दुई दर्जन कार्यपत्र माथि छलफल गर्दे प्रज्ञा–प्रतिष्ठानको आयोजनामा समाजिकशास्त्र सङ्ंगोष्ठी सम्पन्न 

Admin
Admin१८ जेठ २०८१, शुक्रवार
दुई दर्जन कार्यपत्र माथि छलफल गर्दे प्रज्ञा–प्रतिष्ठानको आयोजनामा समाजिकशास्त्र सङ्ंगोष्ठी सम्पन्न 

नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको समाजिकशास्त्र वार्षिक सङ्ंगोष्ठी राजधानीमा सम्पन्न भएको छ ।  दुई दिवशीय  सो संगोष्ठीमा २३ जना अनुसन्धानकर्ताहरुको २२ वटा कार्यपत्र प्रस्तुत भएको प्रतिष्ठानको सामाजिकशास्त्र विभागकी प्रमुख डा. कौशिलारिसालले जानकारी दिनुभयो । 

सवैको भाषा, सबैको ज्ञान,  सवैको प्रज्ञा–प्रतिष्ठान भन्ने नाराका साथ आयोजित सङ्ंगोष्ठीमा समाज, स्वास्थ्य, राजनीति परिवर्तन, भाषा, सीमान्तकृत समुदाय, विकास र समाज, द्वन्द्व र शान्ति, आदिवासी पहिचान लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत भएका थिए । 

संगोष्ठीको समापन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले सङ्ंगोष्ठी मार्फत समाजका विविध विषयलाई बहसमा ल्याएर प्राज्ञिक कार्य गर्न लागिएको बताउनु भयो । उहाँले आगामी वर्षमा सामाजिकशास्त्रको विषयलाई अरु सशक्त बनाउने पनि जानकारी दिनु भयो । 

प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले सीमित स्रोत र साधानका बीच आयोजित सङ्ंगोष्ठी फलदायी भएको बिचार राख्नु भयो । सङ्गोष्ठीमा अधिकाँश कार्यपत्रहरु समाबेशीकरण, आदिवासी पहिचान र सामाजिक उत्पीडनका बिषयमा केन्द्रीत थिए ।

खास गरेर आदिवासी जनजातिको पहिचानमा राज्यको भूमिका, बिद्यमान समावेशी अवस्थाको समीक्षामा सङ्ंगोष्ठी केन्द्रीत भएको थियो । 
यस अघि समाजशास्त्री डा. सुरेश ढकालले ’समाबेशी लोकतन्त्र र साँस्कृतिक राजनीति पश्चिमा थारुहरुको पहिचान‘ बिषयको कार्यपत्र प्रस्तुत गर्दे  आदिवासी थारुको प्रथाजनित संस्था बरघरको क्रियाकलापमा स्थानीय सरकारको मान्यताको प्रभाव सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नू भएको थियो । 

सोही सत्रमा कुमार यात्रु र टासी लामा ह्योल्मोले ’आदिवासी ह्योल्मोको प्रथाजन्य स्वशासन प्रणाली‘ विषयक कार्यपत्र प्रस्तुत गर्दै ह्योल्मो जातिको भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गर्न प्रथाजनित संस्था सफल भएको भएता पनि सो संस्थाप्रति सरकारी मान्यता पाउन नसकेको उदाहरण सहित कार्यपत्र प्रस्तुत गर्नू भयो । 

प्रा.दिनेशराज पन्तको अध्यक्षतामा भएको ’द्वन्द्व र शान्ति, समाजवाद र आदिवासी पहिचान‘ बिषयको कार्यपत्र प्रस्तुतिको सत्रमा  प्रा.डा. विष्णुराज उप्रेतीले समाजमा द्वन्द्व भइरहने हुँदा यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताउनु भयो । 

अर्का प्रस्तोता डा. पुनम रत्नराज्यलक्ष्मी राणाले ’नेपाली समाजको सनतात विवाह पद्धतिका बारे‘ आफनो कार्यपत्र प्रस्तुत गर्नू भएको थियो भने केशव पुडसैनीले ’समाजवाद स्थापनाबारे‘ आफनो वैचारिक कार्यपत्र राख्नु भएको थियो । 

‘विकास र समाज’ विषयक अर्को कार्यपत्र प्रस्तुतिको सत्रमा डा. हिक्मत बहादुर खत्री, डा.दयानाथयोगी, धर्मेश पोखरेल, मकर बहादुर सार्की र तुलसी साप्कोटाले आफनो आफनो कार्यपत्र राख्नु भएको थियो । सो सत्र प्रा.डा. सोम खतिवडाको अध्यक्षतामा भएको थियो । 

कार्यक्रमको पहिलो दिन प्रा. डा. कृष्ण हाछेथुले राजनीतिक परिवर्तन र नेपाली समाज बारे प्रबचन दिनु भएको थियो । उहाँले देशमा आएको परिवर्तन अधिकाँश खसआर्यलाई मन नपरेको टिप्पणी गर्दे समावेशी लोकतन्त्रबाट उदारवादी लोकतन्त्रतिर गइरहेको बताउनु भयो । 

यसै गरी नेपाली राजनीतिक परिवर्तनको सन्दर्भमा समाबेशीता बिषयक समुहगत छलफलमा प्रा.डा. त्रिरत्न मानन्धर, प्राडा रामकृष्ण तिवारी, डा. लक्ष्मी थापामगर र डा. निमा नन्द रिजाल हुनुहुन्थ्यो । डा. विष्णु कुमार सिङजालीले सञ्चालन गर्नू भएको सो समुहगत छलफलमा बिद्यमान समाबेशीता अधुरो रहेको बताउनु भएको थियो । 

प्रा.डा. प्रेम खत्रीको अध्यक्षतामा भएको ‘समाज र राजनीति, संस्कृति, सीमान्तकृत समुदाय‘ बिषयको अर्को कार्यपत्र प्रस्तुति सत्रमा प्रा. देवी पौडेल, डा. स्यामु थापामगर, डा. सोमबहादुर धिमाल, भोजविक्रम बुढामगर र कृष्णकुमार शाहले प्रस्तुति राख्नु भएको थियो ।यसै गरी समाज र स्वास्थ्य,राजनीतिक परिवर्तन, भाषा बिषयको कार्यपत्र प्रस्तुतिको सत्रमा प्रा.डा. दीपबहादुर अधिकारी, डा. शशी थापा पण्डित, केशबलाल शिलवाल, गौरी तमु, दामोदर न्यौपाने, सन्तोष चोङवाङ लिम्बु समेतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रा.डा. कर्णाखर खतिवडाको अध्यक्षतामा सो सत्रसम्पन्न भएको हो । 

कार्यक्रम डा. सिङ्जाली, नारायण शर्मा र विश्वेसर कट्टेल लगायतले पालैपालो सञ्चालन गर्नू भएको थियो । सो सङ्गोष्ठीमा प्रस्तुत भएका कार्यपत्रहरु प्रतिष्ठानको आगामी प्रकासनमा प्रकासित हुने जानकारी दिइएको थियो । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin