इलाम–२ को उपनिर्वाचन र राजनीतिकमा पहिचानको आयाम

कुब्जोङ किरात
कुब्जोङ किरात१३ वैशाख २०८१, बिहिवार
इलाम–२ को उपनिर्वाचन र राजनीतिकमा पहिचानको आयाम

यही १५ वैशाखमा सम्पन्न हुने इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि मौन अवधि सुरु भएको छ । देश–विदेशमा रहेका नेपालीहरूको चासोचाहिं इलाम–२ मा गढिएर रहेको छ । ०७९ मंसिरको आम चुनावमा संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवास नेम्बाङको निधनपछि यो उपनिर्वाचन गर्नुपरेको हो । इलाम–२ मा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । आम मानिसको चासोचाहिं ‘पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम जित्छ÷जित्दैन’ भन्नेमा छ । किनभने प्रदेश–१ लाई ‘कोशी’ नामाकरण गरिएपछि पहिचान आन्दोलन जारी छ । त्यही पहिचान पक्षधरले थेगिमलाई उम्मेदवार बनाएका छन् । सहिद लाजेहाङको सहादतको कदर हुनुपर्छ भन्दै अनौपचारिक रूपमा पहिचानवादी राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थाहरूलगायत ४३ वटा शक्तिहरू जुटेका छन् । आदिवासी जनजातिलगायत घटक संलग्त कोशी प्रदेश पुनःनामांकन संघर्ष समितिको तर्फबाट एकमात्र उम्मेदवार हुन्, थेगिम । मेयर हर्क साम्पाङ, मेयर बाले शाहलगायत इलाम–२ पुगेर पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार थेगिमलाई साथ दिएका छन् ।

सत्तासिन एमाले र माओवादीले इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताउन गठबन्धन गरेका छन् । सत्तारुढ उदीयमान रास्वपा पहिलो पटक उपस्थिति जनाउँने दाउमा छ । त्यसनिम्ति नेपाल आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूलाई उम्मेदवार उठाएको छ । प्रतिपक्ष कांग्रेसले यसअघि निर्वाचनमा ११४ मतले पराजित डम्बर खड्कालाई उम्मेदवार बताएको छ । राप्रपा, जनमत पार्टी, मंगोल नेसनल अर्गनाइजेसनलगायत दलले आफ्नो उम्मेदवारलाई जिताउन मतदाता रिझाउन पुगेका छन् । 

इलाम–२ मा इलाम नगरपालिकामा (१० वडा बाहेक) ३४ हजार ४५ छन् । देउमाई नगरपालिकामा २६ हजार ३६५ तथा माई नगरपालिकाका ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता छन् । यस्तै चुलाचुली गाउँपालिकामा १८ हजार ५४५, माङसेबुङ गाउँपालिकामा १२ हजार ५३६ र फाकफोकथुम गाउँपालिकामा १६ हजार ३०२ छन् । यसरी कुल १ लाख १५ हजार ८८९ मतदाता छन् । कुल मतदातामध्ये पुरुष ५९ हजार १८ जना, महिला ५६ हजार ८६९ जना र अन्य २ जना रहेका छन् । 

निर्वाचन लोकतान्त्रिक व्यवस्थाको कुञ्जी हो । निर्वाचनमा सहभागी सबै दलहरूका उम्मेदवार जित्दैनन् । एक मतको फरकमा कुनै एक उम्मेदवारको विजय हुन्छ । यो उपनिर्वाचन यो पार्टीले जित्छ र त्यो पार्टीले हार्छ भन्नेभन्दा पनि औपचारिक रूपमा ‘पहिचान’को मुद्दालाई लिएर उम्मेदवार उठाइनु प्रमुख कारण रहेको छ । पहिचानको मुद्दालाई कुनै पार्टीले पन्छाउन सक्दैन भन्ने जनाधार निर्माण भएको छ । 

‘चुनावको नतिजा जस्तो आएपनि हामीले जितिसक्यौं’
प्रेम येक्तेन, अध्यक्ष– किरात याक्थुङ चुम्लुङ

परिणाम जितको पक्षमा अपेक्षा राखेका छौं । तथ्यांकगत रूपमा भोट एक मतले पनि हारजित हुन्छ । पहिचान पक्षधरको जित नभए पनि दोस्रो भएपनि तेस्रो भएपनि अहिलेको शक्ति प्रतिपर्धिसँग पहिचानको आन्दोलनले एक वर्षमा साझा संयुक्त संघर्षका रूपमा हामीले उठाएपछि यो परिणाम आएको हो । परिस्थिति निर्माण गरेर । दोस्रो, तेस्रो शक्ति भनेको राज्यशक्ति निर्माणकै पोजिसनमा पुगेको मानिन्छ । पावर कम्पिटिसनमा पुग्ने राम्ररी नै पुग्ने देखिएको छ । पहिचानको आन्दोलनले स्थापित गरेको शक्तिलाई । 

चुनावमा जाने कि नजाने भन्ने ठूलो विवाद थियो, संघर्ष समितिमा । चुनाव बहिस्कार गर्नुपर्छ भन्ने पनि थियो । अपनत्व निर्माण गर्न चुनावमा उम्मेदवार आवश्यक ठान्यौं । कोशी नाम खारेजको आन्दोलन सडकमा प्रस्तुत गर्ने काम राम्ररी भयो ।

चुनावमा जाने कि नजाने भन्ने ठूलो विवाद थियो, संघर्ष समितिमा । चुनाव बहिस्कार गर्नुपर्छ भन्ने पनि थियो । अपनत्व निर्माण गर्न चुनावमा उम्मेदवार आवश्यक ठान्यौं । कोशी नाम खारेजको आन्दोलन सडकमा प्रस्तुत गर्ने काम राम्ररी भयो । सडकमा रहेको मतलाई संगठित रूपमा, संसदीय प्रणालीमै भएकोले भित्र पनि संगठित रूपमा प्रस्तुत गर्न सक्षम छौं भन्ने सिद्धान्तलाई प्रयोगको रूपमा संघर्ष समितिले निर्णय ग¥यो । त्यसलाई हामीले सफलतापूर्वक प्रयोग ग¥यौं । अहिले हामी चुनावको परिणाम जे आओस् तर हाम्रो आन्दोलनको कुरालाई घर–घरमा पु¥याएका छौं । सबै मानेमा जितिसकेका छौं । 

जसरी पहिले नेपाली राजनीतिमा साम्यवाद भनेर कम्निजम भनेर ठूलो धार थियो । यसैगरी प्रजातान्त्रिक समाजवाद भन्ने थियो । राजावादीले लामो शासन गरे । तर पहिचानवादी भन्दाखेरी मधेसमा स्थापित भएको छ । पहाडी भेगमा यो शक्ति नै होइन भनेर गणनामै थिए । अरुबेला बाहिर कुरा गरेपनि चुनावी मैदानमा गएपछि एकपक्षीय रूपमा साम्यवाद र प्रजातान्त्रिक समाजवादमात्र भन्थे । पहिचानको नाम नआउने अवस्था थियो । त्यसलाई यो चुनावले सर्लक्कै स्थापित गरिदिएको छ । अब यो ट्रेन्डलाई हामीले बचाएर जिवन्त बनाएर यही हिसाबले अघि बढ्न थुप्रै नेतृत्व दलका मान्छेहरूले राम्रो त्यागको वातावरण निर्माण गरेका छन् । सानो–सानो पोजिसनमा रहेका शक्तिहरूलाई एकीकृत गर्दाखेरी स्थिति बनेको हो । हामीले एउटा मोडेल दियौं । यो मोडेल तमुवानमा पनि सम्भव छ । मगरातमा सम्भव छ । वाग्मती नेवा–ताम्सालिङमा सम्भव छ भन्ने मोडेल स्थापित भएको छ । त्यसैले गर्दा हामीले जितिसकेको विश्लेषण रहेको छ । चुनावको नतिजा जस्तो आएपनि हामीले जितिसक्यौं । आन्दोलनलाई जिवन्त बनाउने लक्ष्य थियो, पूर्णरूपमा सफलता पाइसक्यौं । किनभने चुनावले हाम्रो आन्दोलन सिध्याउँदै थियो । 

हामी बीसै थरीका मान्छे भेला भएका छौं, सांगठनिक र विचारका हिसाबले । अनि चुनाव भन्नेबित्तिकै कोही हलो बोकेर दौडिने । कोही घर बोकेर दौडिन्थ्यो । कोही रुखैतिर फर्केर जान्थ्यो । हामी विचरा भएर टुलुटुलु हेर्नुको विकल्प थिएन । आन्दोलनलाई बचाउन एकीकृत रूपमा बचाउन साझा उम्मेदवार बनाउनु नै हाम्रो लागि पहिलो विजय हो । दोस्रो, जित्नु पर्छ । तेस्रो, जित्न सकेनौं भने दश हजारभन्दा बढी मत हासिल गर्ने माहोल निर्माण ग¥यौं भने हाम्रो आन्दोलनलाई जनतामाझमा लगेर अनुमोदन गर्न सक्छौं । यदि चारै हजारमात्रै मत ल्यायौं भने पनि हामी आन्दोलनमा प्रतिवद्ध भएर संगठित रूपमा साँच्चै पहिचानको पक्षमा लड्नेलाई जिवन्त रूपमा क्रियाशील रहन एकगठ बनाउन शक्ति मिल्छ भन्ने हाम्रो तर्क स्थापित गर्न अघि बढेका छौं । ‘फुटाऊ र शासन गर’ भन्ने राजनीतिक दलहरूका निम्ति ठूलो चुनौती खडा भएको छ । केही नलागेपछि धार्मिक रूपमा समेत फुटाऊ निर्माण गर्नेतर्फ ठूला दलहरू लागे तर सकेनन् । 

‘पहिचानको राजनीतिमा लाग्नेलाई फर्मुला दियो’

गोबिन्द छन्त्याल, अधिकारकर्मी

इलाम–२ को पहिचान मुद्दाको सवाल प्रखर बनेको छ । आदिवासी जनजातिलगायत जसको राज्यबाट तिरस्कृत र हेपिएका पहिचानहरू छन् । त्यो पहिचानहरूको सवालचाहिं सामाजिक, सांस्कृतिक स्पेसमा मात्रै सशक्त थियो । अब संसदीय लोकतन्त्रको मत (भोट)को राजनीतिमा रूपान्तरण हुनेतर्फ प्रस्थान गरेको छ । सामाजिक र सांस्कृतिक पूँजीलाई राजनीतिक पूँजीमा रूपान्तरण ग¥यो । पहिचानको मुद्दा सामाजिक, सांस्कृतिक मुद्दा हो भन्ने भाष्यलाई अब राजनीतिक मुद्दा हो भन्ने एजेण्डा लोकप्रिय बनेको छ । यो मुद्दाले महान, ठूला भनिएका दलहरूको निद्रा हराम गरिदिएको छ । तनाव बनाएको छ । पहिचान अब एउटा फर्मुला बनेको छ । 

अर्को, पहिचानको राजनीति गर्छु भन्नेहरूलाई साना–साना पसल थापेर बस्नेहरूलाई एक ठाउँमा आएपछि साँचो एक ठाउँमा छ भने जनताले साथ दिन्छन् भन्ने सबक सिकायो । यो पहिचान आन्दोलनले । किनभने कहिले हामी विभिन्न निर्वाचन चिन्ह लिएर पहिचानको राजनीति गर्छु भनेर जनताको घरआँगनमा जाँदा उसलाई जनताले पत्याइरहेको थिएन । एक ठाउँमा मिलेर पहिचानको एउटै मोर्चामा निर्वाचनमा गइसकेपछि जनताले साथ दिन्छन् । त्यसैले पहिचानको मुद्दा राजनीतिक रूपमा स्थापित हुन फर्मुला निर्माण भएको छ । 

तेस्रो, एउटा आन्दोलनले सबक सिकायो । अर्को, राजनीतिक रूपमा पहिचान सकियो । अब विकास र समृद्धिको मुद्दा हो भन्ने कुरालाई जवाफ दियो । मान्छेको र समुदायको पहिचान अत्यन्त महत्वपूर्ण हो भन्ने स्थापित भएको छ । संसदीय लोकतन्त्रमा दलीय राजनीतिको जुन कोर्स छ, त्यो कोर्सले अहिलेसम्म जे अनुभव गर्दै आयौं । मुलतः २०४६ सालको परिवर्तन पछाडि । त्यो कुरा अब यसरी पनि संसदीय लोकतन्त्रमा हाम्रो प्रतिनिधि पठाउन सक्छौं भन्ने प्रमाणित भएको छ । दलमात्रै महत्वपूर्ण हो भन्ने रहेन । जनताको प्रतिनिधि अर्को तरिकाले पनि छान्न सकिन्छ । लोकप्रिय हुनसक्छ । त्यसको उदाहरण हर्क साम्पाङ, बालेनहरू हुन् ।

म आफैं पनि सहभागी भएँ चुलाचुलीमा । हिजो चुलाचुलीमा तीनवटा भाषण थियो । डकेन्द्रसिंको आइतबारेमा थियो । । दश हजारभन्दा बढी मान्छेको उपस्थिति थियो । खोटाङदेखि काठमाडौंदेखि लिएर जनसागर उर्लिएको थियो । केपी ओलीको भन्दा दोब्बर थियो, उपस्थिति चुलाचुलीमा । केपीकोमा पाँच–सात हजारभन्दा बढी थिएन । नेकपा एसकोमा पाँच–सात सय जति थिए । 

यसले सिंगो राजनीतिक कोर्सलाई प्रश्न गरेको छ । पहिचानको राजनीतिमा लाग्नेलाई फर्मुला दियो । राजनीतिक बाटो तय गर्नलाई एउटा संकेत ग¥यो । पहिचानको राजनीति काम लाग्दैन । विकास र समृद्धिमात्र हो भन्ने कुरालाई प्रतिवाद ग¥यो । 

‘सत्ता, शक्तिको दुरुपयोग र पैसाको खेल भएन भने पहिचानवादी जित सुनिश्चित छ’

दिपिन राई, पत्रकार

नेल्सन मण्डेलाले अफ्रिकामा पहिचानलाई केन्द्रमा राखेर लडेर जुन परिवर्तन ल्याए । त्यो सिस्टम इलाम क्षेत्र नं. २ मा आयो । उभार व्यापक छ । कालो बादलले पहिचानवादीलाई छोपेको छ । त्यो कालो बादलको ढिक्काबाट पानीचाहिं वर्षियो भने डकेन्द्रसिं थेगिमको विजय हुन्छ । तर आज वैशाख १३ र भोलि १४ को सत्ताको राप र पैसाको खेल अनि शक्तिको दुरुपयोग भयो भने त्यो बादललाई उडाएर अन्य सुहाङकोमा या डम्बरकोमा जानसक्ने स्थिति छ । इमानदारिता, सत्ता र शक्ति, पैसाको खेल भएन भने सम्भावना बोकेको हो डकेन्द्र थेगिमले । म आफैं पनि सहभागी भएँ चुलाचुलीमा । हिजो चुलाचुलीमा तीनवटा भाषण थियो । डकेन्द्रसिंको आइतबारेमा थियो । । दश हजारभन्दा बढी मान्छेको उपस्थिति थियो । खोटाङदेखि काठमाडौंदेखि लिएर जनसागर उर्लिएको थियो । केपी ओलीको भन्दा दोब्बर थियो, उपस्थिति चुलाचुलीमा । केपीकोमा पाँच–सात हजारभन्दा बढी थिएन । नेकपा एसकोमा पाँच–सात सय जति थिए । 

दोस्रो स्थिति प्रत्येक घरमा पहिचान–पहिचान भन्छ । तर पहिचानवादीहरूको संगठन भित्रसम्म छैन । चारवटा संगठन बलिया छन्, जनमुक्ति, संघीय लोकतान्त्रिक मञ्च (कुमार लिङदेन), जसपा र नागरिक उन्मुक्ति पार्टी । समर्थक घटक ४१ वटा छन् पहिचानवादीको । 

तर समर्थन घटक बाहिरबाट भएरभन्दा पनि संगठन भित्रबाट हुनुपर्छ । भित्रबाट संगठन कमजोर छ । यता सुहाङको चाहिं टोल–टोलमा छ । डम्बरको पनि टोल–टोलमा छ । घण्टीको चाहिं पहिचानवादीको जस्तै छ । तर उनको रापतापचाहिं बाहिरको छ । विदेशमा छोराछोरी रहेकाहरूको छ । त्यसले तेस्रो–चौथोमा आउने देख्छु । 

आज रात र भोलिको रातले त्यो बादल उडाइदियो भने पहिचानवादी तेस्रोभन्दा माथि आउँदैन । त्यो राप बादललाई शक्ति, सत्ता र पैसाले केही गर्न सकेन भने त्यो वर्षियो भने डकेन्द्रको जित सुनिश्चित छ । कुल मतदाताको ६७ प्रतिशत आदिवासी जनजाति भएको ठाउँ हो । दलित ५–७ प्रतिशत, खस १७–१८ प्रतिशत छ । आदिवासी जनजाति पहिचानवादी हुँ भन्ने सबैले भोट दिने हो भने डकेन्द्रसिं हाईहाई नै छन् । तर, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा पहिचान पक्षधर भए पनि ग्रामीण क्षेत्रमा कोही कांग्रेस छन् । कोही एमाले छन् । माओवादीको मत आदिभन्दा बढी डकेन्द्रलाई झर्लाजस्तो छ । विप्लव माओवादी र एमाले मिले पनि केही मतहरू पहिचानमा जान्छ । मंगोलले आफ्नो मत बढाउँछ । उसले पहिचान जान्दैन । एमाले, कांग्रेस जान्दैन । बाहुन देख्नै सक्दैन । त्यसले आफ्नो मत बढाउँछ । जनमतले पनि पाँच–सात सय मत ल्याउला जस्तो देखिन्छ । उम्मेदवार १९ जना छन् तर कोशी प्रदेश खारेज संयुक्त संघर्ष समितिको उम्मेदवारीले राजनीतिक डिस्कोर्समा नयाँ आयाम सिर्जना गरेको छ । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु कुब्जोङ किरात