आदिवासीलाई लक्षित गरि वजेट निमार्ण गर्न स्थानीय सरकारलाई अपिल

Admin
Admin३१ जेठ २०८१, बिहिवार
आदिवासीलाई लक्षित गरि वजेट निमार्ण गर्न स्थानीय सरकारलाई अपिल

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चोकले जिल्ला स्थित स्थानीय सरकारहरुलाई आदिवासी जनजाति लक्षित बजेट विनियोजन गर्न अपिल गरेको छ । 

जिल्ला समन्य परिषद्का अध्यक्ष तारा बहादुर जिरेल र सचिव रमेश शेर्पाले सिन्धुपाल्चोक जिल्ला अन्तर्गतका स्थानीय तहहरुलाई एक पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा मातृभाषा शिक्षा प्रर्बद्धन, आदिवासी जनजातिको सांस्कृतिक पर्व उत्सव प्रबद्र्धन, कार्यक्रममा बजेट विनियोजन गर्न अनुरोध गर्नुभएको छ । 

उहाँहरुले आदिवासी जनजातिको क्षमता अभिवृद्धि, आदिवासी जनजातिको संस्कृतिक भवन निर्माण र आदिवासी जनजाति ललितकला तथा सिप विकास तालिम लगायतमा स्थानिय सरकारहरुले बजेट विनियोजन गर्न अनुरोध गर्नुभएको छ । यसैगरी लोकसेवा तयारी कक्षा संचालन गर्न आदिवासीको विविध विधामा सम्मान कार्यक्रम राख्न तथा बुद्ध जयन्तीजस्ता सार्वजनिक कार्यक्रमका लागि पनि वजेट तर्जुमा गर्न सुझाव दिनुभएको छ । 

विगतमा स्थानीय सरकारले गरेको बजेट विनियोजनमा आदिवासी जनजातिको प्राथमिकता क्षेत्र निर्धाण हुन नसकेको सम्बन्धमा सो सुझाव दिईएको सचिव रमेश शेर्पाले बताउनुभयो । सिन्धुपाल्चोक जिल्लामा चौतारा सागाचोकगढी, मेलम्ची, बाह्रविसेसमेत तीन नगरपालिका र इन्द्रावती, जुगल, त्रिपुरासुन्दरी, पाँचपोखरी थाङपाल, बलेफी, भोटेकोशी, लिसंखुपाखर, सुनकोशी र हेलम्बुसमेत ९ गाउँपालिका रहेका छन ।  

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin