नेपाल आदिवासी जनजाति चलतित्र महासंघको आयोजनामा राजधानीमा चौथो चलचित्र महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन प्रतिनिधिसभाका उपसभामूख इन्दिरा रानाले उद्घाटन गर्नू भएको हो ।
भृकुटिमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित महोत्सव तीन दिनसम्म संचालन हुने छ । जेठ २३, २४ र २५ गतेसम्मा विभिन्न मातृभाषामा बनेका चलचित्रहरु प्रर्दशन गरिने महासंघका अध्यक्ष पुर्खाजित राइले जानकारी दिनुभयो ।
महोत्सवमा २ दर्जन भन्दा वढि मातृभाषी चलचित्र तथा ब्त्तचित्रहरुको प्रर्दशन हुने भएको छ । महोत्सवमा निमा शेर्पाले छायाँकन र निर्देशक गर्नुभएको ‘वर्क स्टोन’ को प्रर्दशन हुने छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले उक्त बृत्तचित्र निमार्ण गरेको हो भने सम्पादन लोकचन्द्र थापाले गर्नुभएको छ ।
प्रदर्शनीमा राजवंशी भाषामा बनेको ‘मोख’ पनि रहको छ । दिपनारायण राजवंशीको निर्देशकमा बनेको ‘मोख’ सम्पादन दिपनारायण राजवंशीले गर्नुभएको छ भने निर्माता राजवंशी चलचित्रकर्मी समाद समितिले गरेको हो ।
हिलारी बन्धु भुजेलको निर्देशकमा बनेको ‘चोवो ल्याम् योङ्ग, हौँ’ को पनि महोत्सवमा प्रर्दशन हुने छ । कल्पेस विश्वकर्मले सम्पादन गरिएको सो बृत्तचित्रको निर्मातामा भुजेल चलचित्रकर्मी संघ रहेको छ ।
उपनसिंग गुरुङ (मओत्सेतुङ गरुङ)को निर्देशमा बनेको ‘मार्कली’ बृत्तचित्रको सम्पदन छवि रानामगरले गर्नुभएको छ भने निर्माताको भुमिका राम गुरुङ, राजन गुरुङ रहेको छ ।
यसैगरि अर्को बृत्तचित्र ‘सुगुप’ लिम्बु मातृभाषाको रहेको छ । लोकन साँवा लिम्बु निर्देशक रहनुभएको सो बृत्तचित्रको निर्मातामा रबिन कुमार नाल्बो, शैलेन्द्र कुमार र सम्पादन विपिन मल्लले गर्नुभएको छ ।
महोत्सवमा प्रर्दशन हुने अर्को बृत्तचिध बालुङ मातृभाषामा बनेको ‘फुटुक पर्व’ रहेको छ । यस बृत्तचित्रको निर्देशन दाङिमा शेर्पा रहनुभएको छ भने निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिस्ठानले गरको छ ।
अर्को बृत्तचित्र ‘इन्डिजिनियस पुलिस’ निर्देशक इगिल फेडेर्सनले गर्नुभएको छ भने सम्पादन ज्वाकिम सचगेरले गर्नुभएको छ । यस चलचित्रको निर्माताको रुपमा माथिस स्टेल माथिसेन रहेको छ ।
भिम बहादुर रानामगरको निर्देशकमा बनेको थामी भाषा बृतचित्र ‘नेम देवा’ सम्पादन अन्जना राई, विश्वास मगरले गर्नुभएको छ भने निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान रहेको छ ।
कुमार यात्रु तामाङको निर्देशकमा बनेको बोटे समुदायको ‘काजीया’ र राजी समुदायका ‘जेठासी पूजा’ बृतचित्रको पनि महोत्सवमा प्रर्दशन हुने भएको छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको निर्मातमा बनेको यो वृतचित्रको छायाँकन र सम्पादन शैलेश डंगोले गर्नुभएको छ ।
अमृत बहादुर सुनुवारको निर्देकमा बनेको मेचे समुदायको ‘ग्राम पुजा’ को निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान रहेको छ भने सम्पादनमा दिपक तामाङ रहनुभएको छ ।
यसैगरि ‘तिजी ल्होपा’ को विषयमा बनेको बृतचित्रको निर्देकमा रामचन्द्र थामी रहनुभएको छ भने निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान रहेको छ । वृतचित्रको सम्पादन राजन खरेल रहनुभएको छ ।
यसैगरि ‘घज्याङ’ वृतचित्रको पनि प्रर्दशन रहेको छ । रामशरण माझीको निर्देशकमा बनेको ढोलो पोदो वृतचित्र को सम्पदन राजन खरेलले गर्नुभएको छ भने निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान रहेको छ ।
बुद्ध मगरले सम्पादन र निर्देशन गर्नुभएको मगर समुदायको ‘रोस’ को पनि प्रर्दशन हुने छ । यस वृतचित्रको निर्मातामा तुलाजी सारु मगर, गणेश थापा मगर रहनुभएको छ । तामाङ भाषामा बनेको ‘दार्बुङ’ को निर्देकमा हुत्त बहाादुर तामाङ रहनुभएको छ भने निर्मातामा लोसाङ लामा, इंकेश लामा र यस चलचित्रको सम्पादन अर्जुन खड्का रहको छ ।
परशुराम चौधरीको सम्पादन निर्देशकमा बनेको ‘जितिया २’ चलचित्रको निर्मातामा रिशन चौधरी, खुम्बु चौधरी रहनुभएको छ । नेपाल आदिवासी चलचित्र महासंघले मौलिक आदिवासी मातृभाषी चलचित्र निमार्णमा प्रोत्साहन, अन्तराष्ट्रियकरण गर्ने आदिवासी जनजाति चलचित्र महासंघको अभियान भन्ने मुल नाराका साथ आदिवासी जनजाति मातृभाषाका चलचित्रका विषयमा काम गर्दै आईरहेको छ ।