चिनियाँ मन्त्रीद्धारा लुम्बिनीको भ्रमण, पर्यटन प्रबद्धनमा सहकार्य गर्ने प्रतिवद्धता

Admin
Admin१ असार २०८१, शुक्रवार
चिनियाँ मन्त्रीद्धारा लुम्बिनीको भ्रमण, पर्यटन प्रबद्धनमा सहकार्य गर्ने प्रतिवद्धता

चिनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ ।

मन्त्री रुइफेंङ सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गर्नुभएको हो।

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामि दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहार मार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने एवम् नेपाल चिनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उदेश्यका साथ लुम्बिनी भ्रमणका लागि आएको मन्त्री रुइफेंङले बताउनुभयो।

मन्त्री रुइफेंङले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए ।

भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चिनबाट नियमित उडानका लागि तत्काल पहल गर्न आग्रह गर्नुभएको छ ।

यस्तै चिनसँग नेपालको पुरानो सम्बन्ध रहेको बताउँदै आफूहरु लुम्बिनीमा चिनियाँ तीर्थयात्रुहरुलाई स्वागत गर्न सधै आतुर रहेको बताउनुभयो । उपाध्यक्ष डा लामाको विमानस्थलप्रतीको चासोप्रति चिनियाँ मन्त्री रुईफेंङले चिनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकरात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चिन सरकार तयारीमा जुटिसकेकाले छिट्टै उडान हुने प्रतिबद्धता गर्नुभयो ।

मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ग, चिनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झिहुई सहितको उपस्थिती रहेको थियो । मन्त्री सहितको टोलीको स्वागतमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राई लगायतको उपस्थिती थियो ।

मन्त्री रुईफेंङले लुम्बिनी विकास कोषको कार्यालयमा भेटघाट गरी उपाध्यक्ष लामासँग मायाको चिनो आदानप्रदान समेत गर्नुभएको थियो । सोही अवसरमा मन्त्री रुईफेंङले लुम्बिनी स्थित चिनियाँ विहारको समेत भ्रमण गर्नुभएको छ । विहारमा चाईनिज बुद्धिष्ट सोसाईटीका उपाध्यक्ष मास्टर यिन सुनले जानकारी सहित बिफ्रिङ गर्नुभएको थियो ।

भ्रमणकैक्रममा मन्त्री रुईफेंङले विहारको शिलान्यास र पिपलको रुखको बृक्षारोपण गरेका गर्नुभएको छ।

बुधबार नै सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानआर्कषण गराउँदै ज्ञापन पत्र बुझाएका थिए ।

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin