्दुर्के निवासी दोर्जी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्नु हुने खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पा, सबै भन्दा कान्छा उमेरमा सगरमाथा आरोहण गर्नुहुने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्धय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्बा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुंगा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्बा ९ का भीरखर्कका शुभराज तामाङ लगायतका आरोहीहरुलाई सम्मान गरेको हो ।  

त्यस्तै, खिजीदेम्बा गाउँपालिका, ओखलढुङ्गाको लोगो अंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सन् २०२४ मे २१ का दिन विहान ६ः३० बजे फहराई विश्व माझ खिजीदेम्बा गाउँपालिकालाई चिनाई प्रशंसनीय र कदरयोग्य काम गर्नु भएकाले खिजीदेम्बा ६ भित्ते निवासी कुङ्गा शेर्पालाई पर्यटन सद्भावना दूत घोषणा गरी आपसी सम्झौता समेत गरिएको छ । ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाबाट संघीय सांसद रामहरि खतिवडा, संविधानसभा सदस्य  यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रदीप कुमार सुनुवार, खिजीदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेदबहादुर रोक्का लगायत पर्यटन प्रबद्र्धनका सम्बन्धमा बोल्नुभएको थियो ।

 

प्रतिक्रिया