सगरमाथा गुरुङको पुस्तक बिमोचन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ साउन २०७२, शनिवार
सगरमाथा गुरुङको पुस्तक बिमोचन

काठमाडौ

कोरियन कवि किम ह्यङह्यो उर्फ सगरमाथा गुरुङको आकाशे समुद्रको गीत कविता संग्रहको बिमोचन साउन १ गते राष्ट्रकवि माधव घिमिरे तथा कवि दुर्गालाल श्रेष्ठले गरे ।

संग्रहमा ५२ थान कविता अटाएका छन् । समिक्षक महेश पौड्यालले सगरमाथा गुरुङको कविता अग्र्यानिक स्वादको रहेको चर्चा गरे । पुस्तकका सम्पादक रामबाबु सुवेदीले कविले हृदय पगालेर, भित्री दिल चोबोलेर कविता लेखेको अनुभूति साटे । कवि सगरमाथा गुरुङले संग्रह भित्रको बिरानो भूमिको रात शीर्षकको कविता पाठ गर्दै भने– ‘यो कविता मैले १९ बर्षिय नेपाली कामदार पदम गुरुङको कोरियामा मृत्यु भएको सम्झनामा लेखेको हुँ । कविता लेख्दा म आफै पनि रोएको छुँ ।’ आफ्नो भाषा पढ्न आनन्द लाग्ने बताउँदै उनले कोरियन भाषामा गीत पनि सुनाए । मोहन कार्कीले कोरियन भाषाबाट नेपालीमा कविता उल्था गरेका हुन् ।

कवि किम ह्यङह्यो उर्फ सगरमाथा गुरुङ सञ्चारकर्मी मंजु गुरुङको श्रीमान हुन् । बिहेपछि उनले नेपाली नाम मात्रै राखेनन्, श्रीमतिको थर पनि अंगाले । पुस्तक बिमोचनको चाँजोपाँजो नेपाल–कोरिया कल्चर सेन्टरले मिलाएको थियो । सेन्टरकी अध्यक्ष मंजु गुरुङले पाहुनाहरुको स्वागत गर्दै पुस्तक बिक्रीको रकम भूकम्प पीडितलाई दिइने बताइन् ।

Book

 

प्रतिक्रिया