पौरखी नेपालको साधारण सभा सम्पन्न, चाँदनी जोशी सम्मानित 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ भदौ २०८१, बिहिवार
पौरखी नेपालको साधारण सभा सम्पन्न, चाँदनी जोशी सम्मानित 

बैदेशिक रोजगारबाट स्वदेश फर्किएका महिला कामदारको संस्था पौरखी नेपालको २२ औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उद्घाटन गर्नु भएको साधारण सभामा लैंगिक अधिकार तथा नीति विशेषका चाँदनी जोशीलाई सम्मान गरिएको छ । 

लैंगिक समता र समानताको पक्षमा ५८ वर्षदेखि दक्षिण एशिया र नेपालमा निरन्तर कार्य गर्दै आउनुभएको जोशी संयुक्त राष्ट्र संघीय महिला विकास कोष (युनिफेम)को तत्कालिन क्षेत्रीय निर्देशक हुनुहुन्छ । 
यसैगरि संयुक्त अधिराज्य (वेलायत)मा रहनु भएका पुनम गुरुङलाई पौरखी दूतका रुपमा प्रमाणपत्र प्रदान गरिएको छ । 

कार्यक्रममा पौरखी नेपालको रणनीतिक सल्लाहाकार मन्जु गुरुङलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भण्डारीले घरेलु कामदारलाई व्यवस्तित बनाउन  सरकार लागि परेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा महिलाहरु अधिकांश घरेलु कामदारमा जाने गरेको भएता पनि उनीहरुलाई तालीम, सूचनाको अभाव रहेको बताउनु हुँदै नेपालमा महिलाको वैदेशिक रोजगार प्रतिबन्धीत हुनु विडम्बनापुर्ण रहेको बताउनुभयो । 

लैंगिक अधिकार तथा नीति विशेषमा चाँदनी जोशीले महिलाका वैदेशिक रोजगारको विषय सरकारको कम प्राथमिकतामा भएकोले कतिमय नीतिहरु आझै विभेदकारी भएको बताउनुभयो । 
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजूली, मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेल, पौरखी नेपालकी महासचिव सिन्धु अर्याल, सुरक्षित आप्रवासनका लागि राष्ट्रि सञ्जालका अध्यक्ष चिरन्जीवी बराल समेतले बोल्नुभएको थियो । 

प्रतिक्रिया