पर्यटक सवारी चालकहरुलाई तालिम

Admin
Admin३० जेठ २०८१, बुधवार
पर्यटक सवारी चालकहरुलाई तालिम

पर्यटक यातायात सवारी चालकहरुको दक्षता अभिवृद्धीका लागि नेपाल पर्यटक यातायात व्यवसायी संघले पर्यटक सवारी चालक र सहचालकलाई तालिम प्रदान गरेको छ । नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा यो तालिम प्रदान गरिएको हो ।  

नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले मंगलबार उद्घाटन गर्नु भएको तालिममा पर्यटन यातायातसंग सम्बन्धित एक सय बीस जना यातायात चालक र सहचालकको सहभागिता थियो । 

सो अवसरमा संघका अध्यक्ष बास्तोलाले सवारी चालकहरुले पर्यटकहरुसंग सरल व्यवहार गर्न सुझाव दिनुभयो । सवारी चालकले सवारी साधन सम्बन्धी आवश्यक विषयहरुको सामान्य ज्ञान राख्नुपर्ने र यात्रा गर्दा मादक पर्दाथ सेवनका विषयमा पनि ध्यान दिन आवश्यक रहको बताउनुभयो । 

चालक दक्षता अभिवृद्धी कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्राविधिक चन्द्र चक्रधरले पर्यटक सवारी चालकमा प्रविधिका ज्ञान सम्बन्धी जानकारी दिनु

कार्यक्रममा ट्रेकिङ एजेन्सीज् एशोशिएशन (टान) का अध्यक्ष निलहरी बास्तोला, नेपाल पर्यटक यातायात व्यवसायी पूर्व अध्यक्षहरु रामशरण कार्की, मनोज श्रेष्ठ र निबर्तमान अध्यक्ष सन्तोष न्यौपाने लगायतले बोल्नु भएको थियो । 

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin