मगर जनजीवन, ‘घरज्वाइँ’ फिलिम र सांस्कृतिक वैभव

कुब्जोङ किरात
कुब्जोङ किरात१० भदौ २०८१, सोमवार
मगर जनजीवन, ‘घरज्वाइँ’ फिलिम र सांस्कृतिक वैभव

दसवर्षे जनयुद्धको उद्गम थलो रोल्पा र रुकुम भनेर सबैलाई थाहा भएकै कुरो हो । ‘घरज्वाइँ’ फिलिममा दसवर्षे जनयुद्धको अघि, जनयुद्ध काल र त्यसपछिको समयको सेरोफेरोमा रहेर टकसेरालाई क्यामरामा उनिएको छ । तर कस्तो भने फिलिमका कुनै पात्र आधुनिक विकाससँग सम्बन्ध राख्दैनन् । यहाँ मोटर बाटो पुगेको छैन । ‘घरज्वाइँ’ फिलिममा माओवादीले टकसेरावासी समाजको परम्परा लयमाथि हस्तक्षेप गरेको छैन । स्विकारेकै देखिन्छ । लेखक बमकुमार बुढामगरको तर्कमा नालापानी युद्ध, नेपाल एकीकरण र माओवादी युद्ध वास्तवमा मगर जातिको सैन्य संस्कृतिमा निर्भर रह्यो ।
हजारौं वर्ष पुरानो गाउँ हो, टकसेरा । उत्तर बहने उत्तरगंगा छेवैमा सेरा गाउँ छ । उत्तरगंगा सानीभेरीमा मिसिन्छ । टक गाउँ छुट्टै छ । चारवटा गाउँहरू मिलाएर टकसेरा भनिन्छ । यही गाउँमा जन्मी हुर्केका अनिल बुढामगरले निर्देशक गरेको ‘घरज्वाइँ’ फिलिममा तत्कालीन सामाजिक यथार्थलाई जेजसरी पर्दामा पस्केका छन्, सशस्त्र द्वन्द्वकालपछि सिनारियो फेरिएको छ । 

 

गत साउन तेस्रो दिन ‘घरज्वाइँ’ फिलिम हेरेपछि त्यसमा समेटिएका घटनाहरूको रिल यो दिमागमा घुमिरह्यो । ओहो, यो त एउटा फिलिम होइन रहेछ । आदिवासी मगर समुदायको कथा रहेछ भन्ने लाग्यो । ह्याङ निक्लिनै सकेन । के गरौं । के भनौं । कसरी पो लेखेर यो भडास पोखौं भन्ने लागिरह्यो । आफू नपुगेको रुकुमको तकसेरामा बसोबास गर्ने मगर समुदायको कथा उनिएको रहेछ । कस्तो अनौठो संस्कार परम्परा रहेछ । घरज्वाइँ बस्ने, नबस्ने कुरा पनि अचम्मकै हुने रहेछ । 

सोरोले बिन्जुरीलाई भगाएर घर भित्र्याएको क्षण अति मन पर्यो । रमरम बैंसकी सुन्दरी बिन्जुरी केन्द्रमा छ । घरिक घरज्वाइँ बस्न मन्जुर तन्नेरी सोरोको याद आउँछ । बिन्जुरीको बाबु सुरजितको त्यो अरमठ्ठे स्वभावप्रति आक्रोश जाग्छ । हुनु पनि यतिसाह्रो कडा स्वभावमा प्रस्तुत हुन्छन् कि सोरोले हलो जोत्न नजान्दा घरज्वाइँ बस्न मन्जुर सोरोलाई दिनसम्म सजाय दिन्छ । एक्लै भए त ठिकै थियो नि चैते लाहुरेको लैलैमा किन लाग्नुप¥यो गाँठे ! त्यो चैतेले रम ख्वायो भन्दैमा उसैलाई छोरी दिनुपर्ने भित्री इच्छाले छोरी भगाएर लगिसकेका सोरोलाई पेल्नै पर्छ । आब्बुइ यस्तो मूर्खतालले हुँदैन नि हौ । जिन्दगीमा एकचोटि त बिहे गर्ने हो नि ! नभगाउनु सोरोले भगाएर बिन्जुलीलाई घर भित्र्याइसकेपछि छोरीले राजी नै हो भनिसकेपछि यस्तरी बहकिनु हुन्नथ्यो नि सुरजित बुढो । हुनु ता आफूले जन्माए, हुर्काएको एक्लो सन्तान हो ! त्यत्ति राम्री बिन्जुरीलाई आँखा लाउने अधिकार चैते लाहुरेको पनि थियो । तर सोरोले भगाएर बिन्जुरीलाई आफ्नो बनाइसकेपछि पनि चैतेको हक त गुमिसकेको थियो । तैपनि उसले बिन्जुरीको बाउलाई रम ख्वाएर सोरोमाथि भिलेनगिरी खेल्न साह्रै नहुने काम हो । धन्नधन्न माओवादीले पनि समाजिक परम्परा नै सबैथोक हो भन्यो । माओवादीले छोरी राजीखुसी छ भनेर पत्तो पाउँछ र बाबुलाई भनिदिन्छ– भगाएर बिहे गरेकी छोरी राजी छिन् । जबरजस्त खोसेर केही फाइदा छैन । कमरेडहरू भन्छन्– ‘हाम्रो पार्टीको कुरा चल्दैन, केटीको बाउको कुरा चल्छ ।’ त्यसपछि बिन्जुरीको बाबुलाई पनि छोरीको इच्छा सर्वोपरि हो भन्ने बुझ्छ । 
तैपनि सुरजित बुढो कडै हो है । तकसेरा गाउँको मगरहरूमध्ये एउटा उधुमै मच्चाउन सक्ने बुढो हो, जसले छोरीको भविष्य उज्यालो पार्न अन्ततः चैते र सोरोलाई बँदेल हान्न लगाउँछन् । जसले बँदेल हान्छ उही घरज्वाइँ बस्न पाउँछ । कहिल्यै बन्दुक नछोएका सोरोको हातको बन्दुक आफैंले खोसेर बँदेल झिरिप पारेपछि सुरजित बुढाको मानवताको पाना उघ्रिनु सुखद् सन्देश हो । 

उही कथा फेरि दोहोराउँछु। सोरोले बिन्जुरीलाई भगाएर घर भित्राएपछि समाजमा नयाँ द्वन्द्व सिर्जना हुन्छ । त्यसो नहुनुपर्ने हो । तर सुन्दर रूपकी धनी बिन्जुरीलाई त्यो चैते लाहुरेले आफ्नो बनाउन खोज्दै गर्दा सोरोले भगाएपछि परिस्थितिले अर्को मोड लिनपुग्छ । बिन्जुरीका बाबुलाई पनि त्यो पढेलेखेका मास्टरभन्दा त लाहुरेलाई नै छोरीको बिहे गरिदिन पाए उधुमै हुने भित्री चाहना थियो । सानैमा आमा गुमाएकी बिन्जुरीलाई बाबुले कष्टसाथ हुर्काएकै हुन् । मगरको सामाजिक परम्पराका कट्टर हिमायती बाबुको मनोदशा बुझिन्छ कि लाहुरे भनेका पैसाका पोका हुन् । सजिलै स्वास्नी जाहान परिवार पाल्छन् । तर मास्टर भनेका चानचुने हुन् । समाज यसरी बोल्छ । 

यो कथा हो, मगर जातिको अब्बल भूमि रुकुम टकसेरा गाउँको । हिमाली भूमि जहाँ हिउँदभरि हिउँले ढाकिन्छ, डाँडाकाँड । अहिले नेपालका फिल्म हलहरूमा चलिरहेको फिल्म ‘घरज्वाइँ’को कथा हो यो ।

यो कथा हो, मगर जातिको अब्बल भूमि रुकुम टकसेरा गाउँको । हिमाली भूमि जहाँ हिउँदभरि हिउँले ढाकिन्छ, डाँडाकाँड । अहिले नेपालका फिल्म हलहरूमा चलिरहेको फिल्म ‘घरज्वाइँ’को कथा हो यो । फिल्म संयोगान्त छ । अन्ततः सोरो र बिन्जुरीले घरजम गर्छन् । छोरीसमेत जन्माइसकेका हुन्छ । यो कथाले टकसेरामा रहेका खाम÷पाङ मातृभाषी मगर जातिको परम्परालाई उजागर गरेको छ । बालक जन्मेसँगै मामाकी छोरीको हकदार बन्छ । उता मामाकी छोरी हुर्किन नपाउँदै फुपूको छोरासँग जोडी बन्ने सामाजिक परम्परागतले बाँधिएकी हुन्छ । तर त्यो बालक जसले मामाकी छोरीसितै बिहे गर्न नरुचाउन पनि सक्छ । अर्कै केटी मनपरेर बिहे गर्न सक्छ । तर, बिहे गर्नुअघि मामाकी छोरीबाट त्यो चिनो फिर्ता लिएको हुनुपर्छ । नत्र सांस्कृतिक:प्रथाजनित कानुनको उल्लंघन हुनसक्छ । 

‘घरज्वाइँ’ चलचित्रका प्रमुख पात्र सोरो (नायक दयाहाङ राई)को परिवेश उधिन्नेतर्फ उन्मुख गराउँछ । सोरो माओवादीको दसवर्षे सशस्त्र जनयुद्धको बेला बाबु–आमाले सहरमा शिक्षा आर्जन गर्न पठाएको पात्र हुन् । उच्चशिक्षा आर्जन गरिसक्दा यता सशस्त्र जनयुद्ध सकिन्छ । सोरो एक दिन गाउँ फर्किन्छ । उनलाई स्थानीय रहनसहन, दैनिकी, ज्ञान, सीपबाट विमुख छन् । उच्चशिक्षा हासिल गरेर फर्किएकाले गाउँको विद्यालयमा मास्टर नियुक्त गरिन्छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष उही बिन्जुरीकी बाबु हुन्छन् । तिनै मास्टरले आफ्नो छोरी भगाएपछि परिस्थिति जोखिमतर्फ मोडिन्छ । मगर जातिमा शताब्दीऔंदेखि चल्दै आएका ऋतुकालीन चाडबाडहरू छन् । त्यसैमा समाहित जनजीवनका कथाव्यथाहरू छन् । गाउँमा सशस्त्र क्रान्तिबाट शान्तिपूर्ण राजनीतिमा उत्रिसकेको माओवादी कार्यकर्ताले सामाजिक परम्परामा खासै भाँजो हालेका छैनन् । बरु परम्पराको निरन्तरता र मानव अधिकारको रक्षामा जुटेको भान हुन्छ ।

रुकुमको टकसेरामै जन्मे हुर्केका अनिल बुढामगर ‘घरज्वाइँ’ फिलिमका निर्माण निर्देशक हुन् । उनले यो फिलिममा दसवर्षे जनयुद्धको अघि, जनयुद्ध काल र त्यसपछिको समयको सेरोफेरोमा रहेर टकसेरालाई क्यामरामा उनेका छन् ।

रुकुमको टकसेरामै जन्मे हुर्केका अनिल बुढामगर ‘घरज्वाइँ’ फिलिमका निर्माण निर्देशक हुन् । उनले यो फिलिममा दसवर्षे जनयुद्धको अघि, जनयुद्ध काल र त्यसपछिको समयको सेरोफेरोमा रहेर टकसेरालाई क्यामरामा उनेका छन् । तर कस्तो भने फिलिमका कुनै पात्र आधुनिक विकाससँग सम्बन्ध राख्दैनन् । यहाँ मोटर बाटो पुगेको छैन । कसैको हातमा मोबाइल परेको छैन । बिजुली बत्तीको छायासम्म छैन । टुकी बलिरहेको छ । लाल्टिन बालेर रोडी अर्थात् थकानमा सहभागी हुन पुग्छन् । सहरबाट फर्किएका सोरा भने कुना फर्किएर सेन्ट (पफ्र्युम) काखीमा छर्केको देखिन्छ । सायद बिन्जुरी (नायिका मिरुना मगर)लाई आफूतिर आकर्षित तुल्याउने मनोकला भनेर बुझ्नु पर्ने देखिन्छ । माथि भनिसकियो कि चैते लाहुरेले रमको करामत पनि देखाएका छन् । 

फिलिम हेरेर फर्केदेखि मनमा अनेकन काउकुती चलिरहेको छ । अनि मैले मगर जातिबारे केही पुस्तक पल्टाउन थालें । आँखा पुग्यो– ‘मगर जाति ः ऐतिहासिक, राजनीतिक र सांस्कृतिक सन्दर्भ ।’ यसभित्र ‘मगरातको इतिहासमा काला र गोरा शेषको आधार’ शीर्षकमा लेखक बमकुमारी बुढामगरले लेखेका छन्, ‘दस वर्षको युद्ध (२०५२–२०६२)को सहभागिता मगर संस्कृतिमा आधारित थियो । अधिकांश मगर लडाकु सहभागी हुनुमा पारिवारिक वातावरण नै कारक थियो । नालापानी युद्ध, नेपाल एकीकरण र माओवादी युद्ध वास्तवमा मगर जातिको सैन्य संस्कृतिमा निर्भर रह्यो (बमकुमारी बुढामगर, मगर जाति ः ऐतिहासिक, राजनीतिक र सांस्कृतिक सन्दर्भ, २०७१ः९२)।’ 

यत्ति कुराले साह्रै दिमाग खाइरहेको छ । दसवर्षे जनयुद्धको उद्गम थलो रोल्पा र रुकुम भनेर सबैलाई थाहा भएकै कुरो हो । ‘घरज्वाइँ’ फिलिममा माओवादीले टकसेरावासी समाजको परम्परा लयमाथि हस्तक्षेप गरेको छैन । स्विकारेकै देखिन्छ । किताबमा बमकुमारी बुढामगरले माथिका पंक्ति लेखिभ्याएकी छिन् । अन्ततः उही लेखक बमकुमार बुढामगरलाई सोधें । ‘मगर जाति आफैंमा सीप कला भएको समुदाय हो । सैन्य त हाम्रो नाचोमा छ । खेलमा छ । बन्दुक बनाउँथ्यो । बारुद बनाउँथ्यो । दस वर्षे जनयुद्धले पो त्यसलाई बढार्दै लग्यो । बन्दुक बनाउने अनि गौडामा नम्बर हान्ने प्रशासकीय जिल्ला थियो नि पहिला । हँसिया नाम्लोजस्तै आफैं बनायो । आफैं कमायो । राणाकालमा नम्बर लगाउने, लाइसेन्स व्यवस्था गरेपछि गौडा जिल्लामा आधिकारिकता पाएको व्यक्तिको तर्फबाट नम्बर हान्ने गरिन्थ्यो, लाइसेन्स लिनलाई । सैन्य नाचो लठ्ठी जुझाएर प्रदर्शन गरिन्छ । अहिले काठमाडौंमा प्रस्तुत गराइरहेको छ । मैले आफ्नो विचारबाट भनेको हो । मूर्त र अमूर्त संस्कृति दुइटैलाई आधार बनाएर नै युद्ध सफल भएको हो भन्दै आएको छु । मैले अनुकुल समयमा बोल्दै आएको छु । पछिल्लो माओवादी युद्धदेखि नालापानीको युद्धसम्मले मगर संस्कृतिलाई आधार मानेको छ । रोल्पा, रुकुम, सल्यान, जाजरकोटको संस्कृति एउटै हो । अठार मगरात, बाह्र मगरात सुन्नु भएकै होला । पछिल्ला वार्ताका चरणहरूमा विदेशी पत्रकारसमेतले अठार, बाह्रका कुरा उठाएका छन् । युद्धमा सामेल भएकाहरूले आफ्नो विचार दिइरहेका छन्, फुटका निम्ति । हामी मगरको उद्गम थलोका रूपमा रुकुम मान्दैआएका छौं । मगर मुकामकोटको योमाखार, पेल्माखार भन्ने ओढारबाट विकास भएको भन्ने हाम्रो मिथक छ । पृथ्वीनारायण शाहले काला पल्टन र गोरा पल्टन भनेर मगरको दुइटा पल्टन राखेको थियो । किरातीहरूलाई दबाउने, नेवारहरूलाई दबाउने योजनाअनुसार मगरको छुट्टै पल्टन राखेको थियो । कालावार भनेको नदीभन्दा पूर्व नेपालको भूमि कालावार भनिथ्यो । काला भनेको अठारपन्थी बुढा, घर्ती, पुन, रोका यिनीहरूको बस्तीलाई कालावार भन्छ । गण्डकीको रिडीदेखि महाकालीसम्मको भूमिलाई काला भनेर चिनिन्थ्यो । त्यसमा अठार राज्य थिए । अठार राज्यलाई मास्न हामीलाई नै खेताला बनाएका थिए । पहिला संघात्मक अठार र बाह्र मगरातलाई एकात्मक बनायो । फेरि त्यसलाई एकात्मकलाई संघात्मक बनाउन त्यहाँको भूमि छान्यो । रोल्पा कालासेट र गोर्खा गोरासेट भन्ने ऐतिहासक कुरा हो । मैले जीवनमा समाजलाई हेर्दाखेरी देखेको यिनै कुरा हुन् (२०८१ भदौ ९ गते गरिएको कुराकानी)।’ 

अध्यता सञ्जोल लाफामगरका अनुसार मगर जातिमा लडाकु संस्कृति रहेको छ । त्यसैलाई आधार मानेर बमकुमारी बुढामगरले युद्धकलामा आधारित नृत्य, तरवार घुमाउने नृत्य, लठ्ठी घुमाउने नृत्य कलामा आधारमा उल्लेख गरेको ठान्छन् । 

अध्यता सञ्जोल लाफामगरका अनुसार मगर जातिमा लडाकु संस्कृति रहेको छ । त्यसैलाई आधार मानेर बमकुमारी बुढामगरले युद्धकलामा आधारित नृत्य, तरवार घुमाउने नृत्य, लठ्ठी घुमाउने नृत्य कलामा आधारमा उल्लेख गरेको ठान्छन् । 

निर्देशक अनिल बुढामगरले तत्कालीन सामाजिक यथार्थलाई जेजसरी पर्दामा पस्केका छन्, सशस्त्र द्वन्द्वकालपछि सिनारियो फेरिएको छ । ‘घरज्वाइँ’ फिलिम एकातिर समाज अर्कोतिर हुँदै गएको स्थिति छ । ‘जनयुद्ध चर्किदै गएपछि तकसेरालगायत मगरात क्षेत्रको मौलिक संस्कृतितामाथि हस्तक्षेप बढ्न गयो । आफ्नोपन त्याग्दै गए । जनयुुद्धकालमा ३–४ घरमात्र माओवादी थिए । शान्ति प्रक्रियामा आएपछि माओवादीको संख्या ह्वात्तै बढ्यो । तर युद्धकालमै सहर छिरेका रुकुम, रोल्पा क्षेत्रका युवाहरू गाउँ फर्किन सकेनन् । अवैध बाटो भएर अमेरिका छिर्नेमा टकसेराकै धेरै छन् । मेरा समकाली अधिकांश विदेश छिरेका छन् । नजाने त मैमात्र हो ।’ अनिलको कथन छ । बजारिया फिलिमभन्दा इतिहास बोल्ने फिलिम बनाउन सकेकामा अनिल गर्व गर्छन् । असार २८ गतेदेखि फिलिम हलहरूमा ‘घरज्वाइँ’ निरन्तर सातौ हप्तासम्म चलिरहनु यसको मौलिकताको कसी नै हो । 

हजारौं वर्ष पुरानो गाउँ हो, टकसेरा । उत्तर बहने उत्तरगंगा छेवैमा सेरा गाउँ छ । उत्तरगंगा सानीभेरीमा मिसिन्छ । टक गाउँ छुट्टै छ । चारवटा गाउँहरू मिलेर टकसेरा भन्न गरिन्छ । नेपालको झाँक्री नै झाँक्रीको गाउँ पनि भनिएको छ । मौलिकताले भरिपूर्ण टकसेरा गाउँ हो । ढुंगैढुंगाले बनेका घरहरू छन्, ढुंगाकै छाना लगाइएका छन् । बाटोघाटोमा ढुंगा बिछ्याइएका छन् । गल्ली दायाँ–बायाँ ढुंगाकै पर्खाल लगाइएका छन् । साढे तीनसय घर त मगर जातिको मात्र छन् । केही घर दलितका छन् । स्थलगत यात्रा गरेर टकसेरा पुग्नै निक्कै टाढा छ । स्वदेश या विदेश बसेर अहिले यो गाउँको मौलिकपन हेर्न सकिने ‘घरज्वाइँ’ फिलिममै हो । तर यो फिलिममा बिहे र मृत्युपछिको संस्कारमात्र समेटिएको छ । आमा गर्भिणी भएपछि केकस्ता संकार गरिन्छ । बच्चा जन्मिदा कसरी न्वारन, पास्नी, छेवर, गुन्युचोली गरिन्छ । त्यतिमात्र समेटिएको भए, मानव निर्मित जीवनचक्र पूरा हुन्थ्यो भन्ने लाग्छ ।

प्रतिक्रिया