कुनै पनि मानव अर्को समुदायसंग सम्पर्क स्थापित नगरी जीवन निर्वाह गर्न सक्छ कि सक्दैन भन्ने बहसका बीच संयुक्त राष्ट्रसंघले ‘स्वेच्छाले अलग बस्न चाहनेहरुको’ पक्षमा ३० औ अन्तराष्ट्रिय आदिवासी दिवशको नारा तय गरेको छ । राष्ट्रसंघले सन् २०२४ (यस बर्ष)को आदिवासी दिवशको नारा ‘स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खैरै सम्पर्कमा आएका आदिवासीको अधिकार संरक्षण’ भन्ने नारा अगाडि सारेको हो । अन्तराष्ट्रिय आदिवासी दिवश यही ९ अगष्ट (२५ साउन, २०८१) मा मनाईदै छ ।
संयुक्त राष्ट्रसंघको अनुमानमा यस प्रकारका आदिवासीहरुको लगभग २०० समूहमा रहेका छन् । तिनीहरु बोलिभिया, ब्राजिल, कोलम्बिया, इक्वेडर, भारत, इन्डोनेसिया, पपुवान्युगिनी, पेरु र भेनेजुएलाका दुर्गम जंगलहरूमा बस्छन् । नेपालको सन्दर्भमा राउटेहरु ’प्रारम्भिक सम्पर्कमा आएका आदिवासीहरु‘ हुन् । तथापि उनीहरुको संस्कार, संस्कृति, विश्वास र परम्पराका आधारमा उनीहरु पनि ‘स्वेच्छिक रुपमा अलग बसिरहेका आदिवासी’ नै हुन् ।
विश्वका ७० देशमा आफ्नै थातथलोमा फरक परम्परा, सामाजिक, साँस्कृतिक, आर्थिक तथा स्वशासनयुक्त राजनीतिक प्रणालीको अभ्यास गरिरहेका ४७ करोड जनसंख्यालाई आदिवासी भनेर सम्बोधन गरिन्छ । विश्व जनसंख्यामा उनीहरुको उपस्थिति ६.२ प्रतिशत रहेको छ भने त्यसमध्ये १९ प्रतिशतमा अति गरिबी रहेको छ । ८० प्रतिशत आदिवासीहरुमा खाद्य स्रोतमा आत्मनिर्भरता रहेको पाइन्छ । उनीहरुले करीव ५ हजार भन्दा बढी भाषाको प्रयोग गर्छन् र प्राकृतिक स्रोतको संरक्षण गर्ने काम गरिरहेका छन् । तिनै आदिवासी मध्ये फरक प्रकृतिका आदिवासीहरु ‘स्वेच्छिक रुपमाअलग बसिरहेका र भर्खैरै सम्पर्कमा आएका आदिवासी’ हुन् ।
आधुनिक विश्व र बजारबाट टाढा रहेका आदिवासीहरुलाई ‘स्वेच्छिक रुपमा अलग बसिरहेका आदिवासी’ भनिन्छ । केही आदिवासीहरु भने प्रारम्भिक रुपमा विश्व समूदायसंग सम्पर्कमा आएका छन्, यस प्रकारका आदिवासीलाई ‘प्रारम्भिक सम्पर्कमा आएका आदिवासी’ भनिन्छ ।
संयुक्त राष्ट्रसंघको अनुमानमा यस प्रकारका आदिवासीहरुको लगभग २०० समूहमा रहेका छन्। तिनीहरु बोलिभिया, ब्राजिल, कोलम्बिया, इक्वेडर, भारत, इन्डोनेसिया, पपुवान्युगिनी, पेरु र भेनेजुएलाका दुर्गम जंगलहरूमा बस्छन् । नेपालको सन्दर्भमा राउटेहरु ’प्रारम्भिक सम्पर्कमा आएका आदिवासीहरु‘ हुन् । तथापि उनीहरुको संस्कार, संस्कृति, विश्वास र परम्पराका आधारमा उनीहरु पनि ‘स्वेच्छिक रुपमा अलग बसिरहेका आदिवासी’ नै हुन् ।
‘स्वेच्छिक रुपमा अलग बसिरहेका र प्रारम्भिक सम्पर्कमा आएका आदिवासी’हरु आधुनिक समाजबाट अलग हुन चाहन्छन् । उनीहरुको आफनै संस्कृति, भाषाको संरक्षण गर्दै परम्परागत प्राकृतिक वातावरणमा रहन चाहन्छन् । यस प्रकारका आदिवासीहरु शिकार, केही परम्परागत कृषिमा निर्भर छन् ।
बोलिभयाको माडिदी र हेथ नदीको आसपास बस्ने टोरोमेना आदिवासीहरु त्यहाँको राष्ट्रिय निकुन्ज बस्ने गरेका छन् । पूर्वी अमेजनमाबस्ने आवा जाति अहिले पनि वाँकी विश्वमा सम्पर्कमा नआएका जाति हुन् । उनीहरुलाई लुप्त जाति पनि भनिन्छ । यस्तै अमेजन बेसिनमा रहेका उरु–उरु–हाउ–हाउ तथा हिमारिमा, काम्पाजाति पनि सम्पर्कमा आएका छैनन् ।
तर पछिल्लो समयमा तिनीहरूको भूक्षेत्रमा आधुनिक कृषिको विस्तार, खानी उत्खनन्, पर्यटनको आवागमन लगायत प्राकृतिक स्रोतहरूको दुरुपयोग आदिका कारण वनको अतिक्रमण र विनाशले तिनीहरूको जीवनशैलीमा बाधा पु¥याउने काम गरिहेका छन् । मानवशास्त्रीहरुको भनाइमा ती आदिवासीले पुस्तादेखि संरक्षण गर्दे आएका प्राकृतिक वातावरणलाई नष्ट भइरहेको छ ।
‘स्वेच्छिक रुपमा अलग बसिरहेका र प्रारम्भिक सम्पर्कमा आएका आदिवासी’हरुका सन्दर्भमा विभिन्न प्रकारका मतहरु छन् । तर उनीहरुको साझा विशेषता फरक जीवनशैली र आधुनिक समाजबाट अलग रहने प्रबृत्ति नै हो । केही अनुसन्धानकर्ताहरुको विचारमा केही आदिवासीहरु आधुनिक समाजमा सम्पर्कमा आएर पनि स्वेच्छाले अलग बसेका हुन् ।
ब्राजिलको पानारा आदिवासी यस्तै स्वेच्छिक रुपमा अलग बसेको आदिवासी हुन् । व्रिटिस अनुसन्धानकर्ता रिचर्ड मेसनको खोज अनुसार ब्राजिलमा सन्चालित एक सरकारी परियोजनाबाट प्रभावित भए पछि पानोराहरुको अस्तित्व संकटमा परेको थियो । परिणाम स्वरुप वातावरणीय ह्रास र अज्ञात रोगलागेर २५० भन्दा बढी ती आदिवासीहरुको मृत्यु भएको थियो । ब्राजिल सरकारले उनीहरुको भूक्षेत्र अतिक्रमण गरी उनीहरुले प्रयोग गरिरहेको भूमिमा आधुनिक कृषि प्रारम्भ गरे पछि यो संकट आइलागेको हो ।
यो परियोजनाले सो जातिहत्या नै गरेको भनाइ पनि छ । अहिले ब्राजिलको संघीय सरकारले ती जातिहरुसंग कुनै सम्पर्क नगर्ने शर्तमा आफनो परियोजना फिर्ता गरेको छ । ती आदिवासीहरु प्रारम्भिक सम्पर्कमा आए पछि अलग बसेका आदिवासी हुन् ।
कोलम्बियामा यस्तै एउटा घटना चर्चित रहेको छ । नुकाम भन्ने कोलम्बियाको आदिवासीलाई सरकारले आधुनिक जीवनशैलीमा रुपान्तरण गर्ने गरी नजिकैको शहरमा बसोबासको प्रबन्ध ग¥यो । प्राकृतिक वातावरणमा बसोबास गरिरहेका आधाभन्दा बढी नुकामहरुमा शहरी प्रदुषणका कारण श्वासप्रश्वासको प्रकोप फैलियो । केही नुकामहरु लागुऔषध तस्करहरुसंगको झडपमा परेर मृत्यु भए ।
यो आदिवासी पनि प्रारम्भिक सम्पर्कमा आएका आदिवासी हुन् । उनीहरुलाई अहिले अलग्गै बस्ने गरी त्यहाँको सरकारले विशेष व्यबस्था गरेको छ ।
हाम्रो छिमेकी मुलुक भारतको अण्डमान टापुहरुमा रहेका आदिवासीहरु पनि आधुनिक संसारमा आउन नचाहने जाति हुन् । भारत सरकारले उनीहरुको विशेष संरक्षित क्षेत्रका रुपमा मान्यता दिएको छ ।
बोलिभयाको माडिदी र हेथ नदीको आसपास बस्ने टोरोमेना आदिवासीहरु त्यहाँको राष्ट्रिय निकुन्ज बस्ने गरेका छन् । पूर्वी अमेजनमाबस्ने आवा जाति अहिले पनि वाँकी विश्वमा सम्पर्कमा नआएका जाति हुन् । उनीहरुलाई लुप्त जाति पनि भनिन्छ । यस्तै अमेजन बेसिनमा रहेका उरु–उरु–हाउ–हाउ तथा हिमारिमा, काम्पाजाति पनि सम्पर्कमा आएका छैनन् ।
आदिवासी जनजातिहरू आज विश्वका सबैभन्दा पिछडिएका र जोखिममा परेका समूहहरूमध्ये एक हुन् । अन्तर्राष्ट्रिय समुदायले अब उनीहरूको अधिकारको रक्षा गर्न र उनीहरूको छुट्टै संस्कृति र जीवन शैली कायम राख्न विशेष उपायहरू आवश्यक छ भनी स्वीकार गरेको छ ।
सन् २०१९मा निर्माण भएको ’म्यान अफ दि होल‘ नामक एक बृत्तचित्रमा देखाइए अनुसार पिरिपकुरा एक जातिका एक व्यक्तिलाई वनबाट उद्धार गरी एक मानवशास्त्रीले घरमा ल्याएका थिए । तर शहरी प्रदुषित वातावरणका कारण ती मानव धेरै दिन बाँच्न सकेकनन् ।
यस प्रकार विभिन्न मुलुकमा घुमन्ते तथा जङ्गलमा स्वतन्त्र जीवन बिताइरहेका आदिवासी समुदायका लागि विभिन्न मुलुकमा फरक–फरक चुनौति रहेका छन् । तीनको समाधान गर्न विभिन्न मुलुकको अभ्यासहरु पनि फरक–फरक रहेको पाइन्छ ।
पाराग्वेमा रहेका ओरिया जाति यस्तै सम्पर्क विहिन घुमन्तेहरु हुन् । उनीहरु घुमन्ते हुन्, तिनीहरु शिकार गर्छन् । सिमित कृषि पनि गर्छन् । तर तिनीहरुलाई वन विनाश गरको भनेर बाराम्वार आक्षेप लाग्ने गर्दछ । तर तिनीहरुले वन विनास नगरेर सुरक्षा गरिरहेका हुन्छन् ।
पेरुमा घुमन्ते जाति नोमोल बस्छन् । उनीहरु पनि वाँकी दुनियाँसंग सम्पर्क गर्न चाहदैनन् । भेनेजुयलामा होती, यानोमामी र पियारो जस्ता जातिहरु सम्पर्क बाहिर नै छन् । तिनीहरु आधुनिक विश्वमा आउन चाहदैनन् ।
इक्वेडरका टागइरी र तारोमेनआई त्यहाँका घुमन्ते आदिवासी हुन् । पश्चिम पुपुवान्युगिनीमा पनि यस्तै प्रकतिको मानव अस्तित्व रहेको देखिन्छ । ३० औ विश्व आदिवासी दिवश मनाइरहँदा ती प्रारम्भिक सम्पर्कमा आएका र स्वेच्छिक रुपमा अलग बसेका आदिवासीको अधिकारका बारे विश्वलाई घचघचाएको छ ।
आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रले आदिवासीलाई स्वतन्त्रता, स्वायत्तताको अधिकार प्रदान गरेको छ । संसारले अक्सर बेवास्ता गर्ने गरिएको यो मानव समुदायको अलग्गै बस्ने, फरक हुने र फरक पहिचान कायम गर्ने आत्मनिर्णयको अधिकारको जगेर्ना गर्न विश्वव्यापी बहस सुरु भएको छ ।
आदिवासीहरुका लागि विद्यमान विश्वमा धेरै प्रकारका चुनौतिहरु छन् । नेपाल पनि यसबाट अछुतो छैन । भर्खरै बजारसंग सम्पर्कमा आएका नेपालका आदिवासीहरुमा राउटे एक हो । चेपाङ, राजी, बोटेलगायतका आदिवासीहरु पछिल्लो समयमा आधुनिक समाजमा घुलमिल भएको हो । हुम्लो आदिवासी त केही साता अघि मात्र सरकारले पहिचान गरेको छ । उनीहरुको आफनै प्रकारको जिवीका र
जीवनशैली कायम रहेकोमा विवाद छैन । तर आफनोपन छोडे पछि उनीहरुले व्यहोरिरहेको चुनौतिका बारे यहाँ राम्रो ढंगले अनुसन्धान भएको छैन । जल, जमिन र जंङ्गलसंग निकट भएर रमाइरहेका आदिवासीको वासास्थान पछिल्लो समयमा क्रमशः अतिक्रमणमा परिरहेको छ । उनीहरुको थातथलोमा
सामूहिक अधिकार खोसिदै गएको छ । आजको हाइपर–कनेक्टेड संसारमा राज्यका नीति निर्माताहरुले आदिवासीको संवेदनशीलता बुझन सकेको छैन । नेपालमा मात्र होइन, यो विश्वव्यापी समस्या हो ।
आदिवासी जनजातिहरू अद्वितीय संस्कृतिका उत्तराधिकारी र अभ्यासकर्ता हुन् । उनीहरुसंग वातावरणसँग सम्बन्ध राख्ने ज्ञान प्रणाली रहेको हुन्छ । त्यसैले जहाँका भए पनि आदिवासीहरु प्रभावशाली समाजभन्दा फरक छन् । आदिवासी जनजातिहरूले वर्षौंदेखि आफ्नो पहिचान, आफ्नो जीवनशैली र परम्परागत भूमि, क्षेत्र र प्राकृतिक स्रोतहरूमा आफ्नो अधिकारको मान्यता खोज्दै आएका छन्, तैपनि, तिनीहरूको अधिकार हनन भइरहेको छ ।
आदिवासी जनजातिहरू आज विश्वका सबैभन्दा पिछडिएका र जोखिममा परेका समूहहरूमध्ये एक हुन् । अन्तर्राष्ट्रिय समुदायले अब उनीहरूको अधिकारको रक्षा गर्न र उनीहरूको छुट्टै संस्कृति र जीवन शैली कायम राख्न विशेष उपायहरू आवश्यक छ भनी स्वीकार गरेको छ ।
यी जनसङ्ख्या समूहहरूको आवश्यकताको बारेमा सचेतना जगाउनको लागि, हरेक अगस्ट ९ मा आयोजना गरिने अन्तराष्टिय आदिवासी दिवस मनाइन्छ। यो दिवश केवल नाचगान गरेर रमाइलो गरेर मात्र होइन, अधिकार र संज्ञानका देष्टिकोणले पनि विबेचना गरेर सफल बनाउनु आजको आवश्यकता हो ।