वाम्बुले राई समाजले मनायो बाँसुरी दिवस 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ साउन २०८१, बिहिवार
 वाम्बुले राई समाजले मनायो बाँसुरी दिवस 

आठौँ बाँसुरी दिवस सम्पन्न भएको छ । इमाडोल नयाँ बस्ती, ललितपुरस्थित सामूहिक भेटघाट गरी ‘बाँसुरी दिवस तथा खिर खाने कार्यक्रम’ मनाएको हो । 

‘किराती लोक परम्पराको निरन्तरता’ मुल नारा सहित वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले प्रत्येक वर्ष बाँसुरी दिवस मनाउँदै आएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै बाँसुरी नेपालीको परम्परागत बाजाँ भएकोले संरक्षणका लागि हरेक तहबाट पहल हुनुपर्ने बताउनुभयो । उहाँले बाँसुरी दिवस वाम्बुले समाजलेमात्र नभई सबैले मनाउन आवश्यक रहेको धारणा राख्नुभयो । 

वाम्बुले राई समाज, नेपाल अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा भएको कार्यक्रममा राष्ट्रियगानका रचनाकार÷वाम्बुले मातृभाषी कवि व्याकुल माइलाले वाम्बुले समुदायमा बाँसुरीको महत्वका सम्बन्धमा बोल्नुभएको थियो ।

वाम्बुले राईहरूको लोकमान्यता अन्ुसार सामाजिक जीवनमा साउने संक्रान्तिदेखि पन्ध दिन प्रकृति अर्थात् भगवान गुफा बस्छन् भन्ने रहेको छ । त्यसैले यो समयमा होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल काट्नु हुँदैन । कपाल कोरेर भुइँमा झानु हुँदैन । किराती बाजाहरू बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा, यलम्बर (टुङबाजा), पिपिरी, पुङ, ढोल, झ्याम्टा बजाउनु हुँदैन भन्ने विश्वास रहेको छ । 

जब साउन १५ लाग्छ तब भगवान उपवास सकेर बाहिर निस्कन्छ । त्यस दिनदेखि विशेष रहरका साथ तन्नेरी युवा, वयस्कहरू नयाँ बनाएका र अघेनुमाथिको बलोमा सिउरेर राखेका पुराना बाँसुरी झिेकर पाखापर्वत, खोला शृंखला नै गुन्जायमान हुने गरी बजाउँछन् भन्ने मान्यता छ । महिलाले बिनायो बजाउँछन् । वनपाखाभरि गाई, बाख्रा चराउँदै बाँसुरी, मुरली, बिनायो खिप्ने र बजाउने चलन रहेको छ ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २०७४ सालदेखि साउन १५ गते महालक्ष्मी नगरपालिका–१, इमाडोल नयाँ बस्ती, ललितपुरस्थित वाम्रास भवन सामूहिक भेटघाट गरी ‘बाँसुरी दिवस तथा खिर खाने कार्यक्रम’ को थालनी गरेको हो । ‘किराती लोक परम्पराको निरन्तरता’ को रूपमा यो दिवस स्थापित गरिएको हो । 
 

प्रतिक्रिया