भिम गोले प्यानलद्वारा उम्मेद्वारी घोषणा, आफ्नो एजेण्डासहित निर्वाचन मैदानमा  

Admin
Admin२८ साउन २०८२, मङ्गलवार
भिम गोले प्यानलद्वारा उम्मेद्वारी घोषणा, आफ्नो एजेण्डासहित निर्वाचन मैदानमा  

नेपाल पर्यटक यातायात व्यवसायी संघमा भिम बहादुर गोलेसमूहद्वारा उम्मेदवारी घोषणा गरेको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को ११ औँ अधिवेशनका लागि उम्मेद्वार घोषणा गरेको हो । 

यहि मिति २०८२ भाद्र ३ गते हुने निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेको हो । सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरि सोको जानकारी दिईएको हो । 

अध्यक्ष पदका उम्मेद्वारी भिम बहादुर गोले तामाङको समूहमा बरिष्ठ उपाध्यक्ष ड्राईभर एडभेन्चर प्रा.लि.का बिनोद तामाङ, उपाध्यक्षमा आर के एस भेहिकल सर्भिस प्रा. लि. का राम कुमार बस्नेत, महासचिवमा हेल्पफुल भेहिकल सर्भिस प्रा.लि.का भरत प्रसाद तिमिल्सिना, सचिव पदका लागि टाईगर ट्रभल एन्ड टुर्स प्रा. लिका टेक पुन मगर, कोषाध्यक्षमा ट्रीनिटी टुर्स सर्भिस प्रा.लि.का संचालक तेजमान लामा, र सदस्यहरुमा त्रिदेव भहिकल सर्भिस प्रा.लि.का बजिराम घिमिरे, हिमालयन टुर्स एण्ड भेहिकल प्रा. लि.का हरि हुमगाई तथा नोरन्जन रमझम भेहिकल सर्भिस प्रा. लि. रहेका छन भने ३ जना सदस्य निर्वाचन पछि मनोनित हुने छ । 

अध्यक्ष पदका उम्मेद्वार गोले प्यानलले ९ बुँदे एजेन्डा पनि अघि सारेको छ । एम्बोस्ट नम्बर प्लेटको मुद्धामा पर्यटक यातायातको अस्तित्वलाई कायम राख्ने, कम्पनिको नाममा रहेको रातो नम्बर प्लेटको सवारीको हकमा सहजरुपमा चल्नको लागि पहल गर्ने, व्यबसायीहरुसंग नजिक भएर समस्याको पहिचान गरि समाधानको पहल गर्ने, सरकारसंग सवारी पार्किङको लागि पहल गर्ने, गैर व्यावसायीहरुलाई व्यवसायी मैत्री बनाउन प्रोत्साहन र संस्थालाई प्रादेशिक कार्यलयहरु बिस्तार गर्ने लगायतका एजेन्डा सारेको छ । 

सो पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष पदका उम्मेद्वारी गोलेले पर्यटक यातायात व्यवसायी संघलाई थप सुदृडिकरण र पारर्दशिता बनाउनको लागि आफु लागि पर्ने भनाई राख्नुभयो । उहाँले राजधानी काठमाडौँ लगायत दशैभर पर्यटक क्षेत्रमा काम गरिरहेको यातायात व्यवसायीलाई एकजुट बनाएर अघि लैजाने प्रतिबद्धता समेत गर्नुभयो । गोलेले आफु अध्यक्ष निर्वाचित भए चालक तथा कर्मचारीहरुको क्षमता विकासका लागि सिप दिने, पर्यटकमैत्री सेवा प्रबर्धन र नयाँ प्रविधि प्रयोगमा प्राथमिकता दिने बताउनुभयो । 

यसैगरि संघभित्रका अर्को समूहबाट अध्यक्ष पदका लागि प्रकाश सापकोटाको नाम चर्चामा आएकोले गोले प्यानलबाट फुटेर हैन जुटेर अघि बढ्नको लागि एकजुट हुन आह्वान गर्नुभएको छ । गोलले भन्नुभयो हामी सबैको साझा एजेन्डा एउटै भएकोले मिलेर जाँदा राम्रो हुने धारणा राख्नुभयो । 

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को २२ औँ साधारण सभा तथा ११ औँ अधिवेशन २०८२ भाद्र ५ गते लाजिम्पाटस्थित होटेल शंकरमा हुने भएको छ । 


 

प्रतिक्रिया