जनजाति महासंघ सिन्धुपाल्चोकले ३० औँ विश्व आदिवासी दिवस मनाउने 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ साउन २०८१, मङ्गलवार
जनजाति महासंघ सिन्धुपाल्चोकले ३० औँ विश्व आदिवासी दिवस मनाउने 

३० औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चोकले विविध कार्यक्रम गरि मनाउने भएको छ  ।

महासंघ सिन्धुपाल्चोकले यही साउन २५ गते अर्थात अगस्ट ९ शुक्रबार मेलम्ची नगरपालिका मेलम्चीमा मनाउन लागेको महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चोकका सचिव रमेश शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्ष तारा बहादुर जिरेलको अध्यक्षतामा हुन गईरहेको कार्यक्रममा विभिन्न आदिवासी जनजातिहरुको पहिचान झल्किने सांस्कृतिक झाँकीको प्रर्दशनसहित र्‍याली गरि औपचरिक कार्यक्रमको आयोजना हुने सचिव शेर्पाले बताउनुभयो । 

नेपाल आदिवासी जनजाति महासंघले ‘संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष, संरक्षित र स्वायत्त क्षेत्र कार्यन्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने मुल नारा तय गरेको छ । 

संयुक्त राष्ट्र संघले भने Protecting the Rights of Indigenous Peoples in Voluntary Isolation and Initial Contact ‘स्वेच्छीक रुपमा राज्यबाट अलग  र प्रारम्भिक सम्पर्कमा रहेका आदिवासी जनजातिको अधिकारको संरक्षण’ भन्ने नारा अघि सारेको छ ।  

प्रतिक्रिया