लुङ्बा साम्बा उपत्यकामा जलविद्युत नबनाउन स्थानीय आदिवासीहरुको आग्रह, हलिउड अभिनेता लियोनार्दो पनि विरोधमा

डोल्मा शेर्पा
डोल्मा शेर्पा१३ असार २०८१, बुधवार
लुङ्बा साम्बा उपत्यकामा जलविद्युत नबनाउन स्थानीय आदिवासीहरुको आग्रह, हलिउड अभिनेता लियोनार्दो पनि विरोधमा

संखुवासभा जिल्लामा पर्ने लुङ्बा साम्बा उपत्यकाकामा जलविद्युत आयोजना बन्ने भए पछि जलविद्युत आयोजनाबाट त्यहाँका आदिवासी जनजाति विस्थापित हुन सक्ने भन्दै ल्होमी सिंङसवा कल्याण केन्द्रले बिरोध गरेको छ ।

जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर २ मा बन्न लागेको ६३ मेगावाटको छ्युजुङखोला जलविद्युत आयोजनाले  स्थानीय आदिवासी जनजातिसंग परामर्स तथा सहमति नगरी विद्युत आयोजनको निर्माण कार्य अगाडि बढाइरहेको केन्द्रका अध्यक्ष लाक्पा अङ्जुक भोटेले इन्डिजिनियस भ्वाइसलाई जानकारी दिनु भएको छ ।

‘यो जलविद्युत परियोजनाबाट आदिवासी जनजाति ल्होमी सिङ्सावा र थुदामका दर्जनौ घरपरिवार सिधै विस्थापित हुनेछन् र त्यहाँको जैविक विविधताको पनि विनास हुने छ ।’ भोटेले भन्नु भयो  –‘विकासले जनतालाई फाइदा पुग्नु पर्नेमा युगौदेखि सीमा सुरक्षा गरिरहेका थुदामबासीलाई घरबार बिहिन बनाउने गरी परियोजना अगाडि बढेको छ ।’

सांग्रिला उर्जा प्रालिद्धारा निमार्णका लागि प्रस्ताव गरिएको सो छ्युजुङ हाईड्रोपावरका लागि हाल सडक निर्माण भइरहेको छ । उहाँले भन्नु भयो – ‘कुनै पनि जलविद्युत आयोजनाले सडक आफै बनाउँछ, तर त्यहाँ गाउँपालिकाको कृषि सडकका नाममा पालिकाको बजेट खर्च भइरहेको छ । यो सरासर गैह्रकानुनी काम हो ।’

उहाँले यसै सन्दर्भमा थप भनाइ राख्दै भन्नु भयो ‘यही बिषयलाई लिएर हामी सर्वोच्च अदालत पुगेका छौ । अदालतले न्याय दिले भन्नेमा आसावादी छौ । ’

छुजुङ, छुन्जाम र बखाङमा बन्न लागेको जलविद्ययुत परियोजनाले स्थानिय आदिवासी ल्होमी सिंसवा समुदायलाई मात्र असर नपारेर बातवरणिय हिसावमा पनि त्यहाँका हिउँ चितुवा, रातो पाण्डा लगायतका लोपोन्मुख जंगली जनावरहरुको पनि विनास हुने अध्यक्ष भोटेले बताउनुभयो ।  जवर्जस्ती विद्युत परियोजना ल्याएमा थुदाम गाउ विस्थापित हुँदैछ । थुदाम भनेको विना बर्दीका सीमा रक्षकहरु हुन् ।

मकालु र कञ्चनजङ्घा संरक्षित क्षेत्रहरू छुजुङ, छुन्जाम र बखाङ नदीहरू र सम्पूर्ण लुङ्वा साम्बा दर्रा, ल्होमी सिंग्सावा र भोटे जातिहरूका धार्मिक रुपलेपनि पवित्र थलो मानिन्छ ।

त्यहाँ आदिवासी ल्होमी, सिंसवा र भोटे समुदायको परम्परागत चौरी पालन, औषधीय जडीबुटी संकलन गरि जिविकोपार्जन गर्ने थातथलो हो ।

कुनै पनि विकास निर्माण कार्य अगाडि बढाउँदा स्वतन्त्र, पूर्व, सुसूचित सहमति एफपीक लिनु पर्नेमा सो कार्य पनि नभएको उहाँले गुनासो गर्नू भएको छ ।  

संखुवासभामा बन्नलागेको सो विद्युत परियोजनाका सन्र्दभमा हलिउडका अभिनेता लियोनार्दो डिकाप्रियोले समेत सामाजिक सन्जाल मार्फत आपत्ती प्रकट गर्नु भएको छ । उहाँले  जलविद्युत परियोजनाको लागि बन्न लागेको बाँध नबनाउन आग्रह गर्नुभएको छ ।

एक अनलाइनमा प्रकाशित लेखलाई सेयर गर्दै मानव निर्मित बाँधले  त्यहाँको जैविक विविधतामा क्षती पुग्ने र  पकृतिक सौन्दर्यमा दिर्घकालिन विनाश निम्त्याउने भन्दै त्यहाँ बाँध निर्माण नगर्न आग्रह गर्नुभएको छ ।

साङ्ग्रीला उर्जा प्रालि, ह्वाइट फ्लावर इनर्जी प्रालि र समिट इनर्जी सोलुसन प्रालिले त्यहाँ स्थानीय समुदायमाथी दुव्र्यवहार गरिरहेको स्थानीय  आदिवासीहरुको गुनासो रहेको छ ।
ल्होमी संसावाका अध्यक्ष भोटेका अनुसार त्यहाँ गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन गरिदा देखि नै सरकारी कर्मचारीको आडमा उर्जा प्रबद्र्धक संस्थाहरुले मनोमानी गरिरहेको जानकारी दिनुभयो ।  

 

प्रतिक्रिया