इन्डिजिनियस टेलिभिजनको नवौँ वार्षिकोत्सव सम्पन्न, तीन टेलिभिजनकर्मी पुरस्कृत

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस३२ साउन २०८१, शुक्रवार
इन्डिजिनियस टेलिभिजनको नवौँ वार्षिकोत्सव सम्पन्न, तीन टेलिभिजनकर्मी पुरस्कृत


इन्डिजिनियस मिडिया फाउण्डेशनबाट स्थापित सामुदायिक र बहुभाषिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनको नवौ वार्षिकोत्सवको अवसरमामा तीनजना टेलिभिजनकर्मी पुरस्कृत हुनु भएको छ । 
पुरस्कृत हुुनु हुनेहरुमा इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने बान्तावा भाषाको कार्यक्रम आनखिम आन याङका कार्यक्रम निर्माता तथा प्रस्तोता रिता राई राराहाङ, कुलुङ भाषाको कार्यक्रम आम्नी मिन्ताङ, ओखी रिदामका कार्यक्रम निर्माता तथा प्रस्तोता अजय अलङ्कार कुलुङ र याक्थुङ –लिम्बु) भाषाको कार्यक्रम आनी साक्तीमका कार्यक्रम निर्माता तथा प्रस्तोता निशेष आङदम्बे पुरस्कृत हुनु भएको हो । 

पुरस्कृत टेलिभिजनकर्मीहरुलाई नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पालगायतले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नु भयो । नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा, राष्टिय आदिवासी जनजाति अपाङ्ग संघकी अध्यक्ष प्रतिमा गुरुङ, आदिवासीको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)का दिनेश घले टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवार लगायतले पुरस्कृत टेलिभिजनकर्मीहरुलाई दोसल्ला, खादा तथा मायाको चिनो हस्तान्तरण गर्नू भएको थियो । 

सुनुवार कोँइच भाषाका कार्यक्रम निर्माता तथा प्रस्तोता समेत रहनु भएका उत्तम सुनुवारको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफरिसका आधारमा सो पुरस्कार प्रदान गरिएको हो । समितिमा मायालु तामाङ र सुमि दर्लामी सदस्य हुनु हुन्थ्यो । 

कार्यक्रममा कदरपत्र तथा सम्मान पत्र हस्तान्तरण गर्दै नेपाल आदिवासी जनजाति महसंघका अध्यक्ष शेर्पाले इन्डिजिनियस टेलिभिजनले आदिवासी जनजातिका समग्र सवाललाई उजागर गरेर महासंघलाई सहयोग गरिरहेको बताउनु भयो । 

राष्टिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी महिलाका सवालमा टेलिभिजनले गरिरहेको कामको उच्च मूल्याँकन गरिएको बताउनु भयो । 

आदिवासीको मानव अधिकार सम्बन्धी वकिल समूहका अध्यक्ष दिनेश घले, आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष दिनेश घले, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा, आदिवासी आपांग संघका अध्यक्ष खडग सारु मगर, पत्रकार श्रीकृष्ण महर्जन समेतले कार्यक्रममा शुभकामना दिनु भएको थियो । 

 ५० भन्दा बढीलाई प्रशंसापत्र प्रदान 
यसै गरी टेलिभिजनमा अविछिन्न रुपमा क्रियाशिल रही कार्यक्रम उत्पादन, प्रसारण तथा सम्पादनमा सम्लग्न रहनु भएका ४८ जना टेलिभिजनकर्मीहरुलाई कार्यक्रमका अतिथिहरुले प्रशंसापत्र पदान गर्नू भएको थियो । 

प्रशंसा पत्र प्राप्त गर्नू हुनेमा थारु भाषाका कार्यक्रम चलीगोचलीका कार्यक्रम निर्माता डा. कृष्णराज सर्वाहारी, कार्यक्रम प्रस्तोता सरला चौधरी, थाङ्मी भाषाको कार्यक्रम निको सारेका कार्यक्रम निर्माता विकेश थामी र कार्यक्रम प्रस्तोता सपना थामी हुनुहुन्छ । 

कार्यक्रममा  सुनुवार काँेइच भाषाको कार्यक्रम कोँइच चुप्लुका कार्यक्रम निर्माता उत्तम सुनुवार र प्रस्तोता शोभा सुनुवार, मगर ढुँट भाषाको कार्यक्रम कानून भेजाका कार्यक्रम निर्माता तथा प्रस्तोता धन बहादुर मगर, तामाङ भाषाको कार्यक्रम दूईला म्हेन्दोका निर्माता तथा प्रस्तोता मायालु ङ्यासुर, याक्खा भाषाको कार्यक्रम याक्खारेन ओम्नाका कार्यक्रम निर्माता नेपाल आदिवासी याक्खा संघ,

गुरुङ भाषाको कार्यक्रम तमू ह्युलका कार्यक्रम निर्माता रविन गुरुङ र प्रस्तोता अनिता गुरुङसमेतलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

धिमाल भाषाको कार्यक्रम सोलईका कार्यक्रम निर्माता तथा प्रस्तोता मन्जु धिमाल,  चाम्लिङ भाषाको कार्यक्रम इमो दुङ इमो धिमका निर्माता तथा प्रस्तोता छिला राई,  शेर्पा भाषाको कार्यक्रम सेर्मि

ङेङठीन गी लारीमका कार्यक्रम निर्माता तथा प्रस्तोता मिङ्मा डोमार शेर्पासमेतलाई कार्यक्रममा प्रशंसापत्र प्रदान गरिएको थियो । 

प्रशंसापत्र पप्त गर्नेहरुमा ह्योल्मो भाषाको कार्यक्रम भेह्युल ह्योल्मोको कार्यक्रम निर्माताका रुपमा ह्योल्मो सञ्चार समूहलाई र  कार्यक्रम प्रस्तोताहरु टाँसी दोङ्वा ह्योल्मो, किन्जोओमु ह्योल्मो र लाक्पा लामा ह्योल्मोलाइ पनि कार्यक्रमका अतिथि महासंघका अध्यक्ष शेर्पाले प्रशंसापत्र प्रदान गर्नू भयो । यसै गरी राजबंशी भाषाको कार्यक्रम सोदोरका र्निाता तथा प्रस्तोता  अन्जु राजबंशीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । 

इन्डिजिनियस टेलिभिजन र आइीटभि नेपालमा १८ वटा भाषाका कार्यक्रम प्रसारण हुने गरेको छ । 

यसबाहेक कार्यक्रममा समाचारमूलक कार्यक्रम इन्डिजिनियस भ्वाइसका कार्यक्रम प्रस्तोता डोल्मा शेर्पा, मनोरञ्जनात्मक कार्यक्रम डम्फू सेलोका निर्देशक सूर्य लामा,  बहसमूलक कार्यक्रम जनसवालका प्रस्तोता श्रीकृष्ण महर्जनलाई पनि  उत्कृष्ठ कार्य गरेकामा प्रशंसापत्र प्रदान गरिएको थियो ।

यसरी नै .रङ्ंगमन्च कार्यक्रमका निर्माता तथा प्रस्तोता प्रबीण पुमा, अपाङ्ता भएका आदिवासी महलिाका सवालमा सन्चालित मनभित्रका कुरा कार्यक्रमका निर्माता राष्टिय आदिवासी जनजाति अपाङग महलिा संघ र प्रस्तोता साबित्री श्रैष्ठ, मेलमिलाप कार्यक्रमका निर्माता तथा प्रस्तोता सन्तोष राना मगर, म्यानेजमेन्ट टकका कार्यक्रम निर्माता इन्द्र श्रेष्ठ, हिमाली आवाजका निर्माता तथा प्रस्तोता सोनाम याङ्जी शेर्पा, सेलीबेटी फन टकका प्रस्तोता सबी कार्की खड्का, जीवन सोपान कार्यक्रमका निर्माता तथा प्रस्तोता कृष्ण मुरारी पुडासैनी, सम्बोधी मार्गका निर्माता तथा प्रस्तोता मिङ्मा लामासमेतलाई प्रशंसापत्र प्रदान गरिएको छ । 

त्यसरी नै कमला टेलीचलचित्रका निर्देशक भीम गौतमलाई पनि सो अवसरमा प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको थियो । कार्यक्रममा प्राविधिक  प्रमूख पाम सुनुवार, प्राविधक सहायक सुजन सुनुवार र सुमी दर्लामी  क्यामरा पर्सनहरु दशीराम थारु र अनिश खड्गी दृश्य सम्पादक रोजिना लामा र अन्जना राईलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । 

इन्डिजिनियस मिडिया फाउण्डेशनले प्रवद्र्धन गरेको इन्डिजिनियस टेलिभिजनको छाता भित्र केवल र स्याटालाइट प्रविधि मार्फत आइटिभि नेपालका नाममा प्रसारण हुन्छ । 

यसरी नै टेलिभिजनसंग २४ वटा कम्युनिटि रेडियोको नेटवर्क र अनलाइन समाचार पोर्टल  इन्डिजिनियस भ्वाइस डटकम् सन्चालित रहेको प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रुले जानकारी दिनु भयो । 

टेलिभिजनमा १८ वटा मातृभाषाका कार्यक्रम सहित  ३६ वटा समाचारमूलक र शिक्षामूलक कार्यक्रम  नियमित प्रसारणमा छन् ।  कार्यक्रममा जानकारी दिइए खनुसार ८.०४ प्रतिशतसमाचारमूलक, सूचनामूलक कार्यक्रम ४८.३६ प्रतिशत, मनोरन्ज्नात्मक कार्यक्रम ३७.९४ प्रतिशत र शिक्षा मूलक ५.६६ प्रतिशत कार्यक्रम प्रसारण हुने गरेको छ ।

टेलिभिजनले आदिवासीको अधिकारसंग सम्बन्धीत भूमि, भूभाग, भुक्षेत्रका स्रोत, ज्ञान प्रणाली, त्यसमा अतिक्रमण, विस्थापन विरुद्धको आवाजहरु उठाउने गरेको छ । भाषाको संरक्षण, समावेशीकरण लगायतमा पनि टेलिभिजनले कार्यक्रम निर्माण गर्दछ । 

 

प्रतिक्रिया